Posts

Showing posts from April, 2009

महाधिबवेशेनमा के गर्लान?

भर्खरै एकिक्रित नेपाल कम्युनिस्ट पार्टी (माओबादी)को केन्द्रिय कमिटिको बैठक सकियो । बैठकले पार्टी बहुपदिय प्रणालिमा मा जाने निर्णय गरेछ । बहुपदिय भनेको उही क्या एमाले जस्तै । सबभन्दा ठुलो मान्छे अधेक्षे बन्ने। अनी बाँकी रहेका ठुला मान्छे हरु कोही महासचिव भन्ने । दुई चार जना अरु ठुला मान्छेहरु उपाधेक्षे बन्ने । दुई चार जना अरु ठुला मान्छे हरु सचिव भन्ने । समग्रमा झण्डै एउटै साइज हुनेगरी पार्टी मा हलक्क बडेका नेता हरुलाई भाग पुर्याउन र केन्द्रिय सदस्य ,पोलिट्ब्युरो , स्थाइ कमिटी सदस्य भन्दा अली अग्लो भएको अनुभुती दिलाउने काम यस्तो बहुपदिय प्रणालिले गर्दो रहेछ । यसले टाठा बाठा सबै हरुलाई पद र सुबिधाको भाग पुग्ने हुँदा जहाँ कङ्गाल त्यही चन्डाल भनेझै पद नपाएको झोकमा पार्टी फुट्ने जोखिम हुन्न रहेछ । नेता अनुसार आवस्कता अनुसार पदहरु थपिरहन मिल्ने रहेछ। हेर्नुहोस,तिन चार जना उपाधेक्षे र तीन चार जना सचिव को ब्यवस्था । फुट्न भनेर चर्की सकेको पार्टी लाई पनि यसले बचाउने भएपछी एमाले एमाओबादी मात्रै होइन कांग्रेस समेत बहुपदिय प्रणालि तर्फ आकर्सित भैसकेको छ। अर्को कुरा, पार्टीमा ए जोडीएपछी बहुपदिय प्र