म्यादको लत


थप्ने लत बडा ज्याद्रो हुन्छ । लागेपछी मान्छेले ले जीवन छोड्न सक्ला तर लत छोड्न सक्दैन । यस्तै लत बस्या छ संबिधान सभालाई । सभासदलाई सरकार सभामुख । पार्टी अनी तिनका नेता हरूलाई । २ बर्षको म्याद लिएर नेपालभुमिमा पदार्पण गरेको संबिधान सभाले ख्याल ख्यालमै आफ्नो आयु सक्यो !! साधारण जनको लागि पनि २ बारको जूनी ख्याल ख्याल मै जान्छ । उध्देस्यको लागि बाँच्ने जीवन अली जटिल हुन्छ । नाम र अमरत्व लाई छोड्ने हो भने ख्याल ख्यालमै जिउने ले नाई लिन्छन जिउनुको मजा । संबिधान सभाले नी जिउनुको मजा लिना थाल्यो आनि ख्याल ख्यालमै २ बर्शे आयु खेर फाल्यो । आयु खेर फाले पनि उसले जीवन समाप्त भएन । सर्व शक्तिमान तीन दलिय माहाप्रभुको अनुकम्पाले उसको सकिएको आयु थपियो । फेरि सकियो फेरि थपियो । फेरि सकियो फेरि थपियो । आनि त ख्याल ख्याल मै समय बिताउनु पनि क्षम्य हुँदै गयो संबिधान सभालाई । अब त उसलाई लतै बस्यो म्याद थप्ने । थप्दै गयो थप्दै गयो । दुई बर्से प्याक सिनित्त पार्यो । एक बर्से प्याक सिनित्त पार्यो । फेरि तीन महिने घुड्क्यायो । फेरि तीन महिने तुन्क्यायो र छ महिने गिलास मा खन्यायो । तर धित मरेन संबिधान सभा लाई । लागेन उसलाइ । धित मरेन उसलाई ।
बरु उस्को थपाइले सर्बोच्च मात्तियो । पहिलो मताइमा भन्यो -" थप भाइ थप । आफ्नो आयु अनन्त काल सम्म थप । बाँच्न पाउनु तेरो अधिकार हो । म्याद थप फेरि थप धोक फेरि धोक । " संबिधानसभा हौसियो अब उसलाइ जीवन को सिमितता बारे कुनै चिन्ता भएन । उसले थपी रह्यो थपी रह्यो । उसलाइ लत बस्यो तर धित मरेन । उस्को पियाइले असह्य भएर सर्बोच्च मातियो । र भन्यो -" भो अब नथप छ महिना भन्दा थप्दै नथप !"


गिलास मा खन्याउदै गरेको म्याद मदिराको बोतल भुइमा राख्दै संबिधान सभाले भन्यो -" हाँइ ? के भन्या ?"
सर्बोच्च ले भन्यो -"अब म्याद नथप भनेको ?"

संबिधान सभाले घुड्क्याउदै भन्य्यो - " किन नथप्ने म्याद ? तिम्रा बाउको म्याद होर नथप्न लाई । मेरो म्याद म थपु की नथपु मेरो खुस हो । तिम्लाई छू मतलब ? कत्ति न उसैलाई थप्दे भनेको जस्तो । "
"के रे केरे "
सर्बोच्च ले भयो ।

"तिम्रो खुशी चल्छ याँ ? थप्न पाइन्न भनेसी पाइन्न पाइन्न । लु हेरम त कसरी थप्दा रैछौ ?"
"यी यसरी !"
छ मैले लेबल टाँस गरिएको म्याद मदिरा गिलास मा खन्याउदै संबिधान सभा हास्यो ।
"हिहिहा ........... !!"
"कति सम्म ज्याद्रो र 'छ हो यो संबिधान सभा त "
सर्बोच्चले भन्यो ।
-"अधालतले भनेसी मान्नु पर्दैन ? के गर्छौ तिमिलै नमानी सूख छैन !"

"नमानी सूख छैन् भने म्याद थप भन न त ?"

संबिधान सभाले भन्यो
-"त्यो चै मान्छु .....तेसो गरे कसो होला ??"
" बढा बाठा रहेछौ तिमी त ? म अरु कुरा जान्दिन "

 सर्बोच्चले भन्यो
- "म्याद थप्न पाइन्न भनेसी पाइन्न पाइन्न पाइनन !!! कुरा बुझ्यौ ? तिम्ले थपेको यो छ महिनाको समय अन्तिम म्याद हो !"

"अरे यार यो अन्तिम म्याद भएर के भयो त ?"
संबिधान सभाले भन्यो ।
"फेरी लास्ट म्याद म्याद थपुमला नी त !"
" केहो यार ! तिमी प्रकृतिको नियम लाई चुनौती दीन खोज्ने ? "
सर्बोच्चले भन्यो
"यो संसार मा कोहि छ अजम्बरी ? म्याद थप्दैमा जिबित रहने भए जो पनि थप्थे नी वाहियात !!"

त्यस पछी सम्बिधानसभाले तोरीको फूल देख्न थाल्यो । म्याद थप मदिराको बोतलमा भएका भए भरको झोल पदार्थ एकै स्वासमा घुड्क्याउदै । बियोगान्तक नाटक को नायक जस्तै कारुनिक बेदनाले कराउन थाल्यो -"नाइ मेरो आयु थप्नु पार्छ । म प्रकृतिको नियम तोड्न चाहन्छु । म थप्न चाहन्छु । म पिउन चाहान्छु म्याद मदिरा । म जिउन चाहन्छु पिउन चाहन्छु । मेरो म्याद मलाइ थप्न दे । म मार्न चाहन्छु । अनन्तकाल सम्म……….

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