Posts

Showing posts from December, 2012

मुसा हरुको बैठक |

एक दिन मुसा हरुको बैठक बसेछ | सानेपाको सेता दारी जुगा भएको मुसा | बल्खुको दारी जुगा नभएको मुसा अनि अरु केहि फुटकार मुसाहरु | उनीहरु बीच बालुवाटारे ढाडे बिरालोको बिरुद्दमा घनिभूत छलफल भएछ | छलफल उसको सिंहासन आफुले कसरि उछिट्याउने भन्ने बिषयमा केन्द्रित भएछ | राम्रो मुखले त बिरालोले सिहासन हस्तान्तरण गर्दैन | त्यसैले त्यसलाई उछित्याउने पो कसरी ? उछित्याउदा उछिट्याउदै ढाडेले थापाएर आक्रमणमा उत्रियो भने ? त्यसको लागी के गर्ने कसो गर्ने भन्ने छलफल चलिरहदा फ्याट्ट उपाय सुझेछ | “ अब त्यसलाई घण्टा झुन्ड्याइदिम ताकी त्यो आएको परै बाट थाहा होस र भाग्न सकियोस | कुराको चौतर्फी समर्थन भयो | तालि बज्यो | तर एउटा प्रश्न तेर्सियो त्यस ढाडेलाइ घण्टा झुन्ड्याउने पो कसले ? कसैले गएर मझुन्द्यौछु भन्ने आट पुर्याउन सकेनन | अन्तत उनि हरुले त्यो घण्टा झुन्द्यैदीन सितल निबास अनि लाजिम्पाट दरबार सम्म आग्रह गरे | दुबैले कुरो मनासिव ठहर्याए पनि अझै त्यसलाई झुण्ड्याउने आट पुर्याउन सकेनन | राजिनामा नामको त्यो घण्टा झुण्ड्याउने आट कसैले पुर्याउन सकेनन | ढाडे बालुवाटारमा घाम तापेर निदाउदो भयो | मुसाको सपना अधुरै रह्य

जंगली ध्रुबे र बालुवाटारको ध्रुबे

जंगलबाट फुत्~~~~~त निस्केर गाउमा बितण्डा मच्चाउने जंगली ध्रुबे र जंगलबाटै फुत्त निस्केर सिंह दरबारमा मस्ती जमाउने गोर्खाली ध्रुबेको चर्चा अचेल ज्यादा छ | रुप र सारिरिक बनावटमा केहि फरक भएका यी ध्रुबे हरुमा ब्यबहारमा भने थुप्रै समानताहरु देखिन्छ | जंगली ध्रुबेको ला~~~~~मो सुड छ भने गोर्खाली ध्रुबेको लामो नाक छ | गोरखाली ध्रुबे नि एकताक सरकारको ‘मोस्ट वान्टेड’ सुचीमा परेका थिए र तिनलाई मार्न सेना प्रहरी खटिएका थिए | त्यति बेला गोर्खाली ध्रुबे नि जंगलमै बस्थ्यो  | अचेल जंगली ध्रुबे जंगलमा छ र त्यो सरकारको मोस्ट वान्टेड सुचीमा परेको छ | जसलाई मार्न अहोरात्र सेना प्रहरी खटिएका छन | तै पनि त्यसलाई समात्न सकिएको छैन | त्यसैले नै उसले बालुवाटार बस्ने ध्रुबेहरुको निद हराम गर्न सफल भएको छ | जनतामा त्रास र चर्चाको उत्पादन गर्न सफल भएको छ | अहिलेको बालुवाटारे यानकी गोर्खाली ध्रुबे जंगलमा हुदा पनि बालुवाटारमा ध्रुबेहरु थिए | र तिनीहरुको त्यसै गरी निद हराम गर्न सफल भएको थियो | पछी नारायणहिटीको ध्रुबे सारै मत्त भएर निस्कियो | बालुवाटारे , सिंहदरबारे धुर्बे मध्धे केहीलाई थुनेर बाकीलाइ धपाएर आफु महाध्र

