Posts

Showing posts from November, 2010

गोप्य बैठक

“पत्रकारले कुरा बिगारे” कामरेड प्रचण्डजीले भन्नुभयो “हाछ्यु गर्न पा छैन” थप्नु भो “खात खुत्तै लेखिदिन्छन्” “त्यहि त” सुशिलजीले भन्नुभयोे “बोल्न केही पा छैन टीभी रेडियो अखबारमा आइहाल्यो” थप्नु भो “उखान छ नि बोल्यो कि पोल्यो ” “बोल्यो त पोल्यो ठीकै छ” कामरेड खनालजीले भन्नुभयो “नबोल्दै आथ्थु बनाई रा’छ यहा“” थप्नु भो “प्रम बन्ने भित्रि इच्छा, भन्न पा छैन । बाहिर छताछुल्लै” “वर्तमान परिपेक्षमा” माधव कामरेडले भन्नुभयो “दिमागमा कुरो सोच्न पा छैन कताबाट कुरो खुस्किन्छ लाइभ टेलिकास्ट” “हामी नै देशका हर्ताकर्ता” रामचन्द्रजीले भन्नुभयो “हामी नै भूमिगत हुनु पर्‍या छ । भ\mयालबाट हेन समेत हुदैन । हरुवा भनेर खिस्याई हाल्छन स्वाठहरु ” थप्नुभो “गोप्य बैठकले बढो स्वाद आ’छ” “गोप्य बैठक त बसियो” प्रचण्ड कामरेडले भन्नुभयो “तर गर्ने चाहि के -” “हामीलाई पूर्ण स्वतन्त्रता छ” सुशिलजीले भन्नुभयो “पूर्ण स्वतन्त्रता भएको स्थानमा गर्ने कुरा को के दुःख ?” “कौडा हानौ” कामरेड झलनाथजीले भन्नुभयो “बढो गजप हुन्छ” “अल्लि हुन्न की -” कामरेड बाबुरामजीले भन्नुभयो “जुवा खेल्नाले बाह्रमासे होइन्छ” थप्नु भो “जबकी थपिएको संविधा

कुर्सी प्रियाको पत्र

Image
प्रिय भन्दा प्रिय नेताहरु, न्यानो माया, अगाध स्नेह, स्वादिलो सम्झना र प्रगाढ प्रेम ।                 मलाई थाहा छ तिमीहरु मलाई नै सम्झीरहेका छौ । किनभने तिमीहरुको गिदीमा मेरो सम्झना यसरी घुलेको छ कि राष्ट्रप्रेम र जनताप्रतिको कुनै पनि दायित्व बोधले यसलाई फिल्टर गर्न सक्दैन । र संसारमा कुनै पनि यस्तो रसायन छैन जसले मेरो सम्झना र तिमीहरुको मप्रतिको प्रेम, स्नेह र र्समर्पणलाई निस्त्रिmय गर्न सकोस् । तिमीहरु स्वभावैले र जन्मैदेखि मलाई प्रेम गर्ने गुण लिएर जन्मेका छौ । यस्तो लाग्छ तिमीहरुका रगतका कणकणमा म छु । तिमीहरुका अंगअंगमा म छु । त्यसैले होला तिमीहरु म प्रति आसक्त छौ । यहि आसक्तिले तिमीहरु मलाई असाध्यै प्रेम गर्र्छौ र यहि प्रेमका खातिर तिमीहरु सान, मान र इज्जत सबै त्याग्न तयार छौ । तिमीहरुको यहि चोखो र पवित्र प्रेमले गर्दा म तिमीहरुप्रति असाध्यै खुसी छु । तर तिमीहरु आफ्नो यति हदसम्म प्रेम गर्दा पनि मलाई नपाउनुको पिडामा असाध्यै दुखि होलाउ । के गर्नु प्रेममा संधै खुसी त कहाँ मिल्छ र – तर जे होस, म पनि तिमीहरुलाई असाध्यै प्रेम गर्छु जस्तो तिमीहरु मलाई गर्र्छौ । नेता स्वीटहार्ट, तिमीहरुले

अब नि बजेट ल्याइएन भने त

Image
अब नि बजेट ल्याइएन भने त तिहार मा कौडा हान्ने पैसा नि छैन !!

रामचन्द्र दाई

Image
कारोबार दैनिकमा प्रकाशित

कौडै हान्न परे

Image
                                                                (कारोबार दैनिक )