अब म प्रधानमन्त्री बन्ने !!


         मंसिर महिना रहरको महिना हो रे भन्चन । यसै महिनामा धेरै ठिटा ठिटिहरु अनगिन्ती रहरहरु पाल्दछन । र मिठा मिठा सपना पाल्दछन । र धेरैले नयाँ जिबन को सुरुवात गर्छन । मंसिर मा रहर पाल्ने ठेट्ना हरुको भिडमा पौष लाग्दा सम्म पाका र परिपक्क भनाउदा नेता हरु समेत  मिसिएका छन । मानिसको स्तर अनुसार उसका रहरहरु निर्धारण हुँदा रहेछन । त्यसै अनुसार नै मंसिर महिनामा मानिस हरु आफ्नो सबै भन्दा सुन्दर र मिठो रहर हरु प्रकट गर्छन् र पुरा गर्ने प्रयत्नमा लाग्दछन । ठिटा ठिटीहरुले आफ्ना दिलका राजारानीसग घरजम गर्ने रहर हरु पाल्छन । र मंसिर महिनामा त्यसलाई पुरा गर्ने प्रयत्न गर्दछन । र कतिले त्यसलाई पुरा गर्दछन । अनी ठिटाहरु जस्तै पाका नेताहरुले पनि प्रधानमन्त्री पदलाई दिलमा सजाएका छन । दिलमा सजाएको कुराले साह्रै रहर हरु पैदा गर्ने महिना मंसिर । प्रियतम प्रियतमा हुन वा कुर्सी नै हुन यि सबैको काम एउटै हुँदा रहेछन । रहर पैदा गर्ने । हाम्रा बरिश्ठ र पाका नीता हरुलाई पनि यस्तै रहर पैदा गरिदियो मंसिरले । र उहाहरुले पनि आफ्नो दिल मा सजाएको कुर्सी प्रियालाई आफ्नी बनाउने रहर प्रकट गर्न थाल्नु भयो ।

