Posts

Showing posts from November, 2011

के हो यार ??

Image

उत्पादन मिती !!

Image

आज सुत्छु भोलि गर्नु पर्ला मिटिङ !!

Image
  कामरेड  प्रचन्ड कम्ता चतुर हुनुन्न । आफूलाई परेको अप्ठेरोलाइ साफ गर्ण उहा माहिर हुनुन्छ ।उहा साह्रै बाठा छन । जब जब पार्टीमा बिबाद आउछ । तब तब उहाँ पार्टी बैठक लाई छलाइ रहनुहुन्छ । बैठकै नबसेसी उहाँको बिरोध हुने सम्भावना नै हुन्न बिरोध हुने सम्भाबना नै नभएसी अप्ठेरो हुने नै भएन । त्यसैले माओवादी बैठक सर्या सर्यै छपछिल्लो समयमा पनि २ साताको लागि यो स्थगित भएको छ। एक ' प्रचन्ड कामरेड !यो हद भो ! अब बैठक नबसी भएन !" किरण कामरेडले भन्नु भयो । प्रचन्ड कमरेडले सजिलै भनिदिनु भयो । "हुन्छ तर मने बैठक चै किन बस्ने ?" "साचो फिर्ता र लडाकु समायोजन सहमतीले मेरो टाउको दुखायो । त्यसैले बैठक बसेर तपाईंको उपचार गर्नु पर्‍यो " किरण कामरेडले भन्नु भयो । प्रचन्ड कामरेडले सोध्नु भयो -" अरे मेरो उपचार ??" किरण कामरेड ले भन्नु भयो _" अँ तपाईंको उपचार !" प्रचन्ड कामरेडले भन्नु भयो -"तपैको कुरा सुनेर चै मेरो मेरो लास्टै टाउको दुख्यो । आज सुत्छु भोलि गर्नु पर्ला मिटिङ" दुई एक जना माओबादी पोलिटब्युरो सदस्य हस्याङ फस्याङ गर्दै पेरिसडाडामा उक्लदै थिए

अवकाश कसलाई ?

किरण बाजेले लडाकु ठिटाहरुलाइ अपिल   गर्नु भा ' छ - " केटा हो समायोजन मा नजाओ !" बादल कामरेड ले यसैमा थप्नु भा ' छ -" यो लास्टै अपमान जनक भयो । हो केटा हो तिमारु समायोजन मा नजाओ । यो प्रतिक्रियाबादीहरुसग बसेर प्रचन्ड बाउरामले हुइस्की खाँदै गरेको निर्णय हो । त्यसैले यो अपबित्र निर्णय लाई तिमर्ले कार्यान्वयन नगराओ । तिमरु समायोजनमा गयौ भने प्रतिक्रियाबादी हरुले फेरी ह्विस्की का बोतल हरु फोर्ने छन । र तिनारु रात भर सुत्ने छैनन । त्यसैले केटा हो उनिहरुको निन्द्राको लागि भए पनि तिमरु समायोजनमा नजाओ । " किरण बाजेले भन्नु भा ' छ - " केटा हो ? तिमरु समायोजनमा नजाओ बरु स्वऐच्छिक अवकाश मा जाओ " कुरा सुन्दा अली खाइ के खै के जस्तो लागि ' छ । बुढो हुनु भाको छ किरण बाजे । तर अवकाश मा जाने चाँही लडाकु ठिटाहरु ? यो त साह्रै नसुहाउने कुरा हो । यो त काही नभएको जात्रा पो हो त ! दुनियाँको चलन के छ भने बुढा मान्छेको कार्य क्षमता

फिर्ता लिएर टाप कसिहाल्नोस

Image

धेरै नखानु !!

Image

मन्त्री भएसी एक्कासि सुन भयो !!

Image

कसैलाइ बोझ ...कसैलाई मोज !!

Image

झम्के फुली-3 !!

Image

गर्भवती गच्छेदार !!

Image
आफ्नो कानै त्यस्तै हो की कुरा त्यस्तै हुँदै गएका छन कुन्नी उदेग लाग्दा कुरा मात्र सुन्न पाईन्छ अचेल । किर्तिमानी मन्त्रिमन्डल को निर्माण देखि हत्या अभियुक्त लाई आममाफी जस्ता उदेग लाग्दा कुरा हरुले कान टट्टाइ सकेका छन । कति सुन्नु यो सरकार का उदेग लाग्दा कुरा हरु । अब त मज्जाले अघाइ   सकिएको छ । तर अरुका कुराले वाक्क लागे पनि गृहमन्त्री गच्छेदारका कुरा भने अझै रमाइलो लाग्दै छ । उहाँले मन्त्री भए देखि नै साह्रै रमाइला अनी आस्चर्यजनक कुरा गर्दै आइरहनु भएको छ । उहाँको मुखारबिन्दबाट धारा -प्रबाह चुट्किला स्वरुपमा गएका तथ्यपरक (?)आस्चर्यहरुको पुराण सुन्दा कान हरु त्यसै त्यसै पवित्र भएका छन । जति सुने नी सुनु सुनु लाग्ने उहाँको रोमान्चकारी प्रबचन हरुले हामि त्यसै त्यसै मख्ख छौ । हुन त उहाँ गृहमन्त्री हुनुहुन्छ तै पनि उहाँले स्वस्थे मन्त्री को भूमिका पनि प्रसस्त निभाउदै आउनु भएको छ । उहाँले जनतालाई लगातार हसाउदै आउनु भएको छ । हास्नु स्वास्थ्य को लागि बढो फाइदाकारी छ भन्ने त बिभिन्न बैज्ञानिक अनुसन्धान बाटै थाहा भैसकेको कुरा हो । धन्य गृहमन्त्री ज्यु , जसले जनस्वास्थ्यका क्षेत्रमा ठुलो योगदान

