अस्विकार
“ सुसिल’दा त मलाइ मुन परेन | उहुँ ! पर्दै परेन | “
बाउराम कामरेडले भन्नु भो |
“ मनै नपर्ने मान्छेलाई क्यारी सत्ता छोडम ? “
“ उह उह उह | मन नपरे क्यार्नु हुन्छ त ? “
अलि जंगिएर सुसिल’दाले भन्नु भो |
“ सत्ता नछोड्ने नै दाउ छ ? ”
“ मैले नछोड्ने कहाँ भनेर ? “
बाउराम कामरेडले भन्नु भयो |
“ तेस्रो ब्यक्ती रे ? हैन क्या हो ? “
राम्चन्दरजीले कोटको कलर मिलाम्दै भने |
“ छोड्नोस ! छोड्नोस !! तेस्रैलाई छोड्नोस | तेस्रो व्यक्ति लाइ छोडे झनै अच्छा | “
त्यतिनै खेर हस्यांग फस्यांग गर्दै हतार हतार देउबा जी छिर्नु भयो | र खल्तीबाट रुमाल झिकेर पसिना पुछ्दै भन्नु भो |
“ कामरेडले सारै धपेडी पार्दिनु भयो | एक्कासी तेस्रो ब्यक्तीलाई सत्ता छोड्ने कुरा गर्नु भयो | दौरा सुरवालाँआ आइरन नि नगरी झटपट उनेर निस्किए | फेरी बाटोमा गाडी जाम | खुल्ने छाट देखिएन | गाडीबाट ओर्लेर कुद्दै आम्नु पर्यो | ल सुभ काममा किन ढिला ? लौ चिरिच्याट परेर आको यो तेस्रो ब्यक्तीलाई सत्ता हस्तान्तरन गरिहालम त | “
राम्चान्दर इर्स्याले सिकिस्त भए | र हदबडाउदै भने |
“ अह हुदैन तेस्रो ब्यक्तीलाइ त मरिगए सत्ता हस्तान्तरन गर्नु हुन | दोस्रैलाई गर्नु पर्छ |
थपे |
“ तेस्रो व्यतीलाइ बनाउने प्रस्ताप कदापी स्वीकार छैन | “
हाहाहा सारै रमाइलो |
ReplyDelete