Posts

Showing posts from January, 2011

संबाद

"के छ हालखबर ?" "ठिकै छ!" "अनी तिम्रो ?" "ठिकै छ !" "अनी के छ ?" "ठिकै छ !" ..."तिम्रो के छ?" "मेरो नि ठिकै छ !" " नयाँ के छ ?" " ठिकै छ !" "तिम्रो त ?" "ठिकै छ " "अनी अरु भन" (एकै साथ) "हाहाहा" "अँ भन अरु !" "अरु उस्तै हो ठिकै छ " "तिम्रो के छ ?" "मेरो नि ठिकै छ !" "अनी भन !" "ठिकै छ !" "तिम्रो भन ! "ठिकै छ !" (एवं रितले) ....

बचाऊ प्रभु

Image
 

कति लड्छ माओवादी ?

Image
माओवादी अध्यक्ष कामरेड प्रचण्ड भन्नु हुन्छ माओवादी बेग्लै धातुले बनेको पार्टी हो । जुन हो पनि, उसका अरु भन्दा बेग्लै विशेषताहरुले गर्दा माओवादी बेग्लै धातुले बनेको पार्टी जस्तो देखिएको छ । माओवादीका यस्तै बेग्लै विशेषताहरुमा लडनु पनि एक विशेषता हे । यहि विशेषता अनुरुप माओवादी विगत १६ वर्षेखि लडदै आएको छ । लडनु उसको विशेषता भएर नै उसका लडाकुहरु छन् । माओवादीले दस वर्षम्म त सशस्त्र युद्ध लड्यो । दश वर्षको सशस्त्र युद्धले नपुगेर उसले शान्ति प्रक्रियामा आए पछि संविधानसभा चुनाव लड्यो । चुनावपछि त उसका लड्ने कुराहरु धेरै थपिए । उसले आफु लडने मात्र होइन अरुलाई पनि लडायो । राष्ट्रपति चुनाव प्रकरणमा नउठने गरी लडेका माधव नेपाललाई जुरुक्क उचालेर लडायो । यसमा पछि उ आफै लड्यो । त्यसपछि आयो पशुपति प्रकरण त्यहा“ पनि पस्पतिका पुजारीलाई लडाउन खोज्दा आफै लड्यो । पछि कटुवाललाई छिर्की हान्न खोज्दा पनि लड्यो । त्यसपछि बल्ड्याङ बल्ड्याङ माओवादी लड्या लड्यै छ । उ सडकमा लड्ये संसदमा लड्यो । र्सकारबाट लडे.पछि उ सरकारमा जानका निमित्त धेरै चोटी लड्यो । प्रधानमन्त्री चुनावमा रामचन्द्र बाजेस“ग अध्यक्ष कामरेड धेरै

झलनाथको आत्मा

Image
उभयलिंगी पार्टी भनेर आप\mनो पहिचान कमाएको पार्टी एमालेभित्र लिंग नछुटिएको हैरानी त छदैछ । त्यसमाथि उसको आत्मा छुटिएको भन्दा बडो चमत्कारको सिर्जना भइरहेछ । उभयलिंगी अर्थात तेस्रो लिंगी भनेर त माओवादीका बाबुराम भट्टर्राईले घोषणा गरेर त्यसपछि अरुले पनि एमालेलाई उभयलिंगीको दर्जा प्रदान गरे । अब डाक्टर सापले घोषणा गरिसकेपछि त्यसमा वैज्ञानिक आधार खोजी रहन परेन र त्यसको मेडिकल टेष्ट पनि गरिरहनु परेन । किनकि डाक्टर सापले मेडिकल टेष्ट गरेरै भनेका होलान भन्ने विश्वास सबैले गरे र एमालेलाई उभयलिंगी भनेर भन्न कसैलाई हिचकिचाहट भएन । तैपनि माओवादी नेताले घोषणा गरेको र भन्नेहरुनी प्राय गैर एमाले नै भएकोले यस नामस“ग राजनीतिक पूवाग्रह छ कि भन्ने आशंका पनि थियो तर एमाले कै क्रियाकलापहरुले उ उभयलिंगी भन्ने प्रमािण्त गरिदियो । र एमालेले आफूलाई उभयलिंगी पार्टी रुपमा उभ्याउन सफल भयो । यसको लागि एमालेलाई बधाई । अब त पार्टीको बायोडाटामा पनि लिंग भनेर लेख्ने ठाउ“मा तीन वटा बिकल्पहरु राख्नु पर्ने भएको छ उभयलिंगी समेत समावेश गरेर । लिंग समेत त ठीकै थियो तर अहिले लिंग भन्दा जटिल कुराले प्रवेश पाएको छ एमालेभित्र र

