म कहाँ जाँऊ??

लक्ष हिन पाइलाहरु घिसार्दै म कहाँ जाँऊ

दिल भित्रको तितो याद निखार्दै म कहाँ जाँऊ


कती गीत लेखे तिम्रो नगाएरै च्यतिदिएँ

अझै लेख्दै कलम आफु तिखार्दै म कहाँ जाँऊ


साथ खोज्ने हात भर्यौ तिरस्कारका उपहारले

कालो पोती आफ्नै छवि बिगार्दै म कहाँ जाँऊ


कसरी म पर गरौ समयलाई सुन्यतामा

आज आफुलाई आँफै धिकार्दै म कहाँ जाँऊ

Comments

Popular posts from this blog

'सरी ! योर ट्रान्जेक्सन ह्याज विन टर्मिनेटेड !'

रुम नम्बर ट्वान्टी फाइभ