Posts

Showing posts from July, 2010

देश सपार्ने जिम्मा हामी बाँदरको

Image
“देश विगारे उपद्राहाहरुले” आँपको रुखबाट सिसौको रुखमा फड्को मार्दै ढेडुवा बाँदरले भन्यो- “देशलाई खरानी बनाउने भए ।” “के रे के रे – कसलाई उपद्रयाहा रे -” कटुसको रुखबाट धाँक धाक धुक धुक गर्दै अर्को ढेडुवाले भन्यो- “अरुलाई हेपेर बोल्ने हैन है” “अब देशलाई अझ बिग्रन दिनु हुन्न” पहिले ढेडुवाले भन्यो- “त्यसैले सत्ताको नेतृत्व हामीले लिनु पर्छ ।” “हो यार अब देश सपार्ने जिम्मा हामी बाँदरको हातमा छ ।” दोश्रो बाँदरले भन्यो । “कस्ले हेप्यो तिम्लाई -” पैलो ढेडुवाले अचम्म मान्दै सोध्यो “त्यसै सन्केर आउँछौ ।” “किन नसन्किउ -” दोश्रो बाँदरले भन्यो- “झोक चलाएसी झोक चल्छ ।” थप्यो- “झोक चलेपछि सन्किइन्छ ।” “अरे चैते ! झोक चै किन चल्यो – पैले भन्नु परो नि त किलियर साथ ।” पैलो ढेडुवाले भन्यो- “त्यसै सन्किने त -” “केरे केरे कस्लाई चैते भनेको, माइन्ड योर ल्याङग्वेज ओ के -” दोश्रो ढेडुवा रिसायो र भन्यो- “अशिष्ठ भाषा प्रयोग गरेर बाँदर सभ्यताको उपहास नगरम” थप्यो- “थोडी हामी मान्छे हौ र यस्ता असिष्ठ असभ्य कुरा गर्नलाई -” “लु भन्नोसन त महासय”, पहिले ढेडुवाले खिसि गरेको शैलीमा दोश्रो ढेडुवालाई सोध्यो- “हजुरलाई के का

बिजनेस

Image
(कारोबार दैनिक,असार- २०, २०६७)

जोक की सपना

Image
                                                         (कारोबार दैनिक,असार १७,२०६७ )

पुजा-आजा

“आहा˜˜˜” उहाँ झसंग ब्युझनु भयो र सपना संझदै टोलाउनु भयो । “त्यो आलिसान दरबार त्यो सुखसयल र त्यो मोजमस्ती आहा हा˜˜!”"त्यो शासन त्यो सत्ता र त्यो शक्ति ।” उहाँ ब्युझेरै बर्वराउन थाल्नु भयो । “त्यो धन, त्यो दौलत र त्यो ऐर्श्वर्य ।” “त्यो नोकचाकर, ति भाइ भारदार र ति चाकरीवाजहरु” कोल्टे फेर्नुभयो अनि आँखा चिम्लनु भयो र साच्नु भयो । “ति सुसारे, यो यौवन र ति मदमस्त तरुनी ठिटीहरु” “त्यो भोग, त्यो विलास र त्यो मस्ती ।” अर्ध निन्द्रामै उहाँ फुस्फुसाउनु भयो “आहाहा˜˜ ।” “त्यो छाता, त्यो माला र त्यो नागरिक अभिन्दन” “त्यो प्रणाम, त्यो ढोगाई र यो खुट्टा ।” आहाहा˜˜ !” उहाँले कोल्टे फेर्नु भयो । “त्यो कमल, त्यो तुलसी र किर्तिनिधी” “त्यो चाकरी त्यो चाप्लुसी र त्यो धोका ।” उहाँलाई रिस उठ्यो । “त्यो सातदल, त्यो माओवादी र त्यो सम्झौता” “त्यो सडक, त्यो जनता र त्यो आन्दोलन ।” उहाँलाई पसिना आयो । “त्यो संविधान सभा, त्यो पैलो बैठक र यो सौतेलो गणतन्त्र ।” “ति गिरिजा प्रसाद, ति प्रचण्ड र यि रामवरण” उहाँलाई ऐठन भयो । र चिच्याउन थाल्नु भयो । “के भयो हजुर किन कराइ बक्सेको -” कोमलले ब्युझाउँदै भन्नुभयो “हजुर जस

माधवको राजीनामा

Image
(कारोबार दैनिक , असार १७ ,२०६७ )