मलाइ आरजु को समर्थन छ !!

नपचाउने ले नपचाइरहुन त्यसमा छु मतलब । त्यो मान्छेको पाचनप्रणाली मा भर पार्ने कुरा हो । पाचन प्रणाली गतिलो छ भने पच्ला । छैन भने नपच्ला । कसैले कुनै कुरा पचाउन वा नपचाउन त्यो देउवाजीको टाउको दुखाइको बिषय पनि हैन । सबैलाई हाजमोला किनिदिने ठेक्काभनेर ? लिनुभएको छैन देउवाजीले । उहाँले किन भन्न नपाउने अब म प्रधानमन्त्री बन्ने कुन संबिधान अनी कुन कानुन मा लेख्या छ र देउवाजीले त्यसो भन्न नपाउने भनेर ? तर देउवाजीले एउटा अलि रसिलो कुरा गर्नु भएको छ । उहाँले प्रधानमन्त्री बन्ने मात्रै हैन सहमतिय सरकारको प्रधानमन्त्री बन्ने कुरा गर्नु भएको छ । सहमतिय सरकार भन्नेकुरा सुन्नमा बढा मजा आए नी बन्न भने सकिरहेको छैन । यसै बिचमा देउबाजी लाई अचानक पलाएको ईच्छाले धेरैलाई रोमन्चित बनाएको छ ।

-'हैन ए देउवाजी । तपाईंलाई ससैले समर्थन गरेका छैनन तैपनि तपाईं सहमतिय सरकारको प्रधान मन्त्री बन्छु भन्दै हुनुन्छ । आखिर कसरी सम्भव छ यो ?"
देउबाजीले अली चर्को स्वरमा भने -"किन छैन मलाइ समर्थन । लोकल समर्थन मात्र होईन संसारको समर्थन छ । "
ती हितैसीले सोधे - "कसरी प्राप्त भो तपौइलाई संसारको समर्थन ?'
देउवाजीले भन्नु भयो -"बिहे बाट"
बडा अचम्म मान्दै हितैसीले सोधे -" हँ ? कसरी ?"
देउबाजीले मुसुक्क हाँस्दै भन्नु भो -" मलाइ मेरि श्रीमती आरजु को समर्थन छ । उनी मेरो संसार हुन !"
Comments
Post a Comment