Posts

रुम नम्बर ट्वान्टी फाइभ

कि रण मानन्धर होस्टल गए । बोर्डमा लेखिएथ्यो– रुया होस्टल । देख्दै भव्य दरबारजस्तो । त्यहाँ मेडिकलका विद्यार्थी बस्ने रहेछन् । चारजना विद्यार्थी बस्ने रहेछन्– देख्दै डरलाग्दा । मोटा ज्यान भएका । पाखुरा ठूला भएका । बक्सिङ प्रतियोगितामा भाग लिन तयारी गरिरहेकाजस्ता । लामा दाह्री भएका, पहलमानजस्ता ।   ‘वनारस है ! छुरा हान्ने, रिवाल्वर हान्ने ! गुन्डा बस्ने ठाउँ । बाटो हिँड्दा पनि राम्ररी हेरेर हिँड्नुपर्ने । खाल्डो हुन सक्छ । खाल्डोमा हालेर भक्कुमार कुटेर लुटपाट गरेर हिँड्न सक्छन् ।’  किरणले काठमाडौंमा साथीहरूले भनेको झलक्क सम्झिए । ‘धत् ! सुतेको वेलामा यिनीहरूले मेरो घाँटी न्याके भने ? मेरो जुडो–कराँते त कामै लागेन नि ! परान गैगो नि ।’  कोठाको भित्तामा एउटा राम्रो पेन्टिङ झुन्ड्याएको देखे– डा. राधाकृष्णको । ‘कलाकार रहेछन् भने त नकुट्लान् कि ?’  उनले सोधे, ‘यहाँ कलाकार नि बस्छन् कि क्या हो ?’ हिन्दी र अंग्रेजी दुवै नजान्ने किरणले सोधेको उनीहरूले बुझेनन् । ट्वाल्ल परेर हेरे । त्यो देखेर किरणलाई झन् डर लाग्यो ।  यसरी भएन । उनले बाहिरबाट चारवटा इँटा ल्याए । आफू सुत्ने खाटमा दुईपट्टि राखे ।  उन

वात्स्यायनको काग

 जुलाई २०, १९६९ । अमेरिकी अन्तरिक्षयान एपोलो–११ चन्द्र सतहमा अवतरित भयो । निल आर्मस्ट्रङ र एडविन ‘बुज’ एड्रिनलले चन्द्रमामा पदार्पण गरे । यता हामी ‘सोमदेव’लाई पृथ्वीबाट जल चढाउँदै थियौँ । उता निल र एडविनले एक बोतल पानी घटघट पिए र त्यहीँ ध्वार्र पारिदिए । यही संसारका कोही मानिसलाई चन्द्रमा पुग्न सम्भव भयो । यही संसारका हामी मान्छेलाई बिरामी पर्दा अस्पताल पुग्न असम्भव थियो । त्यसवेला रामकुमार पाँडेले एक साप्ताहिक पत्रिका चलाउँथे । त्यहाँ दुर्गा बराल अर्थात् वात्सायनले कार्टुन बनाए जहाँ एकजना मान्छेले डोकामा बिरामी बोकेर पहाडको उकालो चढिरहेको हुन्छ । डोकामा बसेको मान्छेले गोरखापत्र पढिरहेको हुन्छ । समाचारमा लेखिएको हुन्छ– ‘चन्द्रमामा मान्छे पुगे ।’  अर्को गोलार्धका मान्छे चन्द्रमातिर हुइँकिँदै गर्दा यो गोलार्धमा हामी डोकामा बिरामी बोकेर हइहइ गर्दै दुई चक्की ओखतीका लागि पहाडको उकालो चढ्दै थियौँ । उनीहरूको आकाशमा जूनतिर लम्केका अन्तरिक्षयान देखिँदा हाम्रा आकाशमा बिरक्तिलो आवाजमा ‘काँ–काँ’ गर्दै बरालिरहेका काग मात्रै थिए । त्यतिवेला काग आकाशमा देखिन्थ्यो । वात्सायनको कार्टुनमा देखिन्नथ्यो ।

पानीजहाज आयो !

उहाँले काठमाडौं टु बुध ग्रह ‘टुटल’ एपमार्फत सीधै मोटरसाइकल लिफ्ट सेवा चलाउने कुरा गर्न‘भएको थिएन । न त ‘पठाओ’ मार्फत स्कुटरमा मान्छे हालेर चन्द्रमामा पठाउने कुरा गर्न‘भएको थियो । मंगल ग्रहमा मार्सी धानको ब्याड राखेर बृहस्पतिमा रोपाइँ गर्ने कुरा पनि गर्न‘भएको थिएन । न त अन्टार्टिकाको बाँझो आइसल्यान्ड जोतेर बदाम लगाउने नै योजना थियो । आकाश गंगाको पानीलाई डुँडबाट खसालेर ब्रह्माण्डमा घट्ट थाप्नेजस्ता असम्भव योजनाको उहाँले कुरै गर्न‘भएको छैन । साँच्चै र विनापूर्वाग्रह भन्ने हो भने उहाँले असम्भव योजना कहिल्यै बनाउनुभएन । बतासे गफ कहिल्यै हान्नुभएन । जे सम्भव छ, त्यही मात्रै कुरा गर्न‘भयो ।  (२०७५ माघ ५ शनिबार ०७:४५:०० नयाँ पत्रिकामा प्रकाशित ) पाखुरामा दुईतिहाइको बल हुँदाहुँदै पनि उहाँले सुशासन दिनेजस्ता असम्भव दुस्साहसको पछि लाग्नुभएन । किनभने, असम्भव कामको पछि कुद्नु भनेको समयको बर्बादीसिवाय केही होइन । उहाँले निर्वाचनमा मतदातासामु गर्न‘भएको वाचा र घोषणापत्रमै उल्लेख गर्न‘भएका कुराहरू पनि पूरा गर्न तत्परता देखाउनुभएन । किनभने, घोषणापत्रजस्तो बतासे ग्रन्थलाई वास्तविक जीवनमा उतार्छ‘ भनेर लाग

