Posts

Showing posts from March, 2012

पुत्र प्रकाश !!

Image
ठुला मान्छे का ठुलै सपना ठुलै डिमान्ड । अरु अरु भए भन्थे होलान बा बाइक किन्दिनोस न बाइक चडुम । ठुलै धनीमानी भए कार सम्म किनिदिन भन्थे होलान बाबु संग । उनी परे प्रचन्डका पुत्र । चड्ने माग पनि ठुलै भयो । उनले बाइक भनेनन कार भनेनन । ओठमा रेखी बसी सक्या मान्छे चिडियाखाना गएर -"बाबा बाबा म हात्ती चाड्ने" भन्ने कुरा पनि भएन । भैंसी चड्नलाई उनी राष्ट्रपती महोदय का छोरा पनि हैन । फेरी उनका पिता भैंसी चड्नेलाई खिसी गर्नुन्छ । बाउले खिसी गर्ने कुरा क्यारी डिमान्ड गर्ने ? फेरी भैंसी चढिहाल्नु पनि त भएन । कारण एक पटक पिताजीले भैंसी पूजा गरेका छन । पूजा गरी सकेका कुरा माथि चड्नु माहापाप पनि हो । अब बाँदरका झै धुरी चाडनु भएन । लोखर्के का झै रुख चाड्नु भएन । पिताजी हावाइजहाज पानी जहाज पनि चडाइदिन सक्थे उनलाई तर त्यता मन गएन उनको । के चड्ने त अब ? उनले सोचे ठुलो कुरा अग्लो कुरा के हुन्छ त ? अन्त्यमा मुलुकका ठुलो मान्छे उनको पिताको काँध भन्दा अग्लो कुरा केही पाएनन । यत्रो लाठे छोरो भएर बाउको काँध चडेर के हिंड्नु ? अब चड्ने चाँही के त ? यसो एक चाइना फेसबूक चलाऊन छाडेर गूगल गर्ने बिचार  गरे । अ

पिर मान्ने मान्छे पनि बिदेश बाटै झिकाउनु पर्ने

खेलाडीहर्ले पनि संबिधान नबनी कुनै गोल नहान्ने कसम खा ' का रचन कि क्या हो कुन्नी यसपाली एउटा बल छिरेन पोस्ट मा नेपालीले हानेका । आखिर संबिधानसभाकै हावाले छोएको हुनु पर्छ खेलाडीलाई पनि । निर्धारित समयमा के हानु गोल यती बेर त अर्को टिमले हानेकै हेरेर बस्नु परो नि क्यार्न हानी रहनु गोल ? बरु निर्धारित समय सकिएसी त्यसैको हाप समय थम्नु अनी बस्नु । फेरी क्वाटर समय थप्नु अनी बस्नु । अनी फेरी पेग समय थप्नु अनी बस्नु आखिर क्यार्न हानी रहनु गोल । वाहियात ! एक त देखासिकी गरे खेलाडी हरुले र हानेनन गोल । अर्को त प्रतिस्पर्धा गरेका हुनु पर्छ संबिधान सभा सग उनी हरुले त संबिधान बनाएका छैनन हामी चाही किन गोल हान्ने ? उनर्ले आफ्नो काम पुरा नगर्ने हामीले चाँही किन गर्ने ? अर्को त दवाव पनि हुन सक्छ संबिधान सभालाई खेलाडी हरुको अब संबिधान नबनाए सम्म गोल हानिन्न भन्ने । जेहोस एफसी च्यालेन्ज कपमा गोल छिराउनै सकेन नेपालले ।\ अब क्यारी हार्यो त यस्तरी नेपालले भनेर बिचार  पुर्याम न । यसो कुरा बुझ्दा हाम्रा एन्फे साप हरु परिक्षामा गोल गर्ने खालका परे क्यार जस्तो लाग्छ । क्या हो त्यो परिक्षामा गोल गर्ने खालका

पेट भरी जागिर खाएर उल्टै तलप माग्ने ?

Image

होलिका यादहरु !!

Image
उनिले कपाल हरु रङ्याइन । पहिरन हरु छोट्याइन । सिंगारपटारमा खुबै ध्यान दीइन । र दर्जनौ पटक ऐनामा आफ्नो अनुहार हेरिन र मुस्कुराइन । बाटोमा गजबले ' लोलाबारी ' चल्दै थिए । कही छत बाट । कही कौसी अनी बरन्डा बाट । कोही झ्याल बाट त कही पसल र घरको कम्पाउड बाट । लगातार लोला हरु बर्सिरहेका थिए उनिको आँखै अगाडि धेरै युबती हरु लोलाको सिकार भए । कति भागे कतिले सरापे हान्ने हरु मरिमरी हाँसे । मजा लिए । तर अंह लाग्दै लागेन कुनै लोला पनि । उनी पनि त्यही बाटो हिंडेको हो जहाबाट भीषण लोलाबारी चलेको थियो । तर किन हानेनन उनिलाई लोला । किन लागेन उनिलाई लोला । किन थपडी बजाउने र हास्ने कारण बन्न सकेन सकिन उनि ?   उनिको अनुहारमा खिन्नताका धर्साहरु देखिए । ऐना हेर्दा चम्किएका उनिका अनुहार हरु एक्कासी कालो र निन्याउरो भयो । बाटैभरी एउटै प्रश्न उनको ' लाउड ' ध्वनिले दोहोरी रह्यो -"के म राम्री छैन ?" घरमा पुगेर फेरी ऐना हेरिन । आफुलाई अगाडि पछाडि नियालिन र भनिन -"के कमी छ म मा ?"      केही बर्ष अगाडि उनी सगँ मनाएको होली ले अझै पनि रङिएको छ उ । उसले राता पहेला र निला रङ हरु उनिक

जनताको लागी !!

Image
हाम्रा देशका नेता हरु साह्रै त्यागी छन र जनप्रेमी । उहा हरु जे गरे पनि हामी जनता कै लागि गर्नुहुन्छ । उहा हरु खानु हुन्छ जनताकै लागि । बस्नुहुन्छ जनताकै लागि सुत्नु हुन्छ जनताकै लागि उठ्नुहुन्छ जनाताकै लागि उठेर फेरी खानुहुन्छ जनताकै लागि । उहा हरुका निम्ती ब्यक्तिगत भन्ने कमै हुन्न सबै जनताकै लागि हुन्छ । हाम्रा कती नेता हरु सत्ता कब्जाको सपना देख्छन जनताकै लागी । जनताको घरजग्गा कब्जा गर्छन जनताकै लागि ।   आफ्ना साना माग पुरा गराउन सडकमा टायर बालेर सासै फेर्न नसक्ने गरी उकुसमुकुस गराइदिन्छन जनताको लागि । दिनमै १४ -१५ घन्टा लोडसेडिङ गर्छन जनताको लागि । यसरी हाम्रा नेता हरु दिनदिनै जनतालाई केही गर्न का निम्ती सोचमग्न छन । उहाहरु जनताको लागि केही गर्न अहोरात्र खटिएका छन । तपाईं सोध्नुहोला "हैन ए नेता ज्यु तपाईंले त खाना पनि बब्बाल खानुभो नि त ?" नेता ज्यु बाट पक्कै जवाफ आउछ _' क्यार्नु अब आफ्नो लागि भए त सानो एक प्लेट भए नि पुग्थ्यो । आफु त जनताको लागि खान्छु खाना पनि । ति भोका नाङ्गा जनता हरुलाई सम्झन्छु झन झन बढी खान्छु । अब जनताको लागि पेट भर्न परेपछी अली बढी त खाइन्छ नै