आब्बुइ बजारभाउ |

आजकाल सप्पै भन्दा बलबान बन्दै गएको मध्धे पुसको यो जाडोलाइ चेलेन्ज दिने झोक चलेर आयो | सप्पै भन्दा दाम्मी बाक्लो र महगो ज्याकेट किन्छु भनेर एक दिन चौध सए बोकेर बजार गाको | “उत्तरी अनुहार” ब्रान्डको ज्याकेटमा आखा पुग्यो | त्यहि मन बस्यो | त्यहि पिरिम पर्यो | टपक्क टिपेर ओल्टाइपल्टाई नि नगरी सोधीहाले _” सौजी यसको कती हो ?” सौजीले भने –“ चौध हजार | “ बज्जेले मेरो खल्तीको दाम कसरी ठ्याक्कै पार्यो हौ ? कतै मेरो खल्ती पारदर्शी छ कि क्या हो भनेर एक फेरा चेक गरे पस्च्यात फेरी सोधे –“ हैन सौजी कति रे ? “ सौजीले बुझ्ने गरी भनिदियो “चौध हजार | “ टुइ~~~~~य गरिरहेको कानलाइ थुन्दै फेरी सोधे –“चौध हजार ?” उसले भन्यो –“ अँ हजुर | चौध हजार |” उसको आखा नियाले राता छ कि छैन भनेर | राता थिएन सेतै थियो | “ साहुजी कति बज्यो ह ?” समय सोधे उसको होस चेक गर्न | “ साढे एघार | “ मेरो घडीमा पनि त्यति नै बझेकोथ्यो | अब थाहा भयो | उसले दिउसै पिएको थिएन | मातेको थिएन | उसले १४ हजार मातमा भनेको थिएन | लौ ठिक छ त भनेर –“ साउजी तपाइको ज्याकेट तपाइँ नै लगाउनुहोस | मलाइ त यो महँगो भयो मा किन्दिन गए |” भनेर हिडे | ढोकाबाट न

सरकार नियोजन क्लिनिक |

Image
कारोबार दैनिक मा प्रकाशित खरोबार 
यो सिसाकलम ब्लगको डम्पिङ साइट हो | 
अहिलेसम्म शेयर गर्नुजस्तो कुनै चिज पोष्ट गरिएको छैन ! 

सहमतीको सुनुवाई |

Image

थप्पडको मुल्य ।

Image
पहिले पहिले थप्पडको सम्बन्ध मात्र क्रोध सँग हुन्थ्यो । जङ चलेपछी पिड्याङ गालामा चड्कायो सकियो । हदै भए उसले पनि फर्काउला उस्तै आइटम खानेले पनि । चमत्कारै भए खाने गान्धी बन्ला र थाप्ला अर्को गाला पनि । फर्काउने र अर्को गाला थाप्न पनि नसक्ने मान्छेले सुम्सुम्याउला । अनी भन्ला - " थप्पड नै चै हानी नहालेको भए हुन्थ्यो । " अझै कोही त - " ल बितायो " बन्दै टाप कस्लान । पर पुगेर भन्लान - " तलाई पख । " अनी फेरी बुर्कुसी मार्लान उसै गरी । तर अब थप्पडको सम्बन्ध क्रोध सँग मात्र छैन । झोक फेराइबाट उत्पन्न दु:खाइ सँग मात्र छैन । गालाको सुम्सुम्याइ र अर्को गालाको थापाइ सँग मात्र छैन । र झोक फेराइबाट झोक फेरिने पक्षमा उत्पन्न हुने नयाँ झोक सँग मात्रै नि छैन । जब देबीप्रसाद , पदम कुँबर जस्ता मनुवाहरु अकस्मात लबटा बोकेर उत्पन्न भए तब थप्पडको सम्बन्धमा आमुल परिवर्तन ल्यायो । अनी थप्पडका सम्बन्धका क्षेत्रहरु फराकिला बन्दै गए । केही बर्ष अगाडी देबीप्रसाद लबटा हल्लाउदै कामरेड झलनाथले माइक समाती राखेको मन्चमा उक्लिए तव थप्पडको सामाजिक प्रतिस्ठा सँग स्वयम्बर सम्पन्न भयो र जब त्यो

