Posts

Showing posts from January, 2013

ठट्टा

Image
असली नेता भन्या त्यो हो जसले जनताको मुहारमा हाँसो ल्याम्न सक्छ । यस तथ्यलाई बिचार गर्दा कामरेड प्रचण्ड सबभन्दा असल नेता हुनुन्च जस्तो लाउच । कारण उहाँले केहि दिन यता मुलुक हँसाएर दग्द गर्न थाल्नु भा ' छ । आफ्नै कुरा गर्नुपर्दा नि आजभोली कमेडी शृंखला तिर त्यति मन जान छाडेको छ  |  बरु सुम्चार चेनलतिर रिमोट घुमायो अनि पेटमिची मरीमरी हाँस्यो । कारण ,  सुम्चार शृंखलाहरुमा फरक्क कपाल मास्तिर फर्काको  ,  चेस्मा लगाको अनि बाक्लो जुगा भा , को एक चरित्र नियमित देखा पर्दछन र तिनले अचेल लास्टै हंसाम्न थाल्या छन  |  तिनी अर्थात कामरेड प्रचण्ड ,  घोषित रुपमै ठट्टामा उत्रिनु भएको छ । उहाको उच्च स्तरको ,  उच्च उणस्तरको ठट्टाले सुम्झी सुम्झी खित्खिताईरहन मुन लाइरन्च अचेल । नियमित हासोको यति पोटिलो कारण फेला पर्दा मन सारै गद्गद् भैराच ।  ठट्टाको सुरुवात भयो रहरबाट । उहाँले भन्दिनु भयो - " अबको प्रधानमन्त्री मै बन्छु । " एक्कासी उँहामा उठेको रहरको सुनामीले मान्छेहरु चकित भए । अनि प्रधानमन्त्री बन्न खुट्टा उचालीरहेका नेताहरु त्राही ताहि भए । एक्कासी उहामा उठेको रहरको सुनामीले कतै आफुलाई त बग

@ बिआरबी_लालध्वज

कामरेड भट्टराइलाइ सोसल मिडियाका नेपाली ब्रान्ड एम्बेस्सर भन्दा पनी फरक पर्दैन | उहा पस्दै र निस्कदै गरी सोसल मिडियामा तहल्का मच्चाउनु हुन्च | एक ताका उहा अर्थमन्त्री हुनुन्थ्यो | फुत्~~~~~~त फेसबुकमा छिर्नु भो | अनि फेसबुकाँआ खल्ली बल्ली मच्चियो | हुलका हुल मान्छेहरु फेसबुक छिरे | उहालाई साथी बनाउनेहरुको ओइरो लाग्यो | र छिट्टै साथी बनाउन फेसबुकले छुट्याइदिएको ५०० ०  को सिमा पार गर्नु भो | अब उहा देखेर फेसबुकाआ जानेहरुलाई फेसबुका आउनु व्यर्थ भो | उहा संग दोस्ती नै गर्न पाइएन | भनेर खिन्न भए | त्यहि खिन्नतामा अक्कलबादुरहरु निस्किए | अक्कलबादुरहर्ले अक्कल लगाए | तिनका फेस्बुके फ्रेन्ड भकारी भरिएर के भो त ? अब धमाधम आफै कामरेडको फेसबुक एकाउन्ट खोलिन्छ र ह्वारारा~~~~ खन्याइन्छ आफुलाई फ्रेन्ड भकारीमा | यसरी अक्कल्बादुरहरु आफै एकाउन्ट बनाम्दै आफैलाई 'एड एज फ्रेन्ड' गर्दा भए | अनि अझ धेरै अक्कल्बादुरहरु जन्मिए | र झन अक्कल निकाल्न थाले | आफुलाई किन अरुले बनाको एकाउन्टमा जोड्ने ? आफै एकाउन्ट बनामने आफै जोड्ने | यहि मेसोमा कामरेड भटराइका फेसबुक एकाउन्टहरु दर्जनौ भए | यसरी दर्जनौ फेसबु

