भरे बेलुका पानी पर्‍यो भने ??


त्यतिबेला एक्कासी मेघ गड्गडाउने 
बिजुली चम्किने
र झपक्कै छोप्ने कालोबादलले
हेर्नको लागि आकाशहुने छैन
गन्नको लागी ताराहुने छैन

साच्चै भरे बेलुकापानी पर्योभने
के सोचेर बस्ने होला ,
कुन गीत सुन्ने होला ?


बलेसिमा भेल चल्नेछन
निथ्रुक्क पार्ने छन बाछिटाहरुले
साँझ परेसी बस्तुभाउ बासपसे झै 
तछाड्मछाड छिर्ने छन यादहरु
बर्षातको चिसोमा सल्कन्छन यादहरु
र  पोल्नेछन  भतभती  

साच्चै भरे बेलुकापानी पर्योभने
कुन यादमा तड्पने होला,
कुन लेबल पिउनेहोला ?

Comments

  1. good writing but seems you have edited it a lot :)

    ReplyDelete
  2. धन्यवाद । तर कसरी थाहा भयो मैले जे गरे ??

    ReplyDelete

Post a Comment

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