Posts

Showing posts from September, 2011

‘बाहिर ननिस्क केटा हो’

Image
“ड्याङ्ग पडक्या छ” सापले भने “क्या हा यो ?” “त्यहि त साप” जवानले भने “सातो लियो” “झरियो बेला एकछिन आनन्दले सुतौ भनेको” हल्दार सापले आँखा मिच्दै भने “दिएनन सिल्ली हर्ले” “आँखा मात्र के लाग्न लाग्या थो झसँगै पार्दिए” “त्यही त भन्याँ” चौकिदारले भने “ड्युटीमा नी सुत्न पाइएन त्यसै जाने भयो दिन” थपे “अनि विस्तारै पड्काउन पर्छ नी” “हैन ए केटा हो ” सापले भने “लास्टै पड्क्यो नि त हौ -” आप\mनो कान तान्दै बोले “कानै र्टुइय गरी रा’छ” थपे “म मा यो दारुको कमाल हो कि तिमलाई नि भै रा’छ -” “कहा र साप मेरो त मुटु नै हल्लि रा’छ” असइ सापले भने “अस्तिको भुइचालो को प्रभाव हो कि आजको पडकाइको प्रभाव -” “भुइचालोको प्रभाव हैन” सापले भने “आजको पडकाइ कै हुनुपर्छ ।” थपे “तर ए केटा हो – पड्किन चै के पड्क्यो – भनाओ त -” “साप” एक जवानले भने “पक्कै पनि जिब्रो पड्काएका होलान त्रिचन्द्रका केटाहरुले” थपे “बाटामा च्वाक हर्लाई देखेर” “धत कहा आउछ यत्रो आवाज” अर्का जवानले भने “जावो जिब्रो पड्काउदा” “त्यही त” हल्दारसापले भने “बरु गाला पड्काए होलान, जिब्रो पड्काउनेको” “त्यसो हैन” असइ सापले भने “दशैं आउन लाग्या बेला छ । कुन चा

भूकम्प

Image

काला बजारी

Image

बाबुरामको आशा !!

Image

बाबुरामको जोश

Image

झिनो बहुमतको जोखिमपूर्ण यात्रा !!

Image

अब छेमायाचना विज्ञापन दिन पर्नी भो !! !!

Image
लौ जा ! हाम्ले त बधाई विज्ञापन दिई सकिम् ! अब छेमायाचना विज्ञापन दिन पर्नी भो !! !!

थिचिएका बाबुराम

Image

सत्ता साझेदार !!

Image

कपडा खै रे ??

Image
कपडा खै रे ?? केटाहरले मन्त्री बनाइदिन्छु भने, दिएँ फुकालेर !

पौडेल बाजेको मनोबाद !!

Image
‘उफ’ बाजेले निधारको पसिना पुछ्नु भो र खुइय गर्दै भन्नुभो ‘के गरुम अब -’ ‘भाग्य लेख्ने सिल्ली पनि कस्तो उट्पट्याङ परेछ’ टोपी फुकालेर हम्कनु भो र भन्नु भो ‘चुटि्कला लेख्दै छ कि क्या हो सबैको हासोको पात्र बनियो बज्याले सत्र चोटी हार हार हार…’ लेखेछ टोपी लगाउनु भयो र भन्नु भो । ‘ दिमाग खराब’ ‘मैले जित्या भए रामराज्य आउने थियो ।’ आखा चिम्म पार्नु भो र सोच्नु भो । ‘अरुलाई नभए पनि आफु आप\mना नातागोता अनि कार्यकर्तालाई’ ‘कलियुगमा घोर अनर्थ भो’ रामराज्य आउने मौका चुकाए । ‘हार्ने रामचन्द्र जित्ने बाबुराम’ उहाले गम्नु भयो ‘कति फरक छ चन्द्र र बाबुमा चन्द्रले जिते आफै हुन्थे बाबुले जितेर बर्बाद भयो’ ‘कति हार्नु अब -’ कोट फुकाल्नु भो र दौराको तुना तान्दै भन्नु भो ‘अब त यो दौराले पनि खिसी गर्ने बेला भै सक्यो’ ‘जा अभागी खाला’ दौरा फुकाल्नु भो र मिल्काउदै भन्नुभो । ‘तेरो कर्म नै खोटो बुझिस त प्रधानमन्त्रीको आङमा पर्न सकिनस् ।’ साह्रै बिरक्तिएर उहा आप\mनै कोठामा एक फन्का मार्नु भो ओछ्यानमा पल्टिनु भो र गीत बजाउनु भयो ‘उडायो सपना सबै हुरीले सपना सबै हुरीले सपना सबै हुरिले सपना सबै हुरीले’ ‘माने (मादप ने

हाई हाई बाबुराम !!

Image
‘नव निर्वाचित प्रधानमन्त्री बाबुराम भट्टर्राईलाई बधाई र शुभकामना तर पार्टनरहरु गतिला छैनन् होस चै अवश्य पुर्‍याउनु होला’ एमाले युवा नेता योगेश भट्टर्राई ले फेसबुकमार्फत नवनियुक्त प्रधानमन्त्री डा. भट्टर्राईलाई दिएको शुभकामना हुन यी । हुन त गत आइतबार सम्पन्न प्रधानमन्त्री चुनावमा उनको दल नेकपा एमालेले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई र्समर्थन गरेको थियो । हतियार र लडाकु पूर्ण रुपमा परित्याग नगरेसम्म माओवादी नेतृत्व स्वीकार गर्न नसकिने अडानमा रहेका कांग्रेस र एमालेलाई यस मुद्दामा बिना उपलब्धि नै माओवादीको नेतृत्व निश्चय पनि सुखद कुरा होइन । तैपनि भट्टर्राई प्रधानमन्त्री हुनुलाई व्यक्तिगत रुपमा दुखद रुपमा भने लिएका छैनन् ती पार्टी नेता तथा र्समर्थकहरुले पनि । एमाले युवा नेता योगेश भट्टर्राईको स्टाट्स पनि केवल एउटा औपचारिकता मात्र थिएन । अरु युवाहरु जस्तै उनको पनि बाबुरामप्रतिको आशा प्रतिबिम्ब यसमा झल्कियो । सैद्धान्तिक र बैचारिक रुपमा विरोधी भएता पनि व्यक्तिगत रुपमा बाबुरामलाई हाई हाई गर्नेहरुको ठूलै लाम छ । बाबुराम पछिल्ला समयमा युवा पुस्ता र मिडिया माझ निकै लो