Posts

Showing posts from July, 2011

‘खानी’मा त हामी आफैं गरिहाल्छम् नि !!

Image
हैन, हजुरले ‘नखानी’ उद्योगमा लगानी गर्न मिल्दैन ? ‘खानी’मा त हामी आफैं गरिहाल्छम् नि !!

धरौटी सहायता बैंक

सुडान घोटाला काण्डमा अख्तियारको बाढी नेपाल प्रहरीतिर पसेपछि एक से एक सापहरु डुबानमा परेका छन् । तन्केर सलाम ठोक्नेहरुले निउरेर हतकडी लगाउदै सापहरुलाई खोरमा लैजान थालेका छन् । अख्तियारको प्रलयंकारी सक्रियताले सापहरुको उठीबास भएको छ र सुडान काण्डमा ज्युनार गरेका कुरा किलकिलीमा औला घुसारेर वान्ता गर्नुपर्ने स्थिति पैदा भएको छ । सापहरु जेल पर्ने कारण भ्रष्टाचार भनिएता पनि भ्रष्टाचार नै जेल पर्न पर्याप्त योग्यता पुग्ने भने रहेनछ । पहिलो कुरा त जति नै घुस दन्काए पनि गोजी भए पनि भुडी फुलाए पनि ती मानिस कुनै राजनीतिक दलसग आवद्ध रै’छन् भने त्यस्ता व्यक्तिलाई खोरमा इन्टि्र हुदो रहेनछ । कोही अगाडि मन्त्री भइसकेका रहेछन् भने उनको अस्वभाविक रुपमा गगनलाई चुम्न तम्सिएका घर बंगलाहरुको तला गनिदो रहेनछ । चिल्ला गाडी र अकुत सम्पत्तिको खोजी नीति नहुदो रहेछ । होस पनि त कसरी, पूव मन्त्री भइसक्या मान्छेहरुलाई यति जाबो सम्पत्ति जोडन्लाई कत्रो आइतबार ? मन्त्री भइसके्सी त्यसै जोडी हालिन्छ नि यति सम्पत्ति त भ्रंष्टाचारै गरिरहन पर्छ ? त्यसैले त सापहरुसँगसँगै सुडानको सडानमा परेर दुगन्धित बने पनि अत्तर छरेर हरर बास

कती डिस्टर्व ??

Image
                                   

कसरी तिर्नु १५ करोड ?

Image
श्रीमान् ! १० करोड नि कमाउन नपाई निलम्बन गरे, कसरी तिर्नु १५ करोड ?

जुहारी

Image

अल्पमत

Image

अब चै

Image

खोरिया बेचेर कोरिया गइयो !

Image
प्रगति त गजबले भा’छ ! खोरिया बेचेर कोरिया गइयो ! कोरियामा कमाएर खोरिया किनियो !!

बेपार ठप्पै हुने भो

Image
बेपार ठप्पै हुने भो ! यताभन्दा उता दोहोरी जम्न थालेछ !!

बजेट लिक

“अर्थमन्त्री ज्यू ।” डाक्टर महत कुलनु भो “यो के गर्‍या -” “भूपू ज्यू” मन्त्रीज्यूले भन्नु भो “बजेट पढ्या” देख्नु भएन “किन पढ्नु हुन्छ -” डाक्टर महत उप|mनु भो “मैले पढिसके” भन्नु भयो “बिहान पत्रिकामा” “किन पढनु भा त -” मन्त्रीज्यूले भन्नु भो “मैले हिजै भन्या“ हैन -” थप्नु भो “गोपनियता जोगाइदिनु भनेर ।” “ए ˜˜” डाक्टर महत जंगिनु भो “तपैको गोपनियता अरुले जोगाइदिनु पर्ने -” “मैले कहा“ भने मेरो गोपनियता जोगाइ दिनोस भनेर -” मन्त्री ज्यूले भन्नु भो “बजेटको पो त” “भनेसी बजेटको गोपनियता मैले जोगाइदिनु परो -” डाक्टर महत रन्किनु भो “हैन मन्त्री तपै कि म -” “मन्त्री त मै हो नि” मन्त्रीज्यूले भन्नु भो “कसले भन्यो तपै भनेर -” “अनि गोपनियता जोगाउने तपैले कि मैले -” डाक्टर महत झन्किनु भो “अब सरकारको गोप्यता प्रतिपक्षीले जोगाउनु पर्ने -” थप्नु भो “हेर हात जोडेको लाज पचेको मान्छे” “ल भयो” मन्त्रीज्यूले भन्नु भो “बजेट पढछु म सुन्नोस अब” “म किन सुन्ने” डाक्टर महतले पाखुरा र्सुकनु भो “बिहान आफैले पत्रिकामा पढेको कुरा” “त्यसो भए कान थुन्नोस तपै” मन्त्री ज्यूले भन्नु भो “अरुले सुन्छन्” “तपै अपराधी हो” डाक्टर

बजेट कहाँ बाट पोखियो ??

Image

बजेट

Image

अनि किन नडुबोस् त बैंक ??

Image
                                                       असारदेखि पानी प-याप-यै छ,                                       अनि किन नडुबोस् त बैंक ! !

अझै पानीमा लगानी ??

Image
यसै त भकाभक बैंक डुबिरा’छन् । अझै पानीमा लगानी ??

नोटै नक्कली दिन्छन

Image
नोटै नक्कली दिन्छन् त भ्याट बिल कसरी सक्कली काट्नु ?

