जड्याहा जस्ता एनजीओहरु !!


"मौसम्ले च्यालेन्ज गर्‍यो यार !"

     जड्याहाहरु यो या त्यो बहाना मा रक्सी पिउन रुचाउछन । उनिहरु सुख होस वा दु:ख हरेक अवसर मा दारु पीइ हाल्न रुचाउछन । सुखमा इन्जोई गर्न त दु:खमा दु:ख भुल्न जे होस् हर बहानामा पिउछन उनिहरु । पिउने हरुलाई मौसम पनि राम्रो बहाना बन्ने गर्दछ । हल्का बादल लाग्यो र जाडो भो भने भनी हाल्छन -"मौसम्ले च्यालेन्ज गर्‍यो यार । दारु खान जाम !"

      यहाँ च्याउसरी खुलेका एनजीओ हरु पनि तिनै जड्याहा भन्दा कमी छैनन । जड्याहा जसरी कुनै पनि बहानामा दारु खान चाहन्छन । त्यसैगरी एनजीओ हरु कुनै पनि बहानामा रकम कुम्ल्याउन चाहन्छन । यस्तै बहाना फेला पारेछन उनिहरुले -"जलबायु परिवर्तन " ।
पौष २६ गतेको कारोबार दैनिक मा "अर्बौं खर्चको छैन हिसाबकिताब" शिर्सक मा जलबायु परिवर्तन न्युनीकरणको नाममा कसरी एनजीओ हरुले मोटो रकम कुम्ल्याइ रहेका छन भनेर समाचार प्राकाशित गरेको थियो । कारोबारमै आजको कार्टून त्यसै बिषयमा । -"जलबायु परिवर्तनले च्यालेन्ज गर्‍यो यार !"

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