माइ हार्ट विल गो अन

गित त्यही थियो, तर नृत्य संस्करणमा । गितले डुबाउने खालको फिलिङ्स उत्पन्न गराइरहेको थिएन । बरु सतहबाट नि बुरुक उठेर नाचम नाचम बनाइरहेको थियो । 

ज्याक ल्यापटपमा पोकर गेम खेल्दै थियो । गेम जितेर उसले टाइटानिक गेम खेल्ने क्रेडिट पायो  ।अनी खुसीले उफ्रियो । अनी हतपत साइन अप गर्‍यो । यता रोज गेममा पार्टनरले झेली गरेको झोकमा गेम खेल्दै गरेको आइप्याड पानीमा मिल्काउन खोज्दैथिइ । त्यसै बखताँ ज्याक भित्रको हिरो त्यहा प्रत्यक्ष हुन्छ ।

"पानी चिसो हुन्छ । पानीमा आइप्याड भिज्छ । आइप्याड भिजेसी स्कृन झिरिप हुन्छ । स्कृन झिरिप भएसी आइप्याडको उपयोगिता केबल पिर्कामा सिमित हुन्छ । पिर्कामा सिमित भएसी यसमा पिंध टेकाएर बस्न त मिल्यो । गेम खेल्न मिल्दैन । फुटो खिच्न मिल्दैन । फुटै खिच्न मिलेसी त्यसलाई इन्स्टामा हाल्न मिलेन । फेरि इन्स्टामा फुटो हाल्न इन्स्टा नि त चल्न पर्यो । इन्स्टा चल्दैन त्यसमा किन कि इन्स्टाले अहिलेसम्म पिर्का भर्सन निकालेको छैन । फेरि बिग्र्या आइप्याडबाट टिकटक नि त बनाउन मिल्दैन । यति राम्रो जिनिस फाल्नु हुन्न " भनेर सम्झाउछ । 

रोजले 'तिम्रा शास्त्र तिमिसँगै राख भनेर लहडमै त्यसलाई मिल्काइदिन्छे । त्यसपछी त्यस्को माया लागेर आउछ र अतालिन्छे । ज्याकले बिचैमा त्यसलाई समातिदिन्छ ।

त्यसपछी गेमको रोमान्चक सुरुवात हुन्छ । सामुन्ने बसेर गेमखेलीरहेका उ र उनि आफुलाई पूर्णतया ज्याक र रोजमा परिणत गर्छन । टाइटानिक रमाइलो आवाजका साथ समुन्द्रमा तैरिन थाल्छ । उसले ज्याक बटममा माउस पुर्याउछ र ज्याक नामको चरित्रको रुपमा रुपमा आफुलाई टाइटानिक उतार्छ । उनीले पनि रोज बटममा टच गर्छिन र रोज नामको पात्रको रुपमा आफुलाई टाइटानिकमा उतार्छिन । 

रोजले जहाजको छतमा बसेर हात फिजाउछे । ज्याकले त्यसलाई केमरामा कैद गर्छ । अनी त्यसलाई आफ्नो फेसबुक कभर फुटो बनाम्छ । ज्याकले रोजलाई चुम्छ । रोज ज्याकको अङालोमा बाधिन्छे । खेल्नेका आखा जुध्छन । दुवैका मुस्कुराउछन । र फेरी गेममा तल्निन हुन्छन । चाहन्छन् गेमको लिमिटेसनलाइ नाघौ र कथालाई बिचैमा छोडेर आफुहरु निकै पर पुगुम् । ज्याकले रोजको न्युड चित्र कोर्छ । रोजले त्यो रोमान्टिक पलबारे उल्लेख गर्दै ट्वीट गर्छे । ज्याकले रिट्वीट गर्छ । भिलेन साइको हुन्छ टाइमलाइनमा तिरिमिरी देख्छ ।


त्यहिबेला टाइटानिकमा समस्से देखिन्छ । उनीहरु त्यसलाई बचाम्ने कोसिस गर्छन् । भिलेन ज्याक रोज प्रति गोलाबारी सुरु गर्छ । ज्याक रोज भाग्छन । भिलेनले ज्याक्लाई हत्कडी लाएर खम्बामा बाधीदिन्छ । कोठामा पानी  भरिएर उसको घाटीघाटी आइपुग्छ । रोजले हतपत गुगल गर्छे । सिरियल कि फेला पार्छिन र इन्टर गर्छिन् । हतागडी खुल्छ । कुदेर जहाजको छतमा पुग्छन र समुद्रमा हात समातेर झ्वाम्म हामफाल्छन । 

उनीहरु दुवै एउटा फलेक समात्न पुग्छन् । 
ज्याक "खै खै" भनेर भनेर फलेकमा चड्न खोज्छ । रोजले भन्छे - " दुइ जना यसले थेग्दैन प्यारा । " 

ज्याकले भन्यो - " त्यहि भएर त म मात्रै चड्न खोज्दैछु फलेकमा । "
"तिमि सेल्फिस कुरा नगर त ।" रोजले च्याँट्ठीएर भनि ।
"केका सेल्फिस नि ?" गेमलाइ पज गर्दै ज्याकले भन्यो । " जहिल्यै हिरोले नै जोखिम मोल्न पर्छ भन्ने के छ ?"
"जोखिम मोल्न सक्छन त हिरो हुन्छन् नि ।" फेरी प्ले गर्दै रोजले भनिन् - "नसक्ने नालायकहरु केका हिरो ?"

"केरे ? कसलाई नालायक भनेको ? " ज्याकले भन्यो । -" हरेक टाइटानिकमा हिरोले मर्ने ठेक्का लिग्याछैन बुझ्यौ ? "

" तिम्ले भन्न खोज्या के ? " रोजले दु:खले भन्दा बढी रिसले रुदै भनिन् -" अनि के म मरुम् त ? "

ज्याकले भन्यो - " अनि के त जहिल्यै मै मर्नु पर्ने ?"
त्यसपछी कुटाकुट सुरु भयो । गेम भित्र टाइटानिक डुब्यो । 😂

Comments

Post a Comment

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