Posts

Showing posts from October, 2012

पिङ

" सररर चचहुइइइ ! सररर चचहुइइइ !" राम्बाबु पिङ मच्चाउदै चिच्याएको आवाजले सबका निद खतम गर्यो । पुकमल , झलुनाथ , छुसिल , कुने , खड्ग , चन्द्र , बादुर कसैले पनी आरमले सुत्न सकेनन । मोहनबाले कानमा रुओ खाँद्ने मेसोमा एउटा तकिया पुरै उदारेर सके तर चचहुइको आवाजलाई कानमा पस्नबाट रोक्न सकेनन । " कती वाहियात र कर्कस आवाज हो यो ? बिस्तारबादी संगित मिसिएको !" बुढा एक्लै जंगिए । तर जंगिएका मोहनबालाई फकाउन निन्द्रादेबीले चासो दिइनन र उनका ढोका ढक्ढकाउन आइनन । साच्चै भन्ने हो भने राम्बाबुले पिङ मच्चाउन थाले देखिनै राजनीतिक टोलबाट निन्द्रादेवी अलप भइन । निन्द्रादेबिको अनुपस्थितीले टोलका बासिन्दाहरु बेचैन देखिए । नियास्रो र छट्पटीको रोगले च्यापेर उठौ कि बसौ कि कुदौ झै हुन थाल्यो । र आफु पनि त्यसैगरी पिङ खेलेर चचहुइको भाकामा चिच्याउने रहर बढ्दै गयो ।   सदाझै आज पनि पिङचौरमा सारा टोलबासी जम्मा भयो । पिङ खेल्ने आसाले लिङाछेउ उभिए । राम्बाबुले कसैलाई बाल दिए

किस्ताबन्दीमा संबिधान

वास्तवमा भन्ने हो भने लाजिम्पाट दरवार सर्त प्रस्ताव र सपना उत्पादन गर्नको लागी सबै भन्दा उर्भर ठाँउ हो । जहाँ बाट हरेक दिन नयाँ नयाँ सर्त हरु उत्पादन हुन्छन । र त्यसले नेपाली राजनीतिलाई लट्याइरहन्छ र उनकै वरीपरी घुमाइ रहन्छ । दिन दिनै नयाँ नयाँ प्रस्तावहरु उत्पादन हुने गर्दछ । जसले हप्तौ राजनीतिलाई तरङित बनाइदिन्छ र मिडियालाई आफुतिर खिच्छ । त्यहाँ दिनदिनै नयाँ नयाँ सपनाहरु पनि उत्पादन हुने गर्छ । जसबाट सबै पार्टीका नेताहरु आफुलाई हुनेवाला प्रधानमन्त्री बनाउछन र आफुलाई लाजिम्पाटकै वरीपरी घुमाउछन । लाजिम्पाटे सपनाको सुरमा धेरै नेताहरुले पटक पटक आफुलाई प्रधानमन्त्री बनाइ सकेका छन । पछील्लो समय अस्ती मात्र सुसिलदा प्रधानमन्त्री बन्नु भयो । त्यसपछी अस्ती बाट एकाएक लाजिम्पाटले जनतालाई पनि सपनाको नसामा लठ्ठ पारेको छ । त्यहा बाट संबिधान बन्ने जस्तो कुरा आएको छ । अब नमिल्या कुरा पछी मिलाउने गरी भए पनी संबिधान भने बनाइहाल्ने कुरा अघी आएको छ । यस अर्थमा संबिधान अब किस्ताबन्दीमा आउने भएको छ । यदी त्यो सपना बिपनामा परिणत भएमा मिलेका बिषय राखेर पहिलो किस्ताको संबिधान जारी हुनेछ । त्यसपछी अर्को टुक्र

हात्ती

हात्ती एउटा ठुलो थलचर जन्तु हो । यसको एकतिर सुड र अर्कातिर पुछर हुन्छ । यसको देखाउने दाँत एउटा हुन्छ टोक्ने  दाँत अर्को हुन्छ । टोक्ने दाँत देखिदैन देखिने दाँतले टोक्दैन त्यसैले यो त्यती भरपर्दो प्राणी हैन । मत्त हुँदा यो कसैको बसमा हुँदैन तर पछी एउटा लुरे मान्छेले पनी जता भन्यो त्यतै चलाई दिन्छ । माउतेले कन्ट्रोल गर्न नसक्दा यो  साह्रै भर नपर्दो हुन्छ । के गर्छ थाहा हुन्न । ढुलमुल गर्नु यसको स्वभाव हो । यस्ले आँफै कुनै गन्तब्य र दिशा लिन सक्दैन कसैले डोर्याए पछी मात्र दिशा लिन्छ । कहिले काही यसमा हिलो लाग्छ हिलो झर्छ । जस्तै - एमाले । यो राष्ट्रिय निकुन्ज हरु र बल्खु तिर भेटिन्छ । हात्ती बारे थप जानकारी झलनाथ खनाल बाट पाईन्छ ।   