ट्विटरमा बाबुराम |

Image

जङ्गलमन्त्री

Image

बहु उपयोगी हतियार |

Image

गज्जपकै उद्योग छ मेरो पनी |

Image

प्रश्न

Image

बास

" बा स पाइन्च हचुर ?" दल-बदल सहित आएको आएको आगन्तुकले बडो सानको साथ सोध्यो | भित्राट "ख्वांग ~~~~ ख्वांग "  खोक्दै खोख्दै आएकी बुढी आम्मैले सोधिन - " के भन्यौ नानी ? के पाइन्छ भनेको ? " " बजै मैले बास मागेको " आगन्तुक ले भन्यो । " बाँस रे ? छैन बाँस । " बुढी आम्मै फत्फताइन । - " अरु माग बाबु बाँस नमाग । बाँस जस्तो अत्याबस्यक बस्तु दिन सकिन्न । यो राजमा कस्लाई के हुन्च के था ? उहिल्यै बाउन्न साल देखी अहिले सम्म अैले सम्मन कोल्ले मार्चन कुन बेला मार्चन था छैन | कुन बेला चाहिन्च थाहा छैन | बाँस त दिन सकिन्न बाबु | " "ल ~~~~ आम्मै पनि अहिले त शान्ती अैसक्यो । त्यसरी कहाँ मार्चन र ? " आगन्तुकले भन्यो - " न आत्तिनोस आमा अब मार्दैनन कसैले , कालले बाहेक । त्यती सारो बाँस कै जगेर्ना गरेर बस्नु पर्दैन । तर मैले मागेको बाँस पनि हैन । " " खै बाबु अहिलेको राज्यले काललाई नै पालेको छ रे भन्ने सुनिन्च । अप्राधीलाई जोगाइराच रे भन्ने सुन्निन्च । यस्ता कुरा क्यारी उज्ने ? कस्लाई उजाइदे भन्ने ? " बुढी आमैले भनिन - &q

सराप

Image
विश्व सन्देश

अनौठो रोग |

Image

सप्पै ठुला |

Image

नेपाली एकता

Image
विश्व सन्देश , न्युयोर्क

अकुपाई बालुवाटार !

Image

धत ! त्यस्ता भस्मासुर कुरा नि गर्छन ?

Image

देकेन्द्रलाई माटोले मार्या हो माओबादीले हैन |

Image

यसो दुइ चार पोइसो आम्च कि भनेर |

Image
कारोबार दैनिक

ठोकेन्द्रको मनोबाद

डे केन्द्रको हत्येको उत्खनन पश्च्यात यो ठोकेन्द्रको मनमा भुइचालो गइराखँ । सातो लैजाने गरि चिसो आधी हुरी चलीराको छ कि जस्तो लाइराख ।  यो कताकता डरकै महसुस गराई हो की भन्ने हामीलाई लाइराख । कि त डरमा हो कि त पिरमै मनमा नाना तर्कना खेल्ने गर्खन । निन्द्रा गायप् हुन्चन । यता पल्टियो उता पल्टियो । यो जाडोआ कल कल एक जग चिसो पानी खायो । सौचालय गयो आयो । सुत्यो फेरी उठ्यो | पानी खायो सौचालय गयो । मनमा एक तमास कुराहरु खेलिरन्चन । ये उल्का~~~~ ! के सारो कुरा खेलिरा ' का हुन मनमा ? थर्काम्न मुन लाउच कइले कइ त - " ए कुराहरु ! तिमार्का काम चैन ? मनमा कति खेलेका ? हैन तिमारु केटाकेटी हौ की क्या हो ? केटाकेटी नै भए पनी , तिमारु किन खेल्छौ ? तिमार्लाई पढ्नु पर्दैन ? होमोर्क अर्न पर्दैन ? जैल्यै खेल्याच खेल्याच । पढ्नु उन्नु चैन । तिवर्ले जखरी खेलेर बस्या भए म थोडी पिएचडी धारी डाक्टर बन्थे ? थोडी बोर्ड फ्रस्ट खेलेर ल्याइन्थ्यो ? तर कुरा खेल्न छाड्दैन । मलाइ लास्ट झोक चलेर आम्च । थर्काम झैँ लाउच - " ए कुरा , चैन्जो मेरा मनमा किन खेल्चौ हँ ? तिमा पिडम्लामा सुम्ला उठाम ? मेरो मन थोडी रंगशाल

अस्विकार

“  सु सिल’दा त मलाइ मुन परेन | उहुँ ! पर्दै परेन | “  बाउराम कामरेडले भन्नु भो | “ मनै नपर्ने मान्छेलाई क्यारी सत्ता छोडम ? “ “ उह उह उह | मन नपरे क्यार्नु हुन्छ त ? “ अलि जंगिएर सुसिल’दाले भन्नु भो | “ सत्ता नछोड्ने नै दाउ छ ? ” “ मैले नछोड्ने कहाँ भनेर ? “ बाउराम कामरेडले भन्नु भयो | “ छोड्ने तर तपाइलाई हैन | तेस्रो ब्यक्तीलाई | “ “ तेस्रो ब्यक्ती रे ? हैन क्या हो ? “ राम्चन्दरजीले कोटको कलर मिलाम्दै भने | “ छोड्नोस ! छोड्नोस !! तेस्रैलाई छोड्नोस | तेस्रो व्यक्ति लाइ छोडे झनै अच्छा | “ त्यतिनै खेर हस्यांग फस्यांग गर्दै हतार हतार देउबा जी छिर्नु भयो | र खल्तीबाट रुमाल झिकेर पसिना पुछ्दै भन्नु भो | “ कामरेडले सारै धपेडी पार्दिनु भयो | एक्कासी तेस्रो ब्यक्तीलाई सत्ता छोड्ने कुरा गर्नु भयो | दौरा सुरवालाँआ आइरन नि नगरी झटपट उनेर निस्किए | फेरी बाटोमा गाडी जाम | खुल्ने छाट देखिएन | गाडीबाट ओर्लेर कुद्दै आम्नु पर्यो | ल सुभ काममा किन ढिला ? लौ चिरिच्याट परेर आको यो तेस्रो ब्यक्तीलाई सत्ता हस्तान्तरन गरिहालम त | “ राम्चान्दर इर्स्याले सिकिस्त भए | र हदबडाउदै भने | “ अह हुदैन तेस्रो ब्यक्तील