नयाँ किर्तिमान !!

हामिले गज्जप प्रधानमन्त्री पाएका छम । जो कहीले दोस्रा भएनन रे । स्कुलाँ फस्ट फस्ट । एसेल्सिमा बोर्डफस्ट । त्यस पछि पनि फस्ट का फस्ट । उनले नेहरु बिश्वबिध्यालय मा पनि फस्ट हाने रे । लास्टाँ पर्धानमन्त्रीको दौड मा पनि उनले फस्ट नै हाने । आखिर लिगलिगे संगत ले भेटेका यि गोर्खालिले पुर्खाकै बिडो थाम्नको लागि नी दौड हार्ने कुरै थिएन । अहिले सम्म सबै कुरामा फस्ट भएका प्रम ज्युले नया नया कुरामा फस्ट हानेर ऐतिहासिक क्रितिमान बनाउने धुन मा हुनुन्छ ।  पर्धानमन्त्री भए  देखिनै उहाँले यसमा कदम चाली सक्नुभएको छ ।सस्तो मुस्तांन देखि महगो चिया पानमा  समेत  उहाले सबैलाइ जितेर प्रथम स्थान हासिल गर्नु भएको छ . अरु कुरामा त त्यस्तै भो मन्त्रिमण्डलको कुरामा गालि खानेमा अर्को कृतिमान बनाउनु भएको छ . सबै कुरामा पहिलो हुँदै आएका प्रधान्मन्त्रीजीले यो नाथे मन्त्रीमन्डलको कुरामा चै किन दोस्रो हुने ? अब पहिलै हुनुपर्छ र हुनुहोस । बधाई र शुभकामना !! धेरै मान्छे हरु प्रधानमन्त्रीले धेरै मन्त्रीहरु बनाउनुभयो । मुलुकलाई कङ्गाल बनाउन लाग्नु भो भनेर धेरैले यसलाई आलोचना गर्दै छन । तर यो कुरा ताइ न तुइको कुरा हो । मुलुक

कोई गरिप रहन्नन नेपालमा

Image

कीर्तिमान रेकर्डमन्त्री

Image

प्रेमी-प्रेमिका -6

Image

प्रेमी-प्रेमिका -5

Image

प्रेमी-प्रेमिका -4

Image

श्रद्दान्जली !!

Image

महँगी

Image

किरण महात्म्य !!

कामरेड किरण जी क्रान्तिको पर्याय हुनुन्छ । बिद्रोहको अर्थ हुनुन्छ । उहाका आवाजमा बारुद प्रवाह हुन्छ । उहाका बोलिमा गोली पड्कन्छ । उहाँ आगो बाल्न मन परौनु हुन्छ । मसाल बोकेर हिंड्न चाहानुहुन्छ । नारा उहाँको फेवरेट गीत हो । जुलुस उहाँको चाहे जस्तै हिडाइ हो । उहाँ सच्चिकै क्रान्तिको अग्रदुत हुनुहुन्छ । उहाँले फेर्ने सासमा क्रान्ति हुन्छ । उहाँले देख्ने आसमा क्रान्ति हुन्छ । उहाँले खाने गाँसमा क्रान्ति हुन्छ । क्रान्ति को अर्थ किरण कामरेड , किरण कामरेडको अर्थ क्रान्ति । एक अर्काका परिपुरक दुबै ।  त्यसैले उहाँ नेपाली क्रान्तिलाई पूरा गर्ने भागिरथ प्रयत्नमा हुनुहुन्छ । अरुले क्रान्ति पूरा गर्ने सपना देखाए गरेनन । बरु बुर्जुवा हरु सग सम्झौता गरे । प्रतिक्रियाबादी हरुका ससुरा बने अनी शान्तिलाई अपनाए । क्रान्तिलाई सौता हाले । छोरो जनबिद्रोह क्वाँ क्वाँ रोयो सडक मा । यता क्रन्तिका सपना देखाउने हरु शान्ति नकचरी सग हनिमुन मनाउन ब्यस्त छन । शान्तिको हनिमुन मनाउन त होनि अध्यक्छे कामरेड अमेरिका गएका । अमेरिका गएर उहाँ बिदेसी हरुका हनी , माइ डार्लिङ बनेर फर्कनु हुनेछ । यता कमरेड किरण ट्र्याजेटि मुडमा