अवकाश कसलाई ?


किरणबाजेले लडाकु ठिटाहरुलाइ अपिल  गर्नु भा'- "केटा हो समायोजन मा नजाओ !"
बादलकामरेड ले यसैमा थप्नु भा'-"यो लास्टै अपमान जनक भयो हो केटा हो तिमारु समायोजन मा नजाओ यो प्रतिक्रियाबादीहरुसग बसेर प्रचन्ड बाउरामले हुइस्की खाँदै गरेको निर्णय हो त्यसैले यो अपबित्र निर्णय लाई तिमर्ले कार्यान्वयन नगराओ तिमरु समायोजनमा गयौ भने प्रतिक्रियाबादी हरुले फेरी ह्विस्की का बोतल हरु फोर्ने छन तिनारु रात भर सुत्ने छैनन त्यसैले केटा हो उनिहरुको निन्द्राको लागि भए पनि तिमरु समायोजनमा नजाओ "
किरणबाजेले भन्नु भा'- "केटा हो ? तिमरु समायोजनमा नजाओ बरु स्वऐच्छिक अवकाश मा जाओ"

कुरासुन्दा अली खाइ के खै के जस्तो लागि' बुढो हुनु भाको किरण बाजे तर अवकाश मा जाने चाँही लडाकु ठिटाहरु ? यो साह्रै नसुहाउने कुरा हो यो काही नभएको जात्रा पो हो ! दुनियाँको चलन के भने बुढा मान्छेको कार्य क्षमता घट्दै जाने हुँदा बुढो भएसी अवकाशमा गइन्छ तर यहा के उल्टो भयो भने शरीर बिचार दुबैले बुढो भएका किरण बाजे चै अझै सक्रिय रहने तर कुहिनाले पहाड फोर्ने खालका लडाकु ठिटाहरु चैनी अवकाशमा जाने रे यस्तो पनि हुन्छ कतै ?"
जानेनै हो भने किरण बाजे चै अवकाशमा जानु भए हुन्छ उहाँको यो उमेर अवकाश मा गएर बिहान बिहान मर्न्निङ वाक जाने दिन भरी नाति नातिना स्याहार्ने उमेर हो अब नाति नातिना स्याहार्ने उमेर मा आएर आफू चै सक्रिय नै रहेर अदक्षे कामरेडलाई फनफनी रिगाउने अनी ठिटाहरुलाइ चै अवकाश जाओ भन्ने ? सुड्डो पनि लास्टै दिने क्या !    
 फेरिबाजेले भन्नु होला तिनारु लडाकु भएर पो अवकाशमा जाओ भनेको ! थोडिलडाकु हुँ ? अवकाशमा जानलाइ ? वास्तवमा भन्ने हो भने शिविरका लडाकु त्यस्ता लडाकु नै हैन जसलाई समाजोजन गर्न समस्या तर किरण बाजे त्यस्ता लडाकु हुन जसलाई समायोजन गर्न साह्रै कठिन सेना समायोजन मुद्दामा प्रचन्डले अन्य दल हरु सग सजिलै सहमती गरे तर किरण बाजे सग गर्न सकेनन लडाकु सेनामा समयोजन हुने क्रममा छन किरण बाजे सितिमिती समयोजन हुने मुडमा हुनुहुन्न पार्टीम समायोजन पनि नहुने एकातिर भने अर्कातिर उहाँ बुढो पनि भैसक्नु भो त्यसैले उहाँ ले नै स्वएच्छिक अवकाशको बाटो रोजे सबैलाई साँचो हुन्थ्यो त्यसो गए कसो होला ??

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