गर्नु गर्यौ बाबुराम मुसा खाएर

रातदिनको भागदौड , व्यस्तता , तनाव र छटपटीबाट थकित उहा गत साता मुसाको खोजीमा निस्कनु भएछ | थारु बस्तीमा भेट्नुभएछ र टन्न मुसा खाएर फर्कनु भएछ | मुसा पनि भुत्लै सहित कहा हो र ? चट्ट भुत्ला खुइलाएर काटेर नुन , मसला , खुर्सानी हालेर साँधेको | अचार मुसा | हुन त खान्की भनेको व्यक्तिको इच्छा मा भर पर्ने कुरा हो | कसैले के खायो खाएन भन्ने कुरा अरुको चिन्ता र चासोको बिषय होइन तैपनी उहाँलाइ      “सु~~~~री !” भनेर बोलाउन मन लागेको छ | कारण उहाँ पहिल्यै देखि सुरो मान्छे त्यसमाथी मुसा खाएका | मुलुकमा पहिलो पटक प्रधानमन्त्रीले मुसा खानु भएको छ | उहाँले बाघै मारेर खानु भएको होइन | सिंह मारेर खानु भएको होइन | हात्ती , चितुकाको कुरा छोडुम | स्यालै सम्म पनि खानु भएको हैन | खानु भएको जाबो मुसा हो | तर चर्चा भने हात्ती , सिंह खाए भन्दा नी ठुलो भयो | हुन पनि ठुलाबडाले ठुलै कुरा खानु भएको भए त के चर्चा ? चर्चा भयो नै सानो कुरा खाएर | मलाई भन्नुहुन्छ भने बाउराम कामरेडले मुसा खाएको त्यति चित्त बुझेको छैन | कताकता कुरीकुरी लागेको छ | सामान्य जनताको छोरा भएर हाम्रो प्रधानमन्त्रीको रुपमा सत्तामा पुगेका उहा | प

राष्ट्रपतीको प्रयोग

Image
नेपालमा प्रयोगको राजनीति निकै फस्टाएको छ । प्रयोगकै राजनीतिलाई प्रयोग गरेर एनेकपा माओवादी यहाँ सम्म आइपुगेको छ र ठुलो दल बनेको छ । उसले आफ्नो अनुकुल पहिले कहिले दरबारलाई प्रयोग गर्‍यो त कहिले दलहरुलाई । लास्टमा संसद्बादी दलहरु सग मिलेर भनुम या तिनिहरु लाई प्रयोग गरेर भनुम राजतन्त्रको भुत्ला खुइलायो । त्यसछी पनि कहिले काग्रेस त कहिले एमाले अनी कहिले मधेसबादी दलहरुलाई प्रयोग गरेर एक अर्काका भुत्ला खुइलाउने धुनमा लागि रह्यो । दलहरु भित्र पनि एक नेता वा पक्षलाई प्रयोग गरेर अर्का नेता वा पक्षको भुत्ला खुइलाउने काममा उ लागी रह्यो र लागी नै रहेको छ । त्यसो त पैला पैला शाहजीहरुले दल तथा शक्तीहरुलाई प्रयोग गर्ने नगरेका होइनन । तर अर्कालाई प्रयोग गर्ने धुनमा तिनिहरु आँफै प्रयोग हिन भएर एकातिर थन्किए । गणतन्त्रको स्थापना पछी प्रयोगको राजनीतिको बिडो माओवादीले थाम्यो । दल , नेता र यदाकदा राष्ट्रपतीलाई नि प्रयोग गर्न उ सफल भयो । उसको प्रयोगको राजनीति देखेर प्रयोग हुँदै आएका दलहरु र तिनका नेताहरु पनि यस तर्फ आकर्शित भए । तिनिहरुले पनि प्रयोगको राजनीति सिके । र प्रयोगकै राजनीति तर्फ आफुलाई पनि अघी बढा