कलेज बजार

Image
सिजन र उपभोक्ताको माग अनुरुप बजार परिवर्तन हुदै जादो रहेछ । दसैको बेलामा खसी बजारले ठूलो स्कोप लिएको हुन्छ । चुनावको बेलामा मतदाता बजारको चहलपहल बेग्लै हुन्छ । प्रधानमन्त्री छान्ने बेलामा सभासदको बजारको कुरा गरी साध्य छैन । महाधिवेशनको समयमा पार्टी प्रतिनिधिको बजार अझ कुरा नगरुम । बरु अहिले कलेज बजारकै कुरा गरुम किनकि अहिले सिजन कलेज बजारकै छ । कुराको सिजनेबल आइटम अलि मिठो पनि हुन्छ । एसेल्सीको रिजल्ट पछि कलेज बजारका उपभोक्ताहरु ह्वात्तै बढेका छन् । उपभोक्ता बढेकैले बजारमा राम्रो सम्भावना बढेको छ कलेज बजारमा । यहि सम्भावनालाई क्याच गर्न । यहि मौकालाई झयाप पार्न कलेज बजारमा थुप्रै साउजीहरु ओइरिएका छन् र सबै साउजीहरु शिक्षा बेच्नका निम्ति तछाड मछाड गरिरहेका छन् । साउजीहरुले थुप्रो लगानी ओइराएका छन् कलेज बजारमा । लगानी अनुसार कलेजहरुका स्तर निर्धारण भएको छ । त्यहि स्तर अनुसार यहा फाइव स्टार कलेजदेखि ठूलाठूला डिपार्टमेन्टल र सुपर कलेजहरु खुलेका छन् । फाइभ स्टार कलेजको पारा बेग्लै छ । त्यहा गेम, स्वीमिङ पुलदेखि लिएर क्यान्टिनमा चौरासी ब्यन्जन देखि क्यासिनो समेत त्यहि हुन्छ । त्

प्रधानमन्त्री को परिक्षा

Image
एउटा खर्दारकै जागिर खान पनि लोकसेवा आयोगमा जाँच दिनुपर्छ । रातभर लगाएर सामान्य ज्ञान पढनु पर्छ । तिथिमिति कण्ठ पार्नुपर्छ । एउटा विद्यार्थी कै कुरा गरौ उ ठूलो मान्छे हुने क्रममा जीवनमा कयौं परिक्षाको सामना गर्छ । तर देशको ठूलो र र्सवाधिक आकर्षाको पद प्रधानमन्त्री बन्न कुनै लिखित परिक्षा दिनुपर्ने प्रावधान छैन । साच्चै प्रधानमन्त्रीको परिक्षा गर्ने हो भने त्यसको प्रश्न पत्र कस्तो होला – त्यो पक्कै पनि यस्तो हुनुपर्छ । विषय प्रधानमन्त्री पूर्णाक ६०१ उत्तीर्णाक ३०१ सबै प्रश्नहरु अनिवार्य छन् । १. प्रधानमन्त्रीको परिभाषा दिनुहोस । यसले देश, जनता, तपाईको व्यक्तिगत जीवन, परिवार तथा नातागोताको जीवनमा कस्तो परिवर्तन आउछ विवेचनात्मक उत्तर दिनुहोस । २. प्रंधानमन्त्री बन्नका निमित तपाईले पार्टीभित्र र बाहिर गर्नुपरेको संर्घषबारे उल्लेख गर्दै काइदाको भाषण लेख्नोस् । ३. सहमतिको सरकार र बहुमतीय सरकार, आफू प्रधानमन्त्री हुँदाको अवस्था र अर्को प्रधानमन्त्री हुँदाको अवस्था बीच फरक छुट्याउनु होस् । ४. इतिहासमा प्रधानमन्त्री बन्नका लागि भएका उल्लेखनीय अभ्यास, प्रयत्न र जमर्को बारे चर्चा गर्नुहोस

मानार्थ उपाधि

पोहोर साल कामरेड केपी ओली सहितका एक टुकडीलाई मानार्थ विद्यावारिधी मिल्याथ्यो । सुनियाथ्यो कति दिन ‘डा. केपी ओली’ लेख्नु भो रे उहाँले । ग्रिनफोर्ड युनिभर्सिटीबाट प्राप्त विद्यावारिधी नक्कली भन्ने थाहा पाएसी उहाँसँगै विद्यावारिधी पाएका हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले माफी माग्नु भयो तर हास्य नेता केपी वलीज्यूले माफी माग्नु भएन । माग्नु पनि त किन हास्य अभिनेताहरुले त पर्दामा दर्शक हँसाउने हुन् । पर्दा पछाडि उहाँहरुको वास्तविक जीवन हुन्छ । वास्तविक जीवनमा इज्जत, प्रतिष्ठा, विवेक हुन्छ । र माफी माग्छन अब नेताको केस बेग्लै छ । उनीहरु पर्दामा दर्शक हँसाउदैननन्. । बरु वास्तविक जीवनमा दुनिया हँसाउछन् । नक्कली युनिभर्सिटीको नक्कली ड्रि्री लिएर दुनिया हँसाइएको छ । नेता भएसी कामै दुनिया हँसाउने छ भने किन माग्ने माफी दुनिया हँसाएकोमा ? आफ्नो दैनिक कामैमा माफी माग्न थाल्ने हो भने त लाइफै माफी मागेर बित्नेछ । यो पाटोलाई चाहि यहि निर छाडम् । झिना मसिना कुरा भन्दा मुल कुरा तर्फ मोडिउम अब । किनकि पीएचडी, ग्रिन फोर्ड, केपी ओली, माफी जस्ता कुरा अलि पुराना भइसकेका छन् । तर मान

Offer

Image

हजारी

Image
 

जहाज किन्नु पर्छ

Image