Posts

Showing posts from April, 2010

खुकुरी तालीम

Image
(आर्थिक दैनिक बाट)

माधव र कुर्सी

Image

हैरान

Image
(आर्थिक दैनिक बाट)

संस्कार

“ए बाबु उठ कति सुतिरा’को -” सात बजेसम्म ओछ्यानमा सुतिरहेको छोरालाई आमाले चिच्याइन र तर छोरा उठेनन् । “बाबु । तलाई स्कुल जान पर्दैन” आमा चाठ्ठइन र तर छोरा सुतिरह्यो । “अब चाही पानी खन्याए है ।” आमाले अत्याइन । “……एकै छिन सुतौ भनेको दिएनन” छोराले अश्लिल शब्दको फोहोरा छुटाउँदै उठ्यो । “छि छि छि, हेर, बोलेको -” आमाले गाला चड्काइन । “…….. पिटेको -” छोराले फेरी अश्लिल शब्दले चिच्यायो । आमाले फेरी ठटाइन फुच्चैले फेरी अर्को अश्लिल शब्द बोल्यो । किन बोलिस भनेर फेरी ठटाइन उसले फेरी बोल्दियो । यसरी जति पटक ठटायो उति पटक उ झ झन बढी र कडा डोजको अश्लिल शब्द बोल्न थाल्यो । “बाबु गतिलो भए पो छोरा गतिलो होस” आमा भुत्भुताउन थालिन । “धत बाबु त्यस्तो नि बोल्ने हो ,” बाबुले सम्झाउन थाल्यो । “यस्तो नबोले कस्तो बोल्ने त -” छोराले प्रश्न गर्‍यो “यस्तो राम्रो संस्कारमा हुर्केको मान्छेले त्यस्तो फोहोरी कुरा गर्न हुँदैन । अब त्यसो नगर है” बाबुले छोरालाई सम्झायो । “अँ ठुला मान्छेले चाही बोल्न हुने हाम्ले चाही किन नहुने -” छोराले प्रश्न गर्‍यो । “को ठुला मान्छेले बोल्यो -” बाबुले सोधे । फुच्चे बोलेन । “तिम्ले बोल्

कुर्सिले नै ...........!!

Image

धारा खोल्न अल्छि लाग्यो

Image

छि कस्तो अश्लील ?

Image

योगासन

योगगुरु स्वामी रामदेव महाराजको आगमनसगै केही दिन यता काठमाडौं योगमय भएको छ । बृद्धदेखि बालकसम्म अनि तरुण तन्नेरीहरु समेत कपालभाती र अनुलोम-विलोममा आफ्ना थुप्रै समय व्यस्त गर्न थालेका छन् । घरदेखि अफिससम्म, बाटो देखि सयनकक्षसम्म अनि किचनदेखि पाइखानासम्म जताततै मानिसहरु योग अभ्यास गरिरहेका छन् । स्वामी रामदेवज्यूले भन्नुभए अनुसार सबै रोगको उपचार योग मान्दै आफ्ना रोगहरुलाई अन्त्य गर्न सबै योग साधनामा लागेका छन् । उपचार र स्वास्थ्यका दृष्टिले यो योग भन्ने कुरा गज्जप कै रै’छ । अब तपैले योग गर्न थाल्नु भो भने टाउको दुखेको, पेट दुखेको गानो गोला ग्याष्टिक चेट हुने रै’छ । जन्डिस भयो भने उखु खानु नपर्ने योग गर्‍यो चेट हुने । पखाला लाग्यो भने जिवनजल खान नपर्ने न त ट्वाइलेट जानु पर्ने योगका एक दुइ आसन लाइदियो चेट । लुतो आयो कन्याउन नपर्ने योग गर्‍यो चेट । सबै रोगको उपचार योगले नै हुने भएपछि हाम्रा नेताज्यूहरु पनि के पछि पर्थे यसमा । त्यसैले आफ्ना रोगहरु निर्मूल पार्न उहा“हरु पनि योग साधनामा लिन हुनुहुन्छ । स्वामी रामदेवले गराउने पराम्परागत योग अभ्यासले भने हाम्रा नेताज्यूहरु सन्तुष्ट हुनु भएन । हुन