सरकार नियोजन

न याँ सरकार जन्मिने हल्ला चलेको पनि धेरै भैसको । तर आज भन्यो भोलि भन्यो सरकार जन्मिदै जन्मिदैन । महिनौ भैसक्यो सरकार जन्माउनका लागी बिपक्षी दलहरु जोडतोडका साथ लागी परेका तै पनि हातालागी सुन्य छ । उपलाब्दीको सुन्यता र कहिल्यै सरकार नबन्ने हैरानी बीच दलहरु खुइय ~~~~~ गर्दै पसिना चुहाउदै छन । यद्यपी नयाँ सरकार भन्ने जिनिस क्यै गरी बन्दै बन्दैन । यसरी नयाँ सरकार जन्मिदै नजन्मिनुले दलहरुमा नपुंसकताको आसंका गरिदैछ । र सिंहदरबारमा बाँझोपनको लक्षण देखिदै छ । सितल निवासे रामबरण महामहिमले घरीघरी थपिदिइरहने म्यादले बाल्वाटारे बाउराम सम्माननीयलाइ पिल्स चक्कीको काम गरेको छ । राम्बरनले थपिरहने बाउराम्ले घुद्क्याइरहने अविछिन्न शृंखलाले नयाँ सरकार जन्मिने प्रक्रियाको बिरुद्दमा निरोधक कार्य गरेको छ । र लाग्छ सितलनिवास यतिबेला रास्ट्रपति भवन नभएर सरकार नियोजन क्लिनिकमा परिणत भएको छ । यसरी लगातार म्याद थपी रहदा अरु त दिक्क भै नै हाले । संगै बाउराम पनि दिक्क हुनु भएछ । ह्या ~~~ कति सिध्याउनु र थप्नु ? जहिल्यै थप्याछ थप्याछ । एक दिन बिहानै उहाँ सरकार नियोजन क्लिनिकमा पुग्नु भएछ । एकाबिहानै बाउराम्लाई आफ्नो

दुध खाएर बिष

Image
उहाँ अर्थात सिनियर राम । अर्थात रास्ट्रपति । अर्थात मुलुकको अभिभाबक । अभिभाबक ज्युको वात्सल्यबाट दुनिया चकित छ । त्यो दुनिया नै चकित पार्ने उल्काको वात्सल्य र पिरिम उहाको जुनियर रामप्रति ।   जुनियर रामको खवाई पियाई । बालुवाटारे महलको बास । सिंहदरबारे कुर्सीको रजाइ अनि भित्तामा तस्बिर झुन्ड्याउनुको सान देखेर इर्स्या गर्नेहरुको कमी छैन । झन्डै डेढ बर्षदेखिको सासन सत्तामाथीको उनको मस्तिले कतिलाई चित्त बुझेको छैन । र नै उनका अघीपछी खोइरो खन्नेहरुको धुइरो छ ।  उनको मस्ती खोस्नको लागी । सत्ताको भाग आफ्नो तिर पस्किनको लागी र कुर्सीमाथी रजाइ पनि आफै गरम भनी तम्सनेहरुको लामो लाम पार्टी बाहिर अनि भित्र पनि नदेखिएको हैन । तापनी उनको रजाइ यथाबत छ । मस्ती यथाबत छ र खवाई पियाई पनि यथाबतै छ । कारण सारा दुनिया उनि बिरुद्द उभिए पनि अभिभावक अर्थात सिनियर राम उनका लागी उभिएका छन । एक मायालु पिताले झैँ सिनियर रामले उनलाई काख मा बसाएका छन । अनि हातमा म्याद रुपी दुधदानी समातेर हप्ते , छ दिने , पाच दिने सत्ताको प्याक घुटुघुटु पियाईरहेका छन । जव म्याद रित्तिन्छ तव फेरी थप्छन फेरी पियाउछन । एबम रितले यो कर्म च