Posts

Showing posts from May, 2012

महान नेता

Image

प्रकाशको आसुँ

पैले पैले अनिस्ट पर्दा राती आकाशका तारा रुन्छ भन्थे । यसपाली प्रकाश रोए र अनिस्ठ सुरु भएको घोषणा गरे । तारा पिलपिल रोए पनि प्रकाश ले चम्किने गर्थ्यो । अहिले केस फरक पर्‍यो । यस्पाली प्रकाशै रोए । प्रकाशै रोएसी धर्तिको उज्यालो सेलाउदै गयो । बातावरण अन्धकारमय भयो । चारै तिर अन्धकार छायो । संबिधानसभाको आकाशमाथी कालो बादल मडारियो । सर्वदलिय बैठकमा के भयो भनी जान्न ब्यग्र पत्रकारको अगाडि उनी क्वाँ क्वाँ रुँदै प्रकट भए । माइक र केमराको सामुन्ने आइपुग्दा उन्को रुवाइको भोलुम अझै तेज भयो । "ही ही ही ही !" उनी रोए । "हैन नेता कामरेड के भयो तपाईंलाई । " पत्रकारले सोधे । "ही ही ही ही !" उनी बोलेन मात्र रोइरहे "ही ही ही ही !" "हैन कामरेड के भयो तपाईंलाई ? खाली रोइरनु हुन्छ । यत्राो जुँगा मुठे मान्छे यसरी रुन्छन ?? देख्नेले नि के भन्लान ? बेइज्यत । " एक जना अली पाका पत्रकारले फकाउदै सोधे । "खुपै । जुँगा मुठे ! को जुँगामुठे ?" उनले भने । "जुँगा मुंठे त प्रचन्ड काम्रेड पो त । के आँखा हेर्नुन्छ तपाईंहरु पनी ? मैले त सफाचेट पार्या छु, बिह

दुई तिहाइ बहुमत !!

Image

आखिर दलको दलदलमा परेर जीवन गुमायौ !!

Image

बन्दको लहर आयो बरिलै

लामो समयको ग्याप पछी फेरी दिनै जसो भटाभट नेपाल बन्द हुन थालेका छन । संबिधान बन्ने दिन नजिकिदै जाँदा संबिधान सभा चुनाव हुने बेला ताका जसरी नै दिनहुँ बन्द हुन थाल्दा हाम्रो शिशु गणतन्त्र साँच्चिकै संस्थागत हुन थाल्यो कि भनेर मनमा त्यसै त्यसै हर्श को मेची काली उर्लिएको छ । जसरी पैले पैले दिनहु बन्द हुँदा जसरी संबिधान्सभाको चुनाव भाथ्यो अहिले पनि उसै हरी दिनहु बन्द हुँदा संबिधान नै बन्ने हो कि भन्ने आसा उखर्माउलो बन्दै गएको छ । त्यसभन्दा पनि दिनदिनै बन्द, बिहान बिहानै बन्द । दिम्सो दिनभरी बन्द । बेलुका फेरी सम्साझै बन्द । उस्तै परे निन्द्रा लागेन भने मध्यराती उठेर पनि बन्द । यसरी लगातारको बन्दले नेपाल साच्चिकै नेपाल जस्तो देखिएको छ । लामो समय सडक नदेखिएको नेपाली पन फेरी जुर्मुराएको छ । फेरी सडक हरु रित्ता देखिन थालेका छन । झड्याम झड्याम गाडी हरु धुलिन थालेका छन । सडक हरु बडा गणतान्त्रिक देखिन थालेका छ । तपाईं भन्नु होला क्या हो यो गणतान्त्रिक सडक भन्या भनेर ? वास्तवमा हाम्रा सोचमा उठेको गणतन्त्र त्यो हो । जहाँ मानिस स्वतन्त्र हुन्छन । ठुला साना सबै बराबर हुन्छन । यो बन्दमा पनि असिमित स्वत्

कछुवा चडेर छिट्टै उद्दारमा :D

Image
कारोबार दैनिक -२७,बैशाख-२०६८  

कुरै कुरामा भुलाएर फुत्त सरकाराँ छिराउन के बेर तपाईंले

"ए कामरेड !" चलाईराखेको मुस्ताङ गाडी रोकेर टिटिट पार्दै कामरेड बाबुरामले सोध्नु भयो । "कता ?" "दक्षिण तिर । " सिनित्त आइरन गरेको कोट पाइन्ट । उभो फर्काएको कपाल चेस्मा अनी चड्कन खाइ रातो बनेको भुक्लुक्क उप्सिएको च्वाँक गालामा चिरिच्याट्ट परेका कामरेड झलनाथले मन नलागी नलागी उत्तर दिए -"दक्षिन तिर लागेको म ?" "दक्षिण पट्टी रे ??" जुगाँ मुसार्दै बाउराम कामरेडले भन्नु भयो . "दक्षिण तिर लाग्न हुन्न " कारण खुलाउनु भयो । "दक्षिण तिर लाग्यो भने भने दक्षिणपन्थी होइन्छ । " "के रे के रे ? कम्निस्ट पार्टीको कार्जेलए जाँदा नि दक्षिणपन्थी होइन्छ थोडी ?" टाउकाबाट बाफ छुटाउदै कामरेड झलनाथले भन्नु भो । म बस्छु डल्लु पार्टी कार्यलय छ बल्खु । अनी दक्षिणजादा दक्षिणपन्थी होइन्छ भनेर उत्तर लागुम म ?? "एमाले दक्षिणपन्थी बाटोमा गयो भनेर भाषण ठोकिन्थ्यो । अहिले सहि लाग्यो " पाएको मौकालाई नगुमाइकन बाउराम कामरेडले ठेली हाले । " जुन पार्टीका अध्यक्षे नै पार्टी कार्यलय जाँदा दक्षिण तर्फ बाटो लाग्छन भने त्यो पार्टी डेफिनेट

चाहिया छैन कसैको लिफ्ट !!

Image
कारोबार दैनिक बैशाख-२७ ,२०६८ 

साह्रै बियोगान्तक नाटक :(

Image

भरे बेलुका पानी पर्‍यो भने ??

त्यतिबेला एक्कासी मेघ गड्गडाउने छ   बिजुली चम्किने छ र  झपक्कै छोप्ने छ कालो बादलले हेर्नको लागि आकाश हुने छैन गन्नको लागी तारा हुने छैन साच्चै भरे बेलुका पानी पर् ‍ यो भने के सोचेर बस्ने होला , कुन गीत सुन्ने होला ? बलेसिमा भेल चल्ने छन निथ्रुक्क पार्ने छन बाछिटाहरुले साँझ परेसी बस्तुभाउ बास पसे झै   तछाड्मछाड छिर्ने छन यादहरु बर्षातको चिसोमा सल्कन्छन यादहरु र    पोल्नेछन    भतभती    साच्चै भरे बेलुका पानी पर् ‍ यो भने कुन यादमा तड्पने होला, कुन लेबल पिउने होला ?