.......बाघजस्तो हैन, बाँदर जस्तो ??
कांग्रेसी कर्मकान्डबाद

नेपालि जनबोलिमा एउटा कथा प्रचलित छ । 'बिरालो बाँधेर सराद्दे गर्ने ' । बाजेको पालामा सराद्देको दिन ढाडे बिरालोले लास्टै दु:ख दिएपछी बाजे हरूले जुक्ती लगाएछन -"अब यस्लाई बाधिदिनु पर्यो" । आनि उनिहरुले बिरालो बाधेँर सराद्दे गरेछन । त्यसपछि बिरालो बाँधेर सराद्दे गर्ने चलन चलाएछन । सराद्दे गर्ने कर्म हरुलो लिस्टमा बिरालो बाँध्ने पनि समाबेश भएछ ।
यस्तै स्वाभाव भएका संसारका अजिब जन्तुहरू हुन कर्मकान्डीहरू । जसले आधुनिक दुनियामा गजबका अड्डाहास पैदा गर्ने काम गर्दछन । यस्तै कर्मकाण्डी हरू राजनीतिक परिद्रिस्य मा पनि थुप्रै देखिएका छन । यहि मेसोमा को भन्दा को काम को शैलिमा निस्किएको छ काग्रेस । एक गज्जबको कर्मकाण्डी बनेर । हुन त उसले बर्सौ देखी
सम्सदीय ब्यबस्थाको पुरेत्याइ गर्दै आएको छ । त्यसैलाई उसले सासकीय स्वरूपका बिषयमा बाहिर निकालेको । र कछाड फेरेर निस्केको छ । र बिरालो बाधेर मात्र सराद्दे गर्नु पर्छ भन्ने शैलीमा भन्दै छ । सम्सदिय बेबस्था । पैले जस्तै अहिले जस्ततै उस्तै दुरुस्तै नत्र लोकतन्त्र खतरामा । जब सासकिय स्वरुपको बारेमा चर्चा हुन थालेछ । प्रचन्ड कमरेड ले अघि भित्ता मा टाँसेर बाँकी रहेको आफ्नो तस्बिर अंकीत पोस्टर देखाउदै भन्नु भएछ । सासकीय स्वरूप यस्तो हुनुपर्छ भन्ने हाम्रो गौरवशाली पार्टीको मान्यता हो । अब सुसिलदा पनि के कम उहाँले पनि कोट पाइन्ट मा गलबन्दी लगाको आफ्नो तसबिर देखाउदै भन्नु भएछ -"कहा हुन्छ ?यस्तो हुनुपर्छ सासकीय स्वरूप त !" यता कामरेड झलनाथ खनाल लाई के गरुम के गरुम भएछ । "एक छिन् है" भनेर घर गएछन र धुइपत्ता खोजेर प्रधान मन्त्री हुँदा खिचेको रातो गाला र दौरा सुरुवालमा सजीएको काइताको तस्बिर देखाउदै भनेछन -"यी यस्तो हुनुपर्छ सासकीय स्वरूप त !" त्यसपछि एही गरेर पनि कुरा मिलेनछ । बैठक स्थगीत !
बाघ र बाँदर

मध्यमार्ग ??
एक जना मान्छे सार्वजैनिक सौचालयमा गएछन । यसो हेरेछन एका तर्फ लेखेको रहेछ् पुरुष सौचालय । एकातर्फ लेखेको रहेछ् महिला सौचालय । एक छिन यता उता खोजे पछी पुरुष र महिला सौचालयको बीचमै ध्वारारारा पार्न थालेछन । उसको चर्तिकला देखेर मानिस हरूले हप्काएछन ।
"ओइ के गरेको ?"
उसले भनेछ
-"पिसाप गरेको नी देखेन ?"
'आनि टवाइलेट मा नगरेर किन बाहिर त? " मानिस हरूले सोधे ।
उसले भनेछ ।
-खै ट्वाइलेट? "
मान्छे हरूले -"यी क्या त देखेनौ ?"
उसले भनेछ ।
"यहा त पुरुष महिलाको लागि मात्र ट्वाइलेत छ । मेरो लागि खै ? त्यसैले बाहिरै गरेको । यो मध्यमार्ग हो अन्तत : काग्रेस माओवादी पनि यहि आउनु पर्छ । "
Comments
Post a Comment