लकडाउन एक्सप्रेसन !

देश लकडाउनमा थियो । कोभिड–१९ नामक एक अदृश्य शत्रुको त्रास र भयले हामीलाई लखेटिरहेको थियो र छ । ढोका थुनेर घरभित्र कैद थियो दुनियाँ । जताततै ‘ज्यान बचाऊ’ मिसन सुरु भएको थियो । त्यो कुनै जोस उत्पन्न गर्ने समय थिएन । रोगको भयले घरभित्र थुनिँदा कुनै रोष उत्पन्न हुन सक्दो रहेनछ । तर, अनुभूतिको सामान्य ग्राफमा कार्टुन बन्दैन । यो कि त जोसमा आउँछ, कि त रोषमा । घरभित्रै कैदी हुँदा अनुभूति बाहिर निस्किन सकेका थिएनन् । कहिलेकाहीँ निस्किँदा त्यही अदृश्य भाइरस कल्पनामा सदृश्य भएर अगाडि आउँथ्यो अनि अनुभूति अत्तालिँदै भित्र छिथ्र्याे । अनुभूति त्यतिवेला कि त जमेर ठोस बन्थ्यो, कि त पग्लिएर तरल । त्यसलाई सिर्जनात्मक आकार दिन हम्मे थियो । अझ त्यसलाई हास्यव्यंग्यको प्राण भरेर कार्टुनको रूप दिन असजिलो मात्र होइन, मुस्किल नै थियो ।  ‘महामारीसँग जुध्न सजिलो छैन । हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी भएको छ । यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ,’ लकडाउनको केही दिनअघि प्रधानमन्त्रीले टेलिभिजनको पर्दाबाट देशवासीलाई सम्बोधन गर्द

ढक : एक मुचुल्का ।

Image
यो कुनै कल्पना होइन । यथार्थ हो । राज्यले नागरिकमाथी गरेको अपराधको मुचुल्का हो ।  गाडामा तरकारी व्यापार गरेर गुजारा चलाउने महिलालाई कुटपिट गरि ढक फाल्दिए पछि गरेको बिलौनाको भिडियोको चित्रात्मक प्रस्तुती हो । जो सोसल मिडियामा व्यापक छ ।  कतिपय कुराहरु भुल्नै हुन्न । भुल्न लागियो भने पनि आफुलाई चिमोटी चिमोटी ब्युंँझाउनु पर्छ । सम्झाइ राख्नुपर्छ । यो बस्, सम्झिनको लागि राखिएको रिमाइन्डर हो ।  आमिर अजिजले झैँ - सब कुछ याद रखा जाएगा ।

डिजिटल कलाप्रतिको गिट्ठे सोच

डिजिटल कलालाई कला नै होइन भन्नु कला र सिर्जनाको निरक्षरता हो । अझ कोही चित्रकारीतामै लागेकाले समेत कलालाई 'डिजिटल कला' र 'ओरिजनल कला' भनेर भनेका समेत भनेका सुनिन्छ ।  यसो हो भने - चित्रकलाको सुरुवात ढुङ्गेजुगमा भित्ता कोरेर गरिएको थियो । ओडारतिरै पसेर त्यतैतिर ओरिजनल कला सिर्जना गरेर बसे भयो ।  तेल, एक्रेलिक रंगदेखि क्यानभास नि पछि नै आएका हुन । ती पनि कहाँ 'ओरिजनल' हुन त ? यो आधुनिक जीवन नि ओरिजनल होइन । जंगल पसेर सिकार गरेर गिठा, भ्याकुर खोजेर जिन्दगी गुजारे भयो नि त  ।   होइन भने यस्ता गिठ्ठे तर्कको तुक छैन । सबै सिर्जनशीलता सहित मिडियममा सिर्जित कला ओरिजनल कला हुन् । सिर्जनशीलता बिहिन भै यहि मात्र मिडियममा, यहि बिधिले मात्रै, यसैगरी मात्रै कला हुन्छ भन्ने सोचले निर्मित कला 'गिठ्ठे कला' हो । र यस्तो सोच कलाप्रतिको गिट्ठे सोच हो ।  आफ्नो सिमित ज्ञान, सोच र ढंगको सिमितताभन्दा बाहिर पनि ठूलो संसार छ है । तपाईं साँच्चीकै कलाकार हुनुन्छ कि गिट्ठे कलाकार आफैँ छुट्याउनुहोस् । 😉