टाइगर टप नाटक

Image
पात्रहरु पारस ः टाइगर १ रुबेल ः टाइगर २ सरकार ः स्याल सुजाता ः बघिनी अनि प्रहरी नामका स्याल हुइया बथान दृश्य एक ः स्थानः टाइगर टप दारु अड्डा -चितवनको घना जंगलभित्र टाइगर टप दारु अड्डाभित्र निकै हल्लि खल्ली छ । रक्सिले मातेको आवाजमा केही मानिसहरु जोड जोडले कराइ रहेका छन्. । विस्तारै पर्दा खुल्छ ।) टाइगर १ ः साले रक्सि खानुमा ठूलो ट्रयाजिटी छ मेरो । टाइगर २ ः (हाँस्छ) टाइगर १ ः हाँस्छस ? मेरो ट्रयाजिटीमा हाँस्ने तँ ? टाइग्र २ ः मलाई हाँस्न तेरो ट्रयाजेटी चाहिन्छ ? टाइगर १ (टेबलमा बोतल बजार्दै) अनि किन हाँस्छस त ? टाइगर २ ः म आफ्नै कमेडीमा हाँस्दैछु । टाइगर १ ः साले मेरो ट्रयाजेटी तेरो कमेडी ? -टाइगर २ पुच्छ्रे गिलासमा रहेको झोल पदार्थ सिनेत्तै पार्छ र खिख्तिउँछ) टाइगर १ ः (आफ्ना वरिपरिका मान्छेहरुलाई हेछ र पाइन्टको बगलि छाम्छ, सिलिङतिर हेर्छ बाहिर हेर्छ र टाइगरको आँखामा आँखा जुधाउछ) ओइ, बाहिर हिड बाघ हेर्न जाम । टाइगर २ ः जान्न – म किन जाम ? तँ मुला स्याललाई पो बाघ हेर्न रहर छ र जान्छस म आफै बाघ छु त किन जाउ बाघ हेर्न ? टाइगर १ ः (जुरुक्क उठ्छ र अति क्रुद्ध आँखाले टाइगर २ लाई हेर्छ । मान

त्रिदेव र सहमति भजन

‘सहमति सहमति सहमति’ हाम्रा राजेनताहरुले भजन गाउनु भएको धेरै समय भइसकेको छ । सहमतिको भजन गाउँदा अगाडि राष्ट्रिय जोडेर धेरै नेता राष्ट्र्वादी भएका छन् । जुनसुकै विचारधारा अंगालेका राजनीतिक दलहरुको लागि पनि सहमति भजन साझा भजन हुन पुगेको छ । हाम्रा कवि व्याकुल माइलाज्यूको ‘सयौ थुगा फूलका हामी’ गीत राष्ट्रिय गीत भए जस्तै सहमतिको एक शाब्दिक भजन विस्तारै राष्ट्रिय भजनको रुपमा स्थापित हुदै गएको छ । झलनाथदेखि खलनाथसम्म पर्चण्डदेखि उदण्डसम्म अनि सुशिलदेखि झुसिलसम्म नेताहरुको सुमधुर स्वरहरुमा लगातार गुन्जिरहने कर्णप्रीय सहमति भजनले जगजित सिंहको ‘तुम अन्तरयामी सबका स्वामी.. तेरे चरणो मं चार धाम.. हे राम हे राम’ र हाम्रा भजन सम्राट भक्तराज आचार्यज्यूको ‘एकदिन मैले प्रभुकन सोधे…’ जस्ता चर्चित भजनहरुलाई समेत फ्लप ख्वाइ दिएको छ । गायक जगजीत सिंह र भक्तराज आचार्यका भजनहरु त मान्छेले भगवानका लागि गाइएका भजन हुन । तर हामीले सुन्ने अहिलेको चर्चिर्त सहमति भजन त भगवानहरुले हामी मान्छेका लागि गाइदिएका भजन हुन । हाम्रा त्रिदेवका रुपमा रहेका प्रचण्ड, झलनाथ र सुशिल प्रभुहरु हाम्रो देशमा ब्रम्हा, विष्णु र महेश्व

पर्यटन बर्ष को आकर्षण

Image