एतिहासिक काम

Image

लोडसेडिङ हटाउने उपाय

लोडसेडिङले गर्दा हामीले हैरानी खेप्दै आएको धेरै भयो । जहिले पनि भित्तामा तन्द्रयाङ तुन्द्रुक झुण्डिने तार हुन्छ बल्ब हुन्छ, स्विच हुन्छ तर विद्युत भने कहिल्यै हुदैन । सरकार लोडसेडिङ घटाउन वर्षौं देखि लागेको लाग्यै छ तर लोडसेडिङ भने कहिल्यै घट्न सकेको छैन । धेरै चोटी हामी कहा हाम्रा खोलानालाबाट मनग्गे विद्युत निकालेर मुलुकै झिलीमिली पार्ने कुरा भएका छन् । अझ हाम्रा कति बुज्रुक, विद्वान नेताज्यूले रिमोट कन्ट्रोलबाट विद्युतको बिक्री गर्ने कुरासम्म गर्नु भएको थियो । मुखहरुले यसलाई हसी मजाकमा उडाए । तर उहाँको कुरा असम्भव थिएन । यदि पर्याप्त विद्युत निकाल्न सकेको भए त जसरी पनि सप्लाई गर्न सकिन्थ्यो । पानी मुनीबाटै किन नहोस । यहाँ समस्या त विद्युत निकाल्नुमा रह्यो । यहाँ पुग्ने विद्युत निकालेर विदेशमासम्म निर्यात गर्न पुग्ने हुँदा त जमाना कहाँ पुग्ला – विज्ञानको चमत्कारले त्यति बेलासम्म रिमोट कन्ट्रोलबाट विद्युत सजिलै निर्यात गर्न सकिन्छ । अझ जलविद्युत विकासको अहिलेको गतिलाई हेदा त त्यो बेलासम्म त विद्युत निर्यात गर्न रिमोट कन्ट्रोल पनि चाहिदैन । ‘ए विद्युत त“ बिक्री भएको छस ल विदेश जा’ भनेर

हाइपोथेटिकल’

अहिले राजनीतिमा ‘हाइपोथेटिकल’ भन्ने शब्दले खुब चर्चा पाएको छ । पूर्व राजा ज्ञानेन्द्रले ‘हाइपोथेटिकल’ भन्ने शब्द प्रयोग गर्दिदा राजनीतिक वृतमा ठूलो भुइचालो गयो । नेताहरु भन्न थाले- “लौ बिताउने भो यसले” । जे होस यसलाई राम्रै मान्नु पर्छ । न्रि्रामा र्घुन थालेका नेतागणलाई हाइपोथेटिकलले एक पटक ब्यझाइ दिएकोमा । इतिहासले चिहान पुर्‍याइसकेको राजतन्त्र चिहानबाटै आफ्नो अन्त्य भएको कुरालाई हाइपोथेटिकल अर्थात काल्पनिक भन्दैछ । तर हामीहरु चै उसको कुरालाई हाइपोथेटिकल मान्न सकिरहेका छैनौ र तर्सिरहेका छौ । प्रेतसँग तर्सिएर हिड्नु हाम्रो विवसता हो । हाम्रा नेताहरुले झाक्रीसरी बजाएको सत्ताको डम्फुले प्रेत भाग्ने भन्दा पनि विउँतिएर र्फकने सम्भावना बढ्दै गएको छ । बरु यसको आधुनिक उपचार खोज्ने हो कि  

गिर्जाउ पछि को ?

कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला स्वर्गे भएपछि मुलुकमा ‘गिर्जाउ पछि को -’ भन्ने कुराको बहस सुरु भएको छ । अहिले ‘गिर्जाउ पछि मै हु’ भन्ने कुरामा नेताहरुको होडबाजी चलेको छ । पैले पैले गिर्जाउ भन्दा म अगाडि भन्नेर अघि कुद्न तम्सनेहरु अहिले गिर्जाउको पछाडि कुद्नका लागि त“छाड मछाड गर्दै छन् । पैले गिर्जाउलाई उछिन्न लागि परेका र एक पटक उछिनेर सत्ताको स्वादै चाखि सकेका माओवादी अध्यक्ष प्रचण्ड यतिवेला गिर्जाउ पछि मै हु भन्दै संयन्त्र र सरकारको अध्यक्षता गर्न तम्सि रहनु भएको छ । सधै गिर्जाउ भन्दा अघि कुद्न खोज्ने कांग्रेस नेता शेरबहादुर देउवा अहिले गिर्जाउ पछि त मै हु भन्दै कांग्रेस सभापति उछिट्याउन अघि र्सर्दै हुनुहुन्छ । यता नेताद्वय रामचन्द्र बाजे र सुसिल दादा पनि गिर्जाउ पछि म भन्दै सभापति उछिट्याउन लागि रहनु भएको छ । गिर्जाउको देहान्त पछि मिलेको संयन्त्रको अध्यक्ष र पार्टर्ीीभापतिको अपुताली उछिट्याउन गिर्जाउ पछि म, गिर्जाउ पछि म भन्दै नेताहरु कुदेको देख्दा मलाई साह्रै झोक चलिरहेको छ । कहा“सम्म अन्याय हेर्नोस न गिर्जाउलाई दागबत्ती दिने चाही सुजाता दिज्यु अनि अपुताली हात पार्न तम्सिने च