Posts

Showing posts from March, 2010

ए सउजी

Image

गभर्नर भन्दा गभर्मेन्ट सजिलो

“उफ यो त सारै गाह्रो रै छ ।” प्रधानमनत्रीज्यूले खुइय काड्नु भो । “धत्तेरी मानै जाला जस्तो भो” टोपी फुकालेर पसिना पुछ्नु भो र भन्नु भो- “सारै गारो भो ।” एउटा जोक्स थियो जहा एउटी किशोरी एसेल्सीमा तिनचार पल्ट बल्याङ खेलिछ । पटकौ को प्रयास पछि बल्ल बल्ल पास भएपछि घरमा बाबुलाई सुनाउ“थी अरे- “ड्याडी ड्याडी । यो एसेल्सी पास गर्न त छोरा पाउन भन्दा नी गाह्रो रै’छ ।” उहाँले सम्झनु भो र हाँस्नु भो । एक गिलास र्सवत पानी रित्याउनु भो र भन्नु भो- “गायत्री, यो गभर्नर बनाउन गभर्मेन्ट बनाउन भन्दा पनि गाह्रो रै’छ ।” “वर्तमान परिपेक्षमा राष्ट्र बैंकलाई गभर्नर आवश्यक थियो । आफ्नै नेतृत्वमा गभर्मेन्ट भा’को, आफ्नै गभर्मेन्टले गभर्नर छान्ने मौका पा’को । एक पाला त म झुक्किए यो गभर्नर भनेको त गभर्मेन्ट चलाउने मान्छे होला गभर्मेन्ट चलाउने मान्छे म छँदा छँदै किन अर्को खोजियो । यसो सोचे म त गभर्मेन्टमा पो भए त गभर्मेन्ट चलाउने त अर्को हुन्छ होला नी त । फेरी गभर्मेन्ट मै म भएपछि गभर्मेन्ट चलाउने पनि त मै हुन्थे नि किन अर्को खोज्नु पथ्र्यो – खोजे नी ठिकै छ गभर्नर पनि मै भैदिन्छु । म दौरा सुरुवाल आइरन गर्न तम्सिए ।

नेपाल त नयाँ भइसक्यो ।

पृथ्वी तलको यो नेपाल भन्ने मुलुकमा नयाँ नेपाल, नयाँ नेपाल भनेर सुनिन थालेको धेरै भएको छ । विगत दुई तिन वर्षदेखि यता अहिलेसम्म नयाँ नेपाल नयाँ नेपाल भनेर फलाकेको फलाकिएकै छ र गजपै मान्नु पर्छ नयाँ नेपालका लक्षणहरु धमाधम देखिन थालेका छन् । पैले-पैले नयाँ नेपाल बन्ने भन्ने कुरा सुन्दा खुब रमाइलो लाग्याथ्यो । मख्ख परियाथ्यो- ‘लौ अब केही हुने भयो ।’ हाम्रो चिरिफुरी र फर्‍याक फुरुक देखेर हामीलाई उल्याउनेहरु पनि थिए । ‘नापियो नयाँ नेपाल भनेर ।’ नयाँ नेपाल बन्नेभो तिनीहरुलाई पत्यार थिएन । तिनीहरुको विचारमा नयाँ नेपाल बन्नु भनेको चमत्कार हुनु थियो । चमत्कारमा तिनीहरुलाई विश्वास थिएन तर विश्वास नगरेर के भो आखिर नयाँ नेपाल आई छाड्यो । चमत्कार भई छाड्यो । तर नयाँ नेपाल बन्छ भन्दा अचम्म मान्नेहरु अहिले नयाँ नेपाल बनिसक्दा अचम्भित हुन छाडे । पैला नयाँ नेपाल बन्दैन भन्दा चाहि अचम्म मान्ने हामीहरु अहिले नयाँ नेपाल बनेको देखेर चाही अचम्मित छौ । थुइक्क । कति सम्मको सोझो भइएछ । हुने भन्दा ठिक्क उल्टो भयो । जेहोस् हुनलाई भयो । नयाँ नेपाल नै भयो तर देख्दा अचम्म भयो । जेहोस् नयाँ नेपाल चाही भयो । अब खिस्सी

दिदै दिन्न

Image

झर्ला जस्तो छ

Image

कस्तो हस्सू

Image
                                                                युनिभर्शल टाइम्स