शिर्श नेताका हुलिया

अब शिर्श नेताहरुलाई खतको आधारमा चिन्न सकिने भएको छ । एमाले अध्यक्ष झलनाथ खनाल , माओबादी अध्यक्ष प्रचन्ड र कांग्रेस सभापती सुसिल कोइराला समेत तिनै सिर्श नेताहरु एक एक फेरा कार्यकर्ताको आक्रमणमा परेका कारण उहाँहरुलाई ठम्याउन सजिलो परेको हो । कार्यकर्ताले प्रहारगरेका बस्तु र तिनले बनाको खतको आधारमा हाम्रा मुलुकका सुपर पावर नेता त्रयलाई पहिचान गर्न ज्यादा सजिलो भएको छ । र तिनका खतहरु नै उहाहरुका कपिराइट प्रोटेक्टेड ब्राण्ड बन्न पुगेको छ । यसले अब उहाहरुलाई पार्टीको नाम गुटको नाम र आफ्नै नामबाट चिन्नु पर्ने बाध्यता हराएको छ । अब खतको आधारमा गरिने पहिचान नै उहाहरुको मौलिक पहिचान बनेको छ । हुन सक्छ कार्यकर्ताबाट भएको आकस्मिक प्रहारले उहाहरुलाई साह्रै अफ्ठेरो भएको छ । तर चिन्नेहरुका लागी चै चिन्न सजिलो भएको छ । सार्वजैनिक स्थानमा नेताहरुको प्रतिस्ठामा आँच आउने किसिमले अभद्र व्यबहार गर्नु साह्रै असभ्य काम हुन । त्यसमाथी त्यत्रा जनताले पत्याएका नेताहरुमाथी भौतिक आक्रमण मै उत्रिनु भनेको साह्रै निन्दनिय काम हुन । साँच्चै भन्ने हो भने नेताहरु माथी आक्रमण गर्नेहरु नेता भन्दा पनी खराब हुन । तिनर्लाई

कांग्रेसका राष्ट्रपती

राजेशदाइ जोक पेजमा राजेश हमाल सम्बन्धी एउटा जोक छ । जहाँ एउटा जड्याहाले राजेश हमाललाई भनेछ -" तपाईं भुवन केसी हैन ?" राजेश हमालले भनेछन -"कहा हुनु म त राजेश हमाल हुँ ।" जड्याहाले भन्यो -"हैन तपाईं भुवन केसी नै हो ?" राजेश हमालले भनेछन -"हैन हौ म राजेश हमाल नै हुँ । " जड्याहाले भनेछ -" गफ नदिनु न गफ ! कत्तिन हाम्लाई चै थाहा नभए जस्तो । तपाईं भुवन केसी नै हो । " अन्त्यमा जड्याहा सग हार खाएर राजेश हमालले भनेछन -" ल ल म भुवन केसी नै हो । " जड्याहाले भन्यो -"तर हेर्दा त तपाईं राजेश हमाल जस्तो देखिनुहुन्छ नि त । " अहिले राष्ट्रपतिलाई प्रधानमन्त्रीले भनीरहनु भा ' छ -" तपाईं कांग्रेशको राष्ट्रपती हो !" राष्ट्रपती भन्नु हुन्छ -"कहा म काँग्रेश को राष्ट्रपती हुनु म त सप्पैको राष्ट्रपती हुँ । " प्रधानमन्त्री भन्नु हुन्छ -" हैन तपाईं काँग्रेस कै राष्ट्रपती हो । " राष्ट्रपती भन्नु हुन्छ -" ए बाबा । मैले उहिल्यै कांग्रेस को साधारण सदस्य बाट समेत राजीनामा दिसके भने म कसरी कांग्रेसको राष्ट्रपती

म के गरुम ?

भएभरका सप्पै नेताहरु बोलाएर राष्ट्रपती ज्युले सोध्नुभएछ- "म के गरुम ?"  सबैले मुखामुख गरेछन । के गर्नोस भन्नु सप्पै भाठाम मा क्यारी भन्नु यसो गर्नोस भनेर । कसैले केही भनेनन । बरु एक्लाएक्लै सोधेका भए  चै सबैले भन्थे । कस्तो भन्थे होलन त । काँग्रेस एमालेका नेतालाई मात्र बोलाएका भए उहा हरुले भन्थे कि -"कदम चल्नोस राष्ट्रपती ज्यु । " राष्ट्रपतीले सोध्नुहुन्थ्यो होला -"कस्तो कदम ?" नेताहरुले भन्थे होलान -"यस्तो कदम जुन कदम लाई पछ्याउदै सिंहदर्वार सानेपा वा बल्खु तिर आओस । " उपरास्ट्रपती लाई सोधेको भने भन्नुहुन्थ्यो होला -" राष्ट्रपती ज्यु , म त त पहिल्यै देखी काम नपाएर बस्या । बरु लुडो खेलेर बसुम न तपाईं र म । " अझ प्रधानमन्त्रीलाई सोधेको भए त पक्कै भन्नुहुन्थ्यो होला । -"ल । यत्रा अत्यदेश त्यसइ लठाबज्र छन । धमाधम स्विक्रित गर्नोस न । के गरुम पो भन्नु हुन्छ । अत्ती के !!"