इन्धनको मुल्य र उ !!
इन्धन को मुल्यमा ब्यापक बृदि को समाचारले त्रस्त उसलाइ रित्तो सिलिन्डर ले घोक्र्याउदै भन्यो -"ओइ मलाइ देखिनस ? "
उसलाइ भन्यो -" देखिन लोडसेडिङ छ !"
सिलिन्डर ले भन्यो -"लोडसेडिङ भए उचालेर हेर , म रित्तिएको छु "
सिलिन्डर रित्तिएको सुनेर उसले तिरिमिरी देख्यो । र संसार फनन घुमेको महसुस भयो उसलाई जसरी आफ्नै हातमा आफैले उचालेको बोतल रित्तिदा हुन्छ । रित्तो सिलिन्डर उसको लागि संसारका को सबैभन्दा भयाबह बस्तु लाग्यो । र चिच्यायो -" गुहार !"
उसलाइ भन्यो -" देखिन लोडसेडिङ छ !"
सिलिन्डर ले भन्यो -"लोडसेडिङ भए उचालेर हेर , म रित्तिएको छु "
सिलिन्डर रित्तिएको सुनेर उसले तिरिमिरी देख्यो । र संसार फनन घुमेको महसुस भयो उसलाई जसरी आफ्नै हातमा आफैले उचालेको बोतल रित्तिदा हुन्छ । रित्तो सिलिन्डर उसको लागि संसारका को सबैभन्दा भयाबह बस्तु लाग्यो । र चिच्यायो -" गुहार !"
सिलिन्डर ले उस्को मुख थुनिदियो र भन्यो -" चुप लाग तैले चुप चाप झेल्नु पर्छ मेरो रित्तोपना लाई "
उ भाग्यो तर सिलिन्डर ले छोडेन । लखेटिरह्यो । अन्त्यमा मा समात्यो कठालोमा सिलिन्डरले ।
र भन्यो -"वाहियात तँ भाग्न सक्दैनस आवश्यकता सग । " बिचरा उ लाचार भयो ।
"इन्धन को मुल्यमा ब्यापक ब्रिद्दी"
अखबार हरुमा ठुला ठुला हेडलाइन । धुवाँदार सम्पादकिय हरु मुल्य बढेको बिरुद्दमा । आफ्नो मुल्य चाँही एकै चोटि १०० % बढाएका अखबार हरुले कसरी गर्न सकेका अरुले मुल्य बढाएकोमा चै बिरोध ? कस्ता लाज पचेका छन अखबार हरु । उ खिस्स हास्यो अखबार पढेर । शायद उसले सोच्यो होला -“ यो त नागाबाबा हरुले अरुलाई कुरिकुरी भने जस्तै भयो ।“
"बुढा ग्यासै छैन कसरी पकाउने खाना ?"
श्रीमतीको प्रश्न ले फेरी बिथोलियो उ ।
"खाटामुनितिर पुरानो स्टोभ होला त्यहि खोजेर पकाउ । "
उसले भन्यो ।
श्रीमतीले भनिन ।
"स्टोभ मा हाल्ने पनि त मटितेल हुन पर्यो नी त त्यसै थोडी बल्छ र स्टोभ ? "
श्रीमतीको कुराले उसलाई फेरि चिन्ता बढ्यो ।
"आखिर के भैरहेछ यो ? जिबिका चलाउने हरेक बिकल्प हरू फेल खाइ रहेका छन । कसरी धान्ने जीवन ? उस्तै मंहगिएको छ कसरी किन्ने मटिटेल PO?"
उ नबोली बाहिर निस्कियो ।
बाटोमा एउटा गजबको द्रिस्य देख्यो उस्ले एक जना मानिस मरिमरी आफ्नो बाइक लाई बोकेर हिड्दै थियो । उ त्यसको नजिक पुग्दा त्यो मानिस खुइ खुइ गर्दै थियो । अनुहार बाट तप्तप्ती पसिना चुइरहेको थियो । त्यो गह्रौ बाइक को भारले त्यो अत्यन्त थकित थियो ।
अन्तत उसले सोध्यो -"ए भाइ तिमी बौलायौ की क्या हो ? किन बाइक बोकेर हिडेको ?"
