आज सुत्छु भोलि गर्नु पर्ला मिटिङ !!

एक
'प्रचन्ड कामरेड !यो हद भो ! अब बैठक नबसी भएन !"
किरण कामरेडले भन्नु भयो ।
प्रचन्ड कमरेडले सजिलै भनिदिनु भयो ।
"हुन्छ तर मने बैठक चै किन बस्ने ?"
"साचो फिर्ता र लडाकु समायोजन सहमतीले मेरो टाउको दुखायो । त्यसैले बैठक बसेर तपाईंको उपचार गर्नु पर्यो "
किरण कामरेडले भन्नु भयो ।
प्रचन्ड कामरेडले सोध्नु भयो -" अरे मेरो उपचार ??"
किरण कामरेड ले भन्नु भयो _"अँ तपाईंको उपचार !"
प्रचन्ड कामरेडले भन्नु भयो -"तपैको कुरा सुनेर चै मेरो मेरो लास्टै टाउको दुख्यो । आज सुत्छु भोलि गर्नु पर्ला मिटिङ"
दुई
एक जना माओबादी पोलिटब्युरो सदस्य हस्याङ फस्याङ गर्दै पेरिसडाडामा उक्लदै थिए । त्यसै बेला एक जना कामरेड फेदीतिर झर्दै रहेछन ।
पहिलो - "कमरेड अभिबादन !"
दोस्रो -" अभिबादन !,कता लाग्नु भो ?"
पहिलो -" कता रे ? हैन आज मिटिङ हैन र ?"
दोस्रो -" मिटिङ रे ? त्यो त स्थगित भयो !"
पहिलो -"स्थगित रे ? किन नी ?"
दोस्रो - अधेक्षे कामरेडलाइ सु आएर ट्वाइलेट जानु पर्नी भयो रे अनी !"
Comments
Post a Comment