किन फिर्ता गर्ने ?
एमाले वरिष्ठ नेता डा. के. पी. शर्मा ओलीले आफ्नो पि.एच.डि. फिर्ता नगर्ने भन्नु भा’छ । उहाँसँगै पि.एच.डि. प्राप्त गर्नु भएका फिल्मि दुनियाका हास्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले क्षमा याचना सहित आफुले पाएको नक्कली पि.एच.डि फिर्ता गर्नु भएता पनि वास्तविक हास्य नेता के.पी. डाक्टर सापले भने कुनै कालले छोड्ला आफुले पाएको नक्कली पि.एच.डि नछोड्ने सुर कस्नु भा’छ । उहाँले आफुले पाएको पि.एच.डि सक्कली भा’को समेत दावि गर्नु भा’छ । वास्तवमा के.पी. डाक्टर सापलाई पिएचडी फिर्ता गर्न वाध्यता नै छैन किन भने यो उहाँले पढेर लिनु भा’ पिएचडी हैन । यो त उहाँले परेर प्राप्त गर्नु भा’ पिएचडी हो । परेर प्राप्त गरेको उहाँको लकको कुरा हो । अनि किन फिर्ता गर्ने ? भाग्य फिर्ता गर्न के को कर छ र ? अर्काको भाग्य खोस्न पाइन्छ ? त्यसमाथि केपी डाक्टरसापले त्यो पिएचडी त्यतिकै पा’का हुन र – उहाँले नेपालको हास्य राजनीतिमा विशिष्ट योगदान दिएर दुनियालाई हँसाए वापत हास्य कलाकारहरुसँगै पाएका पो हुन त । फ्रीमा पा’का हुन र ? यहाँ मात्र पढेर सित्तैमा पाएको पिएचडी त कसैले फिर्ता गर्दैनन् । यत्रो ठुला ठुला योगदान गरे