Posts

Showing posts from November, 2012

बालुवाटार छोडदिन ।

"ए बाजे !" एकाबिहानै नेपालमा निर्मित एक झन्डावाल गाडी राष्ट्रबैंक निरको एक अग्लो घर अगाडी रोकियो र सवार ब्यक्तिले भित्र बाटै चिच्यायो ! "ए बाजे !" "यसरी बिहान बिहान बोलाँउदा नी नबोलेको देख्दा यो शहरको मान्छे कुम्भकर्ण बने भन्ने हामीलाई लाइराछ !" घरबाट कुनै जवाफ न-आएसी सवार ब्यक्ती फतफताउदै गाडी बाट झर्यो । "कुम्भकर्णे पाराले मुलुक बन्दैन भन्ने हाम्लाई लाइराछ !" "बाजे~~~~~ ए बाजे !" कालोटोपी लगाएको त्यो मान्छेले फेरी चिच्यायो । "बाजे~~~~~~ए !" भित्रको बाजेले सुनेन । बाहिरको उसले गेट धकाल्यो तर बन्द थियो । के गर्ने ? के गर्ने ?? भएर पर्खालतिर हेर्दै गर्दा उसले आफ्नै पुरानो डायलग संझियो - " चिप्लेकिरा जस्तो घस्रने होइन , भ्यागुता जस्तो उफ्रने । " अब के चाइयो र ? दिमागमा बत्ती जो बल्नु थियो बलिहाल्यो । त्यसपछी " उफ्री भैरे ! नाघ पर्खाल ! भेट बाजे ! " भन्दै केटो पर्खालतिर अघी बढ्यो । एक त अली होचै पर्खाल अर्को त बालुवाटारको हावापानीले मोटाए पनि सिलिमै देखिने उसको ज्यान । दुवैको कम्बिनेसनले पर्खाल उतिसारो चुनौती

गालाको आत्मकथा

हरेक मान्छेहरुमा मेरो उपस्थिती अनिवार्य थियो । मान्छेको जन्म सगै मैले जन्म लिन्थे । अनुहारको अधिकांस भाग मैले ओगट्थे । मान्छेले  शरीरका संपूर्ण भाग छोप्दा खेरी पनि म छोपिन्नथे । देखिन्थे । अनुहारमा सप्पैको आफ्नो आफ्नै काम भएर मात्र स्थान पाएका थिए । आँखाको आफ्नै काम थियो , नाकको आफ्नै काम थियो मुखको आफ्नै काम थियो कान छाला दुबैका आफ्नै काम थियो । तर म मोरो गाला केही काम थिएन । मात्र सान्दार उपस्थिती थियो अनुहारमा । हाँस्दा कसैकोमा चाउरी परीदिन्थे कसैकोमा खाल्डो पारीदिन्थे । मैयाहरुकोमा स्याउरङ भरीदिन्थे । ठिटाहरु भुतुक्कै हुन्थे । तारिफ चल्थ्यो मेरो नै । वाहवाह मेरो नै ! मैया मख्ख पर्थिन । मसक्क मस्किन्थिन । तिनका ओठले मलाई धकेल्थे । मलाई काउकुती लाग्थ्यो । कानतिर सर्थे ! मेरो नौटङ्कि गज्जपको थियो । कहिले काहिले मेरो कारणले तिनले पनि तारिफ पाउथिन झोक चल्थ्यो अनी डन्डिफोर उमारीदिन्थे । ठिटाहर्को अनुहारमा बस्दा मेरो उट्पट्याङ सुरु हुन्थ्यो । भुरुरु दारी उमारेर झाडी बनाइदिन्थे । अन्वार हेरीसाध्धे हुन्देन । ऐना हेर्थे खुइय गर्थे अनी आफुलाई डेडुवा सग दाँज्थे । मलाई रमाइलो लागेर उल्का हुन्थ्

ज्यानै जुवा खेलियो अब यो तिहारमा ;)

Image

क्या काइदा !!

अध्यक्ष कामरेडको बातै बिच्छे बोली फेरिने गरेता पनि उहाको नेत्रित्वको पार्टी एनेकपा माओबादी भने एउटै कुरामा अडिक छ । त्यो हो सरकार नछोड्ने कुरा । तर जसरी सरकारमा जान र सरकार छोड्न निउ चाहिन्छ त्यसै गरी अर्काले छोड का छोड भनीरहेको अवस्थामा सरकारमा बसिरहन पनि एउटा निउ त चाहिने नै भयो । उसले त्यो निउ सहमतीमा खोजेको छ । फेरी सहमती भन्नसाथ तपाईं दलहरु बिच हुने खालको बन्ने खालको सहमती बुझ्नु होला । कुरा मिलेको अवस्थालाई ,सबैले ल हुन्छ भनेर चित्त बुझाएको अवस्थालाई बुझ्नु होला तर त्यसो होइन । सहमती शब्दलाई नै निउ बनाएर सरकारमा बसिरहने माओबादीको नयाँ काइदा बनेको छ ।  माओबादीले सरकार छोड्दैन किन कि सहमती भएको छैन । वास्तवमा जब कोही प्राइममिनिस्टर सहमतीको खम्बामा आफ्नो कुर्सी बाध्न सफल हुन्छ उसको कुर्सी सितिमिती धल्दैन । अब सहमती भैहाल्यो त के भयो ? आफ्नै नेत्रित्वको सरकारलाई निरन्तरता दिने कुरामा सहमती गर्‍यो । सरकार आफ्नो जहिको तहीं अब सहमती भएन त झनै राम्रो सहमती नभै राजीनामा दिइन्न अर्थात सरकार छोडिन्न । क्या काइदा !! आखिर सहमती भएर सहमती लाई आधार बनाएको सरकार त्यती मजबुद नहुन सक्छ । किनकी सहम

चिया र सत्ता

Image
मुलुकमा दुई थरी मान्छेहरु छन । ति हुन चिया खाने र सत्ता अर्थात मन्त्री प्रधानमन्त्री पद खाने । दुबै कुरा खाने नै हुन तापनी यसमा आकाश जिमिनको फरक छ । पहिलो कुरा त सबै सत्ता खानेले चिया खान सक्लान तर सबै चिया  खानेले   सत्ता  खान सक्दैनन । वास्तवमा सत्ता खानेहरु चिया मात्र खादैनन । उनीहरुले सबै कुरा खान्छन । यानकी यिनिहरु सर्वहारी हुन । मासु खानेलाई मांसहारी र सागपात खानेलाई साकाहारी भनेर जस्तो चियापान गर्नेलाई चियाहारी र सत्तापान गर्नेलाई सत्ताहारीका रुपमा बर्गीकरण गर्न पनी हम्मे नै छ । कारण बिसुद्द चियाहारीहारी पाउनु अली कठिन नै छ । चिया खानेहरुले अरु केही नखाए पनि बिस्कुट , केक , वा डोनट त अवस्य नै खान्छन । यि त बिहान चिया सँग खाने कुरा हो । अझै बिहान चिया खानेहरु बेलुका भट्टी नपस्लान भन्ने नि छैन तापनी चिया खानेहरुले त्यस्तो जेतेमेते केही खाँदैनन । उस्तै परे भागमा आए सत्तै चै छोड्दैनन अरु चाहीँ त्यस्तै हो । ति छिटपुटलाई छाड्ने हो भने चिया खानेहरु दाम्रा भुडी भएका , खस्रा गाला भएका सर्व साधारन नै हुन । यता सत्ता खानेहरु यस संसारका अली फरक किसिमका प्राणीहरु हुन । उनिहरु सर्वसाधारण अरु