Posts

Showing posts from February, 2012

ग्याँस उत्सव !!

Image
टिंङ टिंङ टिंङ !! बिहान सबेरै फोन को घन्टी बजे पछि उसले अल्छिमान्दै सिरक बेड बाट उठ्यो । दुई पटक हाइ काट्यो । अनी दिक्क मान्दै अनुहार खुम्च्यायो र फोन उठायो । "हेल्लो !"   "डिभि पर्‍यो ?" "हैन" "लभ पर्‍यो ?" "हैन " "अनी के भयो त ? उसले सोध्यो -"तेसो भए सराद्दे पार्टी हो की क्या हो ?" "त्यो पनि हैन "   "हेलो गूड् मर्निङ " फोन कर्ताले बडो स्फुर्तिका साथ् भयो । " मलाइ चिनिस ?" "अह चिनिन !" उसले भन्यो ।   " नाम प्लिज !"   "म नरेश क्या त । तेरो बाल्यकालको साथि !" फोनकर्ताले भन्यो । "अब त चिनिस ?" "ओहो नरेश तँ पो ? कस्तो चिन्नै मुस्किल परेको " उसले भन्यो । "अनी यति धेरै पछि कताडि सम्झिस त ?" "त्यस्तो खासै कारण त छैन । " नरेशले भन्यो । "तैपनि आज बेलुका पार्टी दिने बिचारमा छू । त्यसैले निम्ता दिउ की भनेर " "अरे ! पार्टी रे ? हैन ए नरेश ?" उसले भन्यो । "तैले दोस्रो बिहे गरिस की क्या हो ?" " रा

हिरो !!

"सान्तिको लागि यो हात सलाम छ । क्रान्तिको लागि यो हात फलाम छ । " प्रचन्ड कामरेडले हात ठड्याउनु भो । अनी राजेश हमाल पोजमा एक्सन दिदै भन्नु भो । हेइ ! शंकर हो मेरो नाम शंकर !!" "अरे ! केहो प्रचन्ड जि ?" सुसिल दादाले भन्नु भयो । "फेरी जंगल पस्न लाग्नु भो कि क्या हो ?" "हेइ ! के भन्नुन्छ तपाईं " प्रचन्ड कामरेडले उही पोज उही हाउभाउमा भन्नु भयो । - ' कसरी पस्छु जंगल ? सिंह दरबार पसाउनेको लागि यो हात सलाम छ । जंगल पठाउने लागि यो हात फलाम छ " फेरी हात ठड्याउनु भयो अनी फेरी भन्नु भो । -हेइ ! शंकर हो मेरो नाम शंकर !"   "लक्षण तेस्तै देखिन थाल्यो । " सुसिल जी ले भन्नु भो । "तपाईंको उपनाम देख्दा त जंगल पस्नुहोला की जस्तो लाग्न थाल्यो !" "हेइ !सान्ती प्रकृयामा आएर एक पटक सत्ताको स्वाद चाखिसकेको मान्छे सिंह दरबार पस्ला , बालुवाटार पस्ला । उस्तै परे दुतावास पस्ला । तर तर जंगल पस्दैन बुझ्नु भो ?" प्रचन्ड कामरेडले भन्नु भो -"कुन उपनाम्ले तपाईंले म जङल पस्न लागेको अड्कल काट्नु भयो ? जंगलइ ! शंकर हो मेरो नाम शंक

इन्धनको मुल्य र उ !!

इन्धन को मुल्यमा ब्यापक बृदि को समाचारले त्रस्त उसलाइ रित्तो सिलिन्डर ले घोक्र्याउदै भन्यो -"ओइ मलाइ देखिनस ? " उसलाइ भन्यो -" देखिन लोडसेडिङ छ !" सिलिन्डर ले भन्यो -"लोडसेडिङ भए उचालेर हेर , म रित्तिएको छु " सिलिन्डर रित्तिएको सुनेर उसले तिरिमिरी देख्यो । र संसार फनन घुमेको महसुस भयो उसलाई जसरी आफ्नै हातमा आफैले उचालेको बोतल रित्तिदा हुन्छ । रित्तो सिलिन्डर उसको लागि संसारका को सबैभन्दा भयाबह बस्तु लाग्यो । र चिच्यायो -" गुहार !" सिलिन्डर ले उस्को मुख थुनिदियो र भन्यो -" चुप लाग तैले चुप चाप झेल्नु पर्छ मेरो रित्तोपना लाई "   उ भाग्यो तर सिलिन्डर ले छोडेन । लखेटिरह्यो । अन्त्यमा मा समात्यो कठालोमा सिलिन्डरले ।    र भन्यो -"वाहियात तँ भाग्न सक्दैनस आवश्यकता सग । " बिचरा उ लाचार भयो । " इन्धन को मुल्यमा ब्यापक ब्रिद्दी" अखबार हरुमा ठुला ठुला हेडलाइन । धुवाँदार सम्पादकिय हरु मुल्य बढेको बिरुद्दमा । आफ्नो मुल्य चाँही एकै चोटि १०० % बढाएका अखबार हरुले कसरी गर्न सकेका अरुले मुल्य बढाएकोमा चै बिरोध ? कस्ता लाज पचेका छन अखब