“फेरी लुगा धोइदिछ ।” हर्के जंगियो । “जे गर्नु पर्ने त्यो गर्दिन” अझै रिसायो “जे नगर्नु पर्ने त्यो गर्दिन्छे । “कपडा बल्ल बल्ल लाएर हिड्न हुने भाथ्यो” हर्के विरक्तियो र भन्या- “अहिले सबै खतम पारिदिछे ।” “ओहो हो ! यो पनि धोइदिछ ।” कमिज हेर्दै भन्यो । “ए भगवान” हर्केले पुपुरोमा हात राख्यो र भन्यो- “अब के लगाउने -” “कस्तिस“ग लगनगा“ठो समात्न पुगिएछ -” विगत सम्भिmदै सोच्यो- “सधै एक न एक समस्यामा फसाइ दिइ रन्छे ।” “ए भगवान म के गरु – अब बाहिर नगै भा’छैन” रु“ला झै गरी आफ्नै टाउकामा हातले हान्दै भन्यो- “म कसरी बाहिर जाउ“m सबै कपडा धोएर मरिछ नकचरीले ।” “के मात्र गरिन कपडा मइल्याउनलाई – धुलो उड्ने चक्रपथको बाटोमा दिनभर हिडिरहे, कतिपल्ट भुइमा लडिबुडी खेले । कटिपल्ट त लडेको अभिनय गरेर नालिमा पछारिए । कतिले जड्याहा भनेर हकारे, “यत्रो दुःख गरेर मइल्याको कपडा जम्मै धोएर सुकिल्याई दिइ छ बजिनिले ।” “ए डल्ले कि आमा !” हर्के करायो- “कहा“ छेस त“ -” कुनै जवाफ नआए पछि हर्के फेरी करायो- “डल्लेकी आमा ! ओ डल्लेकी आमा !” “किन कराएको ए डल्लेका बाउ !” किचेनबाट हर्के कि श्रीमती कराइ- “हैन बहुलायौ कि क्या हो -” “हो