Posts

Showing posts from September, 2012

संबिधानसभाको उपलब्दी रक्षा

संबिधानसभा बिघटन भए पछी प्राय सबै दल र नेताहर्ले भन्दै आएका छन की संबिधान सभाका उपलब्दीलाई कुनै पनी हालतमा गुम्न दिनु हुन्न । यसो सुन्दा एक्लै मरी मरी हासो उठ्छ । ए रात्तै जुन संबिधान बनाउन आएको संबिधान नै नबनाइ गयो भने त्यसको कुन उपलब्दी छ र त्यसलाई रक्षा गर्ने ? तै पनि के सत्तापक्षी के प्रतिपक्षी दुबैले एकै स्वरमा भनेका भन्यै छन -"अरु जे भए नि संबिधान सभाको उपलब्दी चै गुम्न दिनु हुन्न है ।" गर्ने कामै गर्न नसकेको संबिधानसभाको उपलब्दी रक्षा गर्ने कुरा हासो पनी उठाउछ । अचम्म पनी बनाउछ । तर कहिले काही अली आसा पनि जगाउछ उपलब्दी रक्षे गर्न त उपलब्दी पनि हुनै पर्‍यो । हुँदै नभाको उपलब्दी त रक्षे गर्ने कुरो भएन । यसरी बुझ्दा बाहिर केही नभए पनि भित्र भित्र चैनी खुपै प्रगती भएछ की भन्ने लाग्छ । तर भाको जस्तो त केही देखिदैन । तर आजकाल अली कुरा बुझिन थालेको छ । वास्तवमा संबिधानसभा मुलुक र जनताको लागी खासै उपलब्दीमुलक हुन नसके पनी । नेता बर्गको लागि भने निकै नै उपलब्दीमुलक भएको छ । संबिधान सभाकै अबधीमा कती नेताज्युको रातो पासपोर्ट ब्यापार फस्टाएको थियो । अझ कती ठुलो कुरा ६०१ जनाले राम

म्याच :P

Image

एयरफुनको पिन

Image
तस्बिर साभार : cliker.com मेरो एयरफुनको पिन  घरी घरी घरी कान चिलाउछ  त्यै सजिलो लाग्छ कान कन्याउछु  दाँतमा अली अफ्ठेरो महसुस हुन्छ  बिहान खाएको हरियो साग अड्केको पाउछु ।  बिर्सन्छु , त्यही पिन छिराउछु साग झिक्न ।  सम्झन्छु, घिन लाग्छ , वाक्क गर्छु , मुख खोकल्छु । फेरी कान चिलाम्छ कानैमा घुसार्छु । आनन्द हुन्छ , आहा भन्छु । :D :P

आक्रोश .........!!

Image

ट्याक्सी हो ट्याक्सी ! थोडी हेलिकप्टर हो र ?

Image

दर कि दारु ?

Image
यसपाली तिजमा दर र दारुले खुबै चर्चा पायो । मनसुन सकिएर भर्खर पानी छिट्याउन थाले पछी सुरु भएको दर खाने क्रम अस्ती पात्रो मै लेखिदिएको दर खाने दिनमा आएर टुङ्गिएको छ । परार भन्दा पोहोर बढी पोहोर भन्दा अहिले बढी देखिएको महिनौ दर खाने चलन बढदै गएको देख्दा यस्तो लाग्छ कि । अब कुनै बर्ष देखी नेपाली महिलाहरु सालीन्दा नौ महिना दर खान्छन एक दिन ब्रत बस्छन र दसैं कटाएर बाँकी समय सामान्य जीवनयापन गर्छन । तस्बिर साभार :  orgs.okstate.edu "क्यार्न खाएको त्यो उल्काले दर ?" नसोध्नोस सिधै उत्तर आम्छ कि " पुरुषहर्ले बाह्रै महिना दारु खान हुने । अनी हामीले चै जाबो एक डेड महिना दर खान किन नहुने ?" त्यसो त दर दरमा मात्र सिमित छैन । दरमा खाद्य पदार्थ मात्रै पनि सिमित छैन । प्रसस्तै भेटिन्छन पेय पदार्थ मिसाउनेहरु पनि । नत्र के का अम्बल ले खान्थे र महिनौ दर ? खिर को लत पक्कै बस्दैन । मासुको लत पक्कै बस्दैन । भटारे , पुलाउ , लालु राजमा टक पक्कै बस्दैन । गिलासमा खन्याएर जुस , कोकाकोला सधैं पिउन मन लाग्दइन । अचेल महिलाका गिलासमा पनि पुच्छर उम्रिन थाललेका प्रसस्तै देखिन थालेका छन । तब न दर दार

सेतो स्याउ कि रातो स्याउ ?