यो सुन्दर रहर लाई सर्वप्रथम कांग्रेस बरिश्ठ नेता शेर बहादुर देउवाले प्रकत गर्नु भो । उहाले आफुभित्रको सारा लज्जा हरुलाई पक्षएर भन्नु भो -" अबको प्रधानमन्त्री मै बन्छु । " मंसिर ले मानिसलाई अली उत्ताउलो बनाउदो रहेछ आफु भित्रको रहर प्रकट गर्ने मेसोमा । देउबा ज्युले त्यसतै उत्तउलो रहर प्रकट गर्नुभो । मंसिरे लयमा मनका रहर प्रकट गर्ने मेलोमा पहिलो पटक रहर प्रकट गर्न अली लजाउछन ठिटा हरु तर एउटाले  प्रकट गरे पछी अली जोसिदा रहेछन ठिटाठिटीहरु । हाम्रा नेताज्युहरुका केशमा पनि त्यस्तै भयो । जब देउवाज्युले आफ्नो रहर प्रकट गर्नुभयो तब अरु अरु नेताहरुले पनि आफ्ना रहरु प्रकट गर्न थाल्नु भो । र तिने रहरहरुको अभिब्यक्तिले नेपाली राजनीतिमा आजकाल रहर्को फेसन चलेको छ ।
रहरकै फेसन चलेपछी प्रधानमन्त्रीका सदाबहार प्रत्यासी चै रहर प्रकट नगर्ने कुरै भएन । तर देउवाको रहर्ले उहाको रहरलाई अली धक्का दियो । आफुले रहर गर्नु त त्यती उल्का भएन । यहाँ त आरुको रहर पुरा गर्ने रहर गर्ने पनि फेसन चलेको छ । सुसिल दादालाई रामचन्द्र बाजेको रहर पुरा गर्ने रहर जागेको छ । उहाले बाजे भन्दा पनि एक स्टेप पर पुगेर देउवाको रहर लाई खिसी गरी सक्नु भा छ । पछी फेरी रहर कै बिषयलाई लिएर पौडेल र देउबा बिच महाभारत को लक्षण हरु देखिन थाहापछी सुसिल दा'ले कांग्रेस भित्र रहर गर्न प्रतिबन्ध लगाउनु भो । त्यही देखेर हुनुपर्छ माओवादी अध्यक्षे प्रचन्डले पनि -"अबको सरकार कांग्रेस को नेत्रित्वमा ! अबको सरकार काग्रेसको नेत्रित्वमा !! भनेर देउवाज्युलाई चलाऊनुसम्म कुतकुती चलाऊन थाल्नु भएको छ " यसले गर्दा देउवाज्यु साह्रै नै उत्ताउला भएर निस्केका छन । देउवाको उत्ताउलोपना रामचन्द्र बाजेलाई खपिसक्नु भएको छैन । र त्यसै त्यसइ बेचैन हुनु भा'छ । सुसिल दादा बाजेको बेचैनी लाई राम्रै सग बुझ्नु हुन्छ र देउवाको उताउलोपना लाई पनि । तर उहाले नत देउवाको उताउलोपनालाई रोक्न सक्नु हुन्छ नत रामचन्द्र बाजेको बेचैनी लाई ! सुशिल दादा निकै ठिटलाग्दा देखिएका छन  यस द्रिस्यमा ।
यता माओवादी नेता देव गुरुङ ले पनि प्रचन्डलाई प्रधान मन्त्री बनाउने रहर गर्नु भएको थियो । उता प्रचन्ड कामरेडले भने प्रधानमन्त्री नबन्ने रहर गर्नु भो र गुरुङजिको रहर त्यतिकै मरेर गयो ।आखिर बुझ्ने ले कुरा नबुझे पछी त्यस्तै त हो नि । गुरुङ जिको रहर त्यती फेसेनेवल बन्न सकेन ।
यता माओवादी महासचिव बादल लाई नि रहर को फेसनले छोएको छ अब उहालाई नि कुर्सी सम्झेर मुख बाट पानी बग्न थालेको छ । एकातिर उहालाई बन्न रहर लागेको छ भने अर्कातिर कामरेड किरण लाई बनाउन रहर लागेको छ । अर्का सिपी गजुरेल पनि सेताम्मे कपाल लिएर बादल लाई प्रधानमन्त्री बनाउने मेसोमा कुद्न थालनु भएको छ । एका तिर पार्टी फुटाउने रहर अर्का तिर बादल प्रधानमन्त्री बनाउने रहर मा उहा साह्रै धपेडीमा पर्नुभएको छ ।
अब बल्खु दरबारको कुरा गरुम । त्यहा भित्रको रहर अझ थामी सक्नु छैन । चुनाब हरेका कामरेडहरु अब एक एक गरेर सभासद बन्ने अरे । संबिधान नबनेको दिग्दारिमा रहेका सारा दुनियाँलाई हसाउने रे । वह ! रहर पनि कस्ता कस्ता उठ्छन यो रहरको मौसम मा ।   यस अर्थमा मंसिर साह्रै उत्पट्याङ हुदो रहेछ रहर को मामिलामा । मंसिर सकियो तर मंसिर को ह्याङले अझै छोडेन । "अब म प्रधानमन्त्री बन्ने "
मंसिर भरिको रहर एकाएक छताछुल्ल पारेर पुषको शुभारम्भमा पोख्नु भो । त्यही मौकामा उहाले अरु सबै नेताजी हरुलाई असक्षम भन्न भ्याउनु भो। झापामा निकै कच्चा माओवादी नेता बाट चुनाव हारेका ओली वास्तव मा नै सक्षम हुन । किन भने प्रचन्ड ,खनाल , पौडेल आदी लाई त्यही सभासद बन्न चुनाव जितेर आउनु पर्थ्यो तर उहा चुनाव हारेरै पनि सभासद बन्दै हुनुहुन्छ । चुनाव हारेर पनि सभासद बन्नु भनेको कम्ती सक्षम मान्छेले सक्ने कुरा होइन । 
अब नेताहरुका रहरहरु कतिको संयोगान्तक सुखमा परीणत हुन्छ त्यो त हेर्दै गरुम्ला । बल्खुका नेतात्रय एक ठाउँ जम्मा भएर गुटबन्दी त्यागेको घोषणा गरे सगै बल्खु दरबार एकाएक रोमान्टिक बनेको छ ।

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