" उहाँले बाङ्गो टेक्नु भो " बिपक्षी नेताहरुले भने "यहाँ नियत सही देखिएन " "तब !" अर्का बिपक्षी नेताले भने "जब टेकाइ नै टेडा छ भने नियत कसरी सिधा हुन्छ ?" "उह उह" एक नेता घुँडा मारेर बस्नु भो । हेर्नु भो अनी भन्नु भो "यो पाइला मा त पुरै अंम्ला देखिया छैन । आखिर किन लुक्यो अंम्ला उहाको कदममा ?? यहा आसंका छ " एक फेरा कदमको छापलाई सुँघ्नु भो , अनी नाक थुन्दै भन्नु भो । "ओहोहोहो ……! अब सकिएन , यो त लास्टै भो " अली पर जानु भो । बान्ता आउन लागेको जस्तै गर्नु भो । रुमालले हम्कनु भो । अनी त्यसैले नाक छोप्दै भन्नु भो । -"ह्वास्सै गन्ध छ खड्यन्त्रको ! प्रधानमन्त्री ज्यु को कदममा । " "त्यही त ! यस्तो गनाउने कदम लाई राम्रो भन्न सकिन्न्न " अर्का नेताले भन्नु भो ! "उहा गनाउने बाटो हिंडेको भएर हो उहाको कदम गनाएको !" थप्नु भयो । -"गनाउने कदमले मुलुकलाई दुर्गन्धीको दिशा तर्फ डोहोर्याउछ ! " "उनको यो कदम सच्चिनु पर्छ । सच्याउन लाई राष्ट्रपतीले पनि यस्तै कदम चाल्नु पर्छ " सबै