Image
बच्चामा पढाईको सुरुवात नै ए फर एप्पल बाट भएर हो कि किन हो । जुनै मानिस पनि स्याउ भनेसी हुरुक्क हुन्छन । राती रङमा पाइने गुलियो फल स्याउ स्वादमा पनि कम्ता मिठो हुन्न । त्यसैको स्वादमा आदी मानवहरु फसेर संसारमा पापको जन्म भएको हो रे । तर अचेल त्यो गुलियो रातो फलले मान्छे हुरुक्क भएका होइनन । अहिले हुरुक्क भएका छन त स्वादहिन सेतो फलले । अचेल स्याउ अर्थत एप्पल भन्नाले रुखमा फल्ने फल बुझिन्न । बरु हाम्लाई सबभन्दा बढी लोभ्याउने ग्याजेट हरु आइफुन , आइप्याडका जुठो स्याउको चित्र अन्कित ब्राण्ड लाई बुझाउछ । जुन यो पुस्ताको लागी सबैभन्दा दाम्मी गिफ्ट बनेको छ । त्यसैले त हामी खादा सुत्दा उठ्दा बस्दा पिउदा चपाउदा निल्दा खाली त्यै स्याउ ब्रण्डे अाइफुन फाइव देखी देख्दैनौ । बनाउने हरुले हाम्रा अपरेटर हरुका सिम नै नलाग्ने बनाइदेछन तैपनी आइफुन का पछाडी कुद्ने हरुको लाइन घटेको छैन । हेर हाम्रा मोटा बुद्दी ! हम्म्रा मुस्ताङ , जुम्ला तिर त्यस्ता स्वादिला स्याउ हरु त्यसै कुहिरहेका छन । ति स्याउ उत्पादक हरु बजार नपाएर पुर्पुरामा हात लगाएर बसिराछन । तर हामी चै त्यै न त खान मिल्ने न त हाम्रा अपरेटर हरुको सिम ह

मुल्यबृद्दी एक्स्प्रेस

समय अत्यन्त लोसे भैरहेछ । जहाँ सबै प्रगतीहरु घस्रिदै छ । सबै कुरा ओरालो गतिमा तिब्र छ । तर अपवाद , बजारमा बस्तुको मुल्य भने बढी रहेछ बढीरहेछ उभोतिर । सुनियो मुला पर्साद , फर्सी कुमारी , गाजरी नानी , टमाटर लाल , भेन्टामणी , परवल राम , आलु कुमार , काउलिनी बजै लगायत सारा तरकारीहरुका मुल्यहरु एक दिन पर्वतारोहणमा उत्रिए रे । छिडी चडेर सुरु भएको उनिहरुको पर्वतारोहण । साना साना पहाड हिमाल हुँदै अन्नपूर्ण मनास्लु सम्मा पुगिसक्यो रे । धौलागिरीमा त उहिल्यै बसेर उनिहरुले बियर दन्काइसके रे । यता पेट्रोलियन पदार्थको मुल्यलेले झन औधी गरिसकेछ । बिस्तारि उहिल्यै खुत्रुक खुत्रुक नाम्छे हुँदै सगरमाथा उकालो लगाएर अस्ती नै बिजयी झन्डा फहराएछ । यता का उपभोक्ता ट्वाँ परेका पर्यै  । कारण अब पेट्रोलियम पदार्थको मुल्य सगरमाथा पुगी सक्यो । अब त यो खरिद गर्न तेन्जिङ नोर्गे शेर्पाको भन्दा कम साहसले पुग्दैन । मुल्य बृदिको साइज यसरी बढेछ की त्यसको उचाइले सगरमाथालाइ टपेछ । तैपनी उसको बृदि रोकिएनछ । हुँदाहुँदै एक दिन मुल्य बृदिको अनुहार हेर्न खोज्दा सगरमाथाको टोपी खस्ने दिन आएछ । र सगरमाथा लाई डल्ले भनेर जिस्काएर है