हात्ती
हात्ती एउटा ठुलो थलचर जन्तु हो । यसको एकतिर सुड र अर्कातिर पुछर हुन्छ । यसको देखाउने दाँत एउटा हुन्छ टोक्ने दाँत अर्को हुन्छ । टोक्ने दाँत देखिदैन देखिने दाँतले टोक्दैन त्यसैले यो त्यती भरपर्दो प्राणी हैन । मत्त हुँदा यो कसैको बसमा हुँदैन तर पछी एउटा लुरे मान्छेले पनी जता भन्यो त्यतै चलाई दिन्छ । माउतेले कन्ट्रोल गर्न नसक्दा यो साह्रै भर नपर्दो हुन्छ । के गर्छ थाहा हुन्न । ढुलमुल गर्नु यसको स्वभाव हो । यस्ले आँफै कुनै गन्तब्य र दिशा लिन सक्दैन कसैले डोर्याए पछी मात्र दिशा लिन्छ । कहिले काही यसमा हिलो लाग्छ हिलो झर्छ । जस्तै - एमाले । यो राष्ट्रिय निकुन्ज हरु र बल्खु तिर भेटिन्छ । हात्ती बारे थप जानकारी झलनाथ खनाल बाट पाईन्छ ।
यसको देखाउने दाँत एउटा हुन्छ तोक्ने दाँत अर्को हुन्छ. kasto dath ho ra yo??
ReplyDeleteगल्ती औल्याइदिनु भएकोमा धन्यवाद अहिले यो पोस्ट सम्पादन गरिएको छ :))
ReplyDelete