शायद तिमीलाई

शायद तिमीलाई संझने फुर्सद नहोला

मलाई संझदामा फुर्सद छैन


मेरो उपस्थितिमा तिमी डिस्टर्ब होलाउ
म तिम्रो अनुपास्थितिमा डिस्टर्ब छु


शायद मेरो अर्थ नहोला तिम्रो जीवनमा
मेरो जीवन तिमीबिना अर्थहिन छ



तिमी आजित छौ म बाट
म त्रिसित छु तिमीबाट



यो कस्तो प्यार हो
म पछ्याइ रहेछु
तिमी भागी रहेछौ



मात्र यही समानता छ हामीमा
जती घ्रिणा छ तिम्रो म मा
त्यत्ती घ्रिणा मेरो पनि म स्वयंमा

Comments

Popular posts from this blog

'सरी ! योर ट्रान्जेक्सन ह्याज विन टर्मिनेटेड !'

रुम नम्बर ट्वान्टी फाइभ