पिङ


"सररर चचहुइइइ !
सररर चचहुइइइ !"
राम्बाबु पिङ मच्चाउदै चिच्याएको आवाजले सबका निद खतम गर्यो पुकमल,झलुनाथ,छुसिल,कुने,खड्ग,चन्द्र,बादुर कसैले पनी आरमले सुत्न सकेनन मोहनबाले कानमा रुओ खाँद्ने मेसोमा एउटा तकिया पुरै उदारेर सके तर चचहुइको आवाजलाई कानमा पस्नबाट रोक्न सकेनन "कती वाहियात कर्कस आवाज हो यो ? बिस्तारबादी संगित मिसिएको !" बुढा एक्लै जंगिए तर जंगिएका मोहनबालाई फकाउन निन्द्रादेबीले चासो दिइनन उनका ढोका ढक्ढकाउन आइनन
साच्चै भन्ने हो भने राम्बाबुले पिङ मच्चाउन थाले देखिनै राजनीतिक टोलबाट निन्द्रादेवी अलप भइन निन्द्रादेबिको अनुपस्थितीले टोलका बासिन्दाहरु बेचैन देखिए नियास्रो छट्पटीको रोगले च्यापेर उठौ कि बसौ कि कुदौ झै हुन थाल्यो आफु पनि त्यसैगरी पिङ खेलेर चचहुइको भाकामा चिच्याउने रहर बढ्दै गयो  

सदाझै आज पनि पिङचौरमा सारा टोलबासी जम्मा भयो पिङ खेल्ने आसाले लिङाछेउ उभिए राम्बाबुले कसैलाई बाल दिएनन कहिले उठेर कहिले बसेर कहिले रिङ्गाएर आफ्नै धुनमा पिङ खेल्न मस्त रहे उही धुनमा चियाइरहे -"
"सररर चचहुइइइ !
सररर चचहुइइइ !"
झुस्स दारीमा हात पुर्याउदै छुसिलले भने -" राम्बाउ ! तिमी मात्रै त्या चडेर मच्चिदै गर्ने? हाम्रा चन्द्र,बादुरहरु पनि रहर गर्दैछन उनिहरुलाई नि गर्न दिन परेन ? " राम्बाउले वस्तै गरेनन आफ्नै धुनमा पिङ खेली रहे "
गरालो,लठारो,लिङा काम्रो सबैको निरिक्षण पच्यात मोहनबाले भने - "लठारो पुरै बरालिएको गरालो दखिन ढल्किएको यिनी नियतबस दखिन मच्चिदै छन यिनलाई खसाओ "
"कहिले काही गुरिल्ला सैलीमै बुर्कुसी मारेपनी , कहिले कही चै साह्रै मनासिव कुरा गर्छन यीनी "
अली अघी सर्दै खड्गले भने
"यिनिलाई खसाल्नै पर्छ ह्या बाँदरको अनुहार परेको को ?लु यो बाँसमा चडेर हल्लाई हालुम !"
"बर्तमान परीपेक्षमा गरालो दखिन फर्किएको रहस्य, मोहन बाले जसरी खोल्नु भो त्यसरी बाँस हल्लाएर यिनी खस्दैनन !"
आफ्नो अनुभब सुनौदै कुनेले भने
"यही गरालो दखिन फर्किएको कारण नै पिङ खेल्या खेल्यै गरेको मेरै अनुभव बरु अरु जुक्ती खोजुम "
"भन्देखिन्लाई अर्को जुक्ती भन्नसाथ मलाई फ्याट्ट एउटा उपाए फुर्यो "
चेस्मा मिलाउदै बादुरले जुक्ती फुराए
"अब सितलेबा लाई माथी चडाएर लठारो काट्न लगाइदिम राम्बाबु भुइमा पछारीन्छ अनी ठीक्क पर्छ "
"तोइट !"
कुम हल्लाउदै पुकमल जंगिए
"लठारो नै काटेपछी तिमारु चै के खेल्छौ पिङ ?"
अरुले सोधे- "अनी क्यार्ने ?" 
पुकमलले भने -"यिन्लाई फकाइ फुलाई ओराल्छु तर त्यसको लागी चै एउटा सहमती गर्नु पर्छ "
अरुले सोधे - " के सहमती ?"
पुकमलले भने -"त्यसपछी पिङ खेल्ने पालो मेरो

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