मान्छे मर्दैमा

Image

होली र केटी, गोली र पत्रकार

केही समय अगाडि हामीले होली मनायौ । मनाउनु त के थियो र होली झेल्यौ हामीले । भन्नलाई भनिन्छ होली खेल्ने भनेर तर होली खेल्ने भन्दा झेल्ने बढी हुन्छन् । असुरक्षाले जिवन अस्तव्यक्त बन्दै गइरहेको बेलामा के को खुसियालीमा अविर दलादल गर्नु थियो र – लोला खाएर फोहोर पानीले निथ्रुक भएर जेनतेन होली कटायो हामीले । यसपाली होलीको एउटा स्मरणयोग्य घटना छ । के भन्दाखरी होली आउन करिब दुई चार दिन बाकी थियो । मलाई जानु थियो सितापाइलाबाट बानेश्वर । बानेश्वर जान चक्रपथ घुम्ति परिक्रमा गर्ने एउटा र्सार्वजनिक बस चढे । मेरो सिट छेउमा आएर बसिन एउटी सुन्दरी युवती । सोच्नु भयो होला वाह । छेउमा सुन्दरी युवती बसेपछि त घटना स्मरण योग्य भइहाल्यो नि । तर वाह भन्न लायक स्मरण योग्य घटना चाही घटेन । बरु घटना दुखद नै रह्यो । कुरा के भयो भने जब बस स्वयम्भू नजिकै पुगेथ्यो पच्याक्क आवाज सहित काधमा चिसो आयो के भयो भनि सोच्नै नपाई आफु निथ्रुकै । सिल्पटहरुले लोला बजाएका स“गै बसेकी केटीलाई ताकेर । लाग्यो मलाई । मलाई झोक चल्दै गर्दा बस बनस्थली पुगिसकेको थियो । के म अब ओर्लिएर फेरी स्वयम्भू पुगेर ति सिल्पटहरुलाई थर्काउ –

कुरा खुस्किन्छ रे

माओवादी अध्यक्ष प्रचण्डले कार्यकर्तालाई निर्देशन दिनु भए’छ ‘मलाई अब बोल्न बाध्य नपार्नोस ।’ यस अगाडी पटक-पटक विवादास्पद अभिव्यक्ति दिंदै विवादमा पर्दै आउनु भएको कामरेड प्रचण्डले यस्तो निर्देशन दिनु भएको हो । कारण किन – थाहा छ तपैलाई – बोल्यो भने कुरा खुस्किन्छ रे । त्यसैले उहा“ले गज्जपको जुक्ति निकाल्नु भा’छ- ‘अब बोल्दै नबोल्ने कुरा पनि नखुस्काउने ।’ निकै अगाडि देखि नै कामरेड प्रचण्डको मुख साह्रै खुकुलो भयो भन्दै उहा“को चौतर्फी आलोचना हु“दै आएको छ । उहा“को मुख खुकुलो भएकोले उहा“को पार्टी उहा“ साह्रै अप्ठेरोमा पर्दै आउनु भएको छ । उहा“को बोलीले पार्टी अप्ठेरोमा पारेको भन्दै केही समय अगाडी उहा“को केन्द्रिय समितिले उहा“लाई सोचेर मात्र बोल्न निर्देशन दिएको थियो । उहा“ले ‘हुन्छ’ भनेर मुन्टो हल्लाउनु भा’थ्यो रे त्यति बेला । तर पछि कति गर्दा पनि सोचेर बोल्न नसके पछि उहा“लाई साह्रै झोक चलेछ । ‘धत । नेता भएर पनि सोचेर बोल्छन् त -’ सोचेर बुद्धि पुर्‍याएर काम गर्ने भए त नेता नै बनिदैन थियो नि । त्यसपछि उहा“ले निर्णय गर्नु भएछ । ‘अब नबोल्ने’ सोचेर बोल्नु भन्दा बोल्दै नबोल्ने, बोल्दै नबो

प्रतिबद्धता

Image
युनिभर्शल टाईम्स 

स्वयम्भु यातायातको अघी परोस

Image

बधाई

Image

सोचेर बोल्नुहोस्

Image
युनीभर्शल टाईम्स ......

भैंसी पूजा

ç शनिश्चराय नमः’ भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले भैंसी पूजा गर्नु भा’छ । र्सकारबाट खुस्केपछि आफै ‘अनयोर मार्क’, ‘गेट सेट’को अवस्थामा पटक पटक खुट्टा उचाली रहेका अध्यक्ष प्रचण्डलाई कसैले ‘गो’ को आदेश नदिंदा उहा“ अहिलेसम्म र्सकारा“ पुग्नु भा’को छैन । कतिपल्ट ‘गो प्रचण्ड’ को आत्मआदेशबाट प्रेरित भएर धेरै पटक आफै नकुद्नु भएको पनि होइन उहा“ । तर कहा“ कुरो बिग्रियो उहा“को बाटो सरकारसम्म पुगेर कहिल्यै टुङ्गएिन । उहा“को बाटो बिचमै हरायो । जति कुदे पनि दर्ुभाग्यै मान्नु पर्छ उहा“ कहिले पनि सरकारमा पुग्दै पुग्नु भएन बरु माधव कामरेडको हरुवा सरकारले कमाल देखायो । बाइस वटा टेको लगाएर भएनी नौ महिना कटायो । कामरेड प्रचण्ड सडकको सडकमै । सरकार खुस्क“दै गर्दा कामरेड प्रचण्डले भन्नु भा’थ्यो प्रभुहरुको कारणले सरकार छोड्नु पर्‍यो । विदेशी प्रभुहरुले आफुलाई पटक पटक झुकाउन चाहेको तर आफुले प्रभुहरुस“ग नझुकेकोले सरकार छोड्नु परेको उनको भनाइ थियो । तर ख्याल ख्यालमै सरकार छोडेपछि जब मादप कामरेड प्रधानमन्त्रीको कर्ुर्सर्ीी विराजमान भएर खुट्टा हल्लाउन थाल्नु भो तब पो उहा“लाई झल्यास्स भो ला । ख्याल