"हो दाइ म बौलाए !" त्यसले भन्यो -"मलाई परिस्थितीले बौलाहा बनायो आनि बाइक बोकेर हिंडे । "
"तिमिलाइ गारो भैरा छैन भाइ यति गह्रौ बाइक बोकेर हिंड्न ?"
उसले सोध्यो ।
"गारो त भै हाल्छ नी दाइ "
त्यसले भन्यो ।
"तर बाइक मा यति महगो पेट्रोल हालेर यसमा चडेर हिड्नु भन्दा त । यसलाई बोकेरै हिंड्न सजिलो लाग्यो बोकेरै हिंडे ।“
अली पर पुगेको थियो उसले अझ गजप को द्रिस्य देख्यो । कार को अगाडी जुवा लगाएर एक हल गोरु नारेको । कार चलाउनेले ह्यान्डिल नसमातेर लौरो समाती रहेको । अनि गोरुलाई पिट्दै कारलाई अगाडी बढाइरहेको । नजिकै गएर उसले सोध्यो कार चलाउने लाई -"ए दाइ के गरेको ?"
त्यो मान्छेले भन्यो -"देख्नु भएन ? कार चलाएको नी "
"मेरो प्रश्न गोरु किन नारेको भन्ने हो । " उसले सोध्यो -"कार त चलाएसी त्यसै चल्छ नी होईन र ?"
"कहाँ चल्छ त्यसै ?"
उसले भन्यो ।
"तेल हाल्नु पर्छ । पैला पहिला तेल हालेर चलाइन्थ्यो तर अहिले नसकिने भयो । "
थप्यो ।
"अनि यो जुक्ती लगाए । एक हल गोरु पाल्ने नि नारेर यसरी चलाउने कार । "
उ जिल्ल पर्यो ।
त्यसले सोध्यो-" कस्तो छ जुक्ती काइताको छैन् त ?"
पहिला पहिला पेट्रोल पम्पहरुमा कागजमा लेखेर टाँस्थे " पेट्रोल छैन भनेर "। ग्यास डिपो हरुमा लेखेर टाँस्थे "ग्याँस छैन भनेर ।
उसले देख्यो -अब त गाडी अनि बाइक हरुमा लेख्न थालेछन 'पेट्रोल चाहिदैन भनेर '। अनी घर घर मा लेख्न थालेछन -" ग्याँस चाहिदैन भनेर । " अब त पेट्रोल पम्प मा पेट्रोल पाइएन भने । ग्याँस पसल् मा ग्याँस पाइएन भने चाइ मान्छेहरू औधी खुशी हुदाँ रैछन ।
हिड्दै जादा उ पेट्रोल पम्प नजिकै पुगेछ । त्यो मसान घाट झै चकमन्न र सुनसान थियो । त्यहा २-४ वटा एम्बुलेन्स स्ट्याण्ड-बाइ राखिएका थिए । फाट्ट फुट्ट भेटिने मानिसहरू अत्यन्त त्रसित देखिन्थे । गेटको माथी खप्परको चित्र सगै लेखिएको थियो कमजोर मुटु भएकालाई प्रबेश निशेध । १८ बर्ष मुनिकालाई मुल्य सोध्न मनाही छ ।
अन्त्यमा सडकमा टायर बालेर मुल्य बढेकोमा बिरोध गरि रहेको देखेपछी उ टक्क अडियो । र त्यहि आगो ताप्न थाल्यो । पछि के सोच्यो कुन्नी झुरुक्क उठेर घर हिढ्यो घर मा पुगेर । एउटा प्रेसर कुकर मा चामल हाल्यो । अर्को कुकरमा दाल हाल्यो दुबैलाइ धोइ पखाली गरेर ठीक्क पानी हाल्यो । दाल को कुकर मा २ चम्चा नुन र आधा चम्चा बेसार पनि हाल्यो । र दुबैको बिर्को लगायो । आनि श्रीमती लाई भन्यो -"चिन्ता नगर बुढी सडकमा टायर बालेका र'चन म त्यहि २ चार सिठ्ठि लगाएर आउछु । त्यसपछी २'टा हातमा एक एक वटा कुकर बोकेर हिड्यो ।
Comments
Post a Comment