नेताहरु कुर्सी भनेपछी मरिहत्ते गर्छन । भनिन्छ कुर्सी भएसी उनिहरुलाई केही चाहिदैन । कुर्सिकै लागी बाच्छन कुर्सीकै लागि मर्छन । लड्छन त कुर्सीकै लागी । उनिहरुका लागी कुर्सी सबै भन्दा प्रिय कुरा हुन्छ । कुर्सी बिना उनिहरुको जीवन नै अधुरो हुन्छ । तर एकजना नेताको कुर्सी भने पछी सातो जान्छ । ति पनि चानचुने खालका र कुर्सिको आसै मार्नु पर्ने खालका नेता होइनन । ति त हुन माओबादी अध्यक्ष कामरेड प्रचन्ड । जो अहिले कुर्सी सग डराउनु हुन्छ । त्यसो त उहा पहिले देखी नै कुर्सी फोबिया भएका नेता भने होइन समयले उहालाई कुर्सी देख्दा सातो जाने पर्दियो . जब उहा प्रधानमन्त्री हुनु भएथ्यो । कट्टुवाल लाई किक हान्न खोज्दा कुर्सी बाट नराम्ररी पछारिनु भयो । त्यसपछी उहा आँफैलाई लडाउने कुर्सी को लागी लड्नु सम्म लड्नु भो । यसक्रम मा धेरै नै पछारिनु भयो । पछारिने उठ्ने , पछारिने उठ्ने क्रममा उनको ब्यक्तिव धुजा धुजा भयो । पछी कुर्सी कै लागि रामचन्द्र सग दर्जनौ पटक लड्नुभो र त्यतिनै पटक पछारिनु भो । उहाले कुर्सीलाई चाहनु भए पनि कुर्सीले उहालाई चाहेन । उहा लड्या लड्यै मात्रा गर्नु भो । कुर्सी हेर्दा हेर्दाइ बाबुराम को