माइ हार्ट विल गो अन
गित त्यही थियो, तर नृत्य संस्करणमा । गितले डुबाउने खालको फिलिङ्स उत्पन्न गराइरहेको थिएन । बरु सतहबाट नि बुरुक उठेर नाचम नाचम बनाइरहेको थियो । ज्याक ल्यापटपमा पोकर गेम खेल्दै थियो । गेम जितेर उसले टाइटानिक गेम खेल्ने क्रेडिट पायो ।अनी खुसीले उफ्रियो । अनी हतपत साइन अप गर्यो । यता रोज गेममा पार्टनरले झेली गरेको झोकमा गेम खेल्दै गरेको आइप्याड पानीमा मिल्काउन खोज्दैथिइ । त्यसै बखताँ ज्याक भित्रको हिरो त्यहा प्रत्यक्ष हुन्छ । " पानी चिसो हुन्छ । पानीमा आइप्याड भिज्छ । आइप्याड भिजेसी स्कृन झिरिप हुन्छ । स्कृन झिरिप भएसी आइप्याडको उपयोगिता केबल पिर्कामा सिमित हुन्छ । पिर्कामा सिमित भएसी यसमा पिंध टेकाएर बस्न त मिल्यो । गेम खेल्न मिल्दैन । फुटो खिच्न मिल्दैन । फुटै खिच्न मिलेसी त्यसलाई इन्स्टामा हाल्न मिलेन । फेरि इन्स्टामा फुटो हाल्न इन्स्टा नि त चल्न पर्यो । इन्स्टा चल्दैन त्यसमा किन कि इन्स्टाले अहिलेसम्म पिर्का भर्सन निकालेको छैन । फेरि बिग्र्या आइप्याडबाट टिकटक नि त बनाउन मिल्दैन । यति राम्रो जिनिस फाल्नु हुन्न " भनेर सम्झाउछ । रोजले 'तिम्रा शास्त्र तिमिसँगै राख