सेतो स्याउ कि रातो स्याउ ?

त्यसैले त हामी खादा सुत्दा उठ्दा बस्दा पिउदा चपाउदा निल्दा खाली त्यै स्याउ ब्रण्डे अाइफुन फाइव देखी देख्दैनौ । बनाउने हरुले हाम्रा अपरेटर हरुका सिम नै नलाग्ने बनाइदेछन तैपनी आइफुन का पछाडी कुद्ने हरुको लाइन घटेको छैन । हेर हाम्रा मोटा बुद्दी ! हम्म्रा मुस्ताङ ,जुम्ला तिर त्यस्ता स्वादिला स्याउ हरु त्यसै कुहिरहेका छन । ति स्याउ उत्पादक हरु बजार नपाएर पुर्पुरामा हात लगाएर बसिराछन । तर हामी चै त्यै न त खान मिल्ने न त हाम्रा अपरेटर हरुको सिम हालेर चलाऊन मिल्ने त्यही अमेरिकी सेतो स्याउको पछाडी कुदिरहेका छौ ।
अमेरिकाबाट महगाँ सेता स्याउ बनाएर खेलाउनु भन्दा जुम्ला बाट स्वादिला राता स्याउ मगाएर खाए कसो होला ? त्यो एउटा सेतो स्याउ किन्ने पैसोले कती बोरा राता स्याउ आउछ बिचार पुर्याउनुभा'छ कहिल्यै ? खाने नै स्याउ सस्तामा पाईन्छ भने जाबो खेलाउने स्याउ किन त्यत्रो पैसो तिरेर किन्ने ??
Comments
Post a Comment