Posts

Showing posts from March, 2013

दुई जिउकी !

Image

मिल्न थालेका कुरा ।

के ही दिन यता नेपाली राजनीतिमा फेरी उल्का हुन थालेको छ । कुन्नी कुन बुटीले काम गर्‍यो , चार दल अर्थात चार शक्ती बिच भटाभट कुरा मिल्न थालेका छन | दलहरुको यस्तो मिल्ती देखेर दुनियाँ चकित छ । अब त एउटा नेताबाट कुनै प्रस्तव भुइमा खस्न पाएको छैन फ्याट फ्याटी कुरा मिलिहाल्न थालेको छ । त्यसैले असम्भव , नमिल्ने र नहुने भनेको कुरा यस धरती बाट लोप हुने कुरामा छ । चार दल बिच बसेर यसो कुरा के भएथ्यो , प्रधान न्यायधिसको नेत्रित्वमा चुनावी सरकार बनाउने कुरामा सहमती भैहाल्यो । चार दल एक मुख हुनासाथ सम्पूर्ण कानुनी र संबैधानिक जतिलटाहरु चमत्कारीक ढंगले भत्किए र उहा सर्बोच्चबाट सिम्हदरवार सजिलै पस्नु भो । यता सर्बोच्च बाट सर चै निस्केर सिम्हदरवार पस्नु भएकोले त्यता चै बुच्चा मात्रै बाँकी रह्यो । तर बुच्चिनु नबुचिनुमा के मतलव । दलहरु बिच नै कुरा मिलि सकेपछी । त्यस्पछी अब कुरा आयो मन्त्री बनाम्ने । यस प्रकृयामा पनि दलहरु बिच मजैले कुरा मिल्न थाले । त्यस भन्दा अघी पनि उनीहरुले अर्को कुरा मिलाए । सरकार सन्चालन गर्न उनिहरुले आफुहरु बिचबाट "बोर्ड अफ डाइरेक्टर" बनाए । र बोर्ड अफ डाइरेक्टरले धमाधम डि

बिबादका बिषय

एकादेशमा चार राजनीतिक दल थिए । तिनीहरु चार राजनैतिक शक्तिले चिनिन्थे । उनिहरु नेपाल देशको काठमाडौँ नगरमा बस्दथे । उनीहरुको जागिर सहमती गर्नु थियो । नेपाल भन्ने त्यस देशमा सरकार , प्रधानमन्त्री , संबिधान , चुनाव आदी सबै सहमती फेक्टरी बाटै उत्पादन हुन्थे । ति चार सक्तीहरु त्यहि प्रडक्सन सेक्सनमा खटिएका थिए । र जोडतोडका साथ सहमती गर्ने ड्युटीमा खटिएका थिए । समय बेग रफ्तारमा कुद्दै थियो । सहमतीको उत्पादन त्यति राम्ररी हुन सकिरहेको थिएन । उता सितल निवासबाट डक्टरसापले च्याप्दै लगे । त्यसपछी उनिहरु कसरी सहमती बनाम्ने भन्ने घनिभूत छलफलमा लागे । पहिलो दिन : अब छलफल गर्न त बस्नै पर्यो । कुरो आयो अब को कता फर्किएर बस्ने ? माउबादीले भन्यो -" हामी त दक्षिण ज्यान जाला फर्कन्नम । दक्षिण तिर फर्केर हामी दक्षिणपन्थी हुन चाहान्नौ ।" "अनि को बस्छ त ?" काग्रेसले सोध्यो - "एमाले बस्ने हो ?" "हामी दक्षिण फर्किन्नम |" एमालेले भन्यो । "बरु हामी पुर्व फर्कन्छम । किनकी सुर्जे पुर्वबाट उदाम्छ । हाम्रो चुनाव चिन्ह सुर्जे हो ।" "पुर्व फर्किने पूर्वराजाबादी हु

कुखुरा पैले जन्म्यो की फुल पहिले ?

Image

ट्याक्सीको मिटर

Image

हाम्रा, राम्रा र चाम्रा प्रधानमन्त्री

       मु लुकका कार्यकारी  प्रमुख प्रधानमन्त्री सग जनताका बिबिध अपेक्षा हुनु स्वाभाविक हो । कसैले  नया प्रधानमन्त्री भएसी शान्ती सुरक्षेमा ध्यान दिउन भनेर आसा गर्छन । कसैले यो महंगी अन्त्य गरुन भनेर आसा गर्छन । कसैले बाटो बढाइदिए गज्जप हुन्थ्यो भनेर आसा गर्लान त कसैले जनतालाई तत्काल राहत दिउन भन्ने अपेक्षा गर्लान । अझ प्रधानमत्रीको नजिककै कोहि छन भने तिनले प्रधानमन्त्रीले ब्यक्तिगत लाभका काम गरिदिउन भनेर आसा राख्छ्न । उनले ठेक्का पारीदिउन । कुनै ठाममा नियुक्ती मिलाइदिउन भनेर आसा गर्ने हरु पनि धेरै हुन्छ्न । त्यसो त सबोच्च अधालतबाट जन्मकैद पाएकाहरु आफ्नै पार्टीका प्रधानमन्त्री बन्दिए उम्किने आसा गर्छन । यि अपेक्षाहरुको भिडमा कुन अपेक्षा चै प्रधानमन्त्री माथी ज्यादा होला ? जब कोही प्रधानमन्त्री हुन्छ्न तब अधिकाम्स मानिस हरुको प्रधानमन्त्री सग माग के हुन्छ ? बत्तिको पनि स्वास्थ्य संचार कि बाटोघाटो ? सोच्नु होला यस्तै होला भनि ।  तर प्रधानमन्त्री सग अधिकांस मानिसले माग्ने र आस गर्ने कुरा अलि बेग्लै छ । जुन सधै सुनिन्छ नै । त्यो हो -"राजीनामा । " यहा प्रधानमन्त्री सग सबैभन्दा मागि

सर्वहारा नेता

Image

चुल्ठे मुन्द्रे |

Image
मुलुकाँ अहिले प्रहरी प्रशासन अपराधीहरुको जरो किलो उखेल्ने अभियानमा लागेको छ | र त्यसको लागि उसले जरोकिलोको पहिचान गरिसकेको छ । र धमाधम अप्रेसन सुरु गरेको छ । प्रहरीले जरोकिलो कपालमा फेला परेको छ र धमाधम मुण्डन अभियान सुरु गरेको छ । कपाल पालेको मान्छे देख्यो कि च्याप्प समात्दै भ्यानमा कोच्दै लाँदै कपाल खुइलायाम्दै पठाउदै गरेको देख्दा यस्तो लाग्छ कि अबको केही दिनमा नेपाली समाजमा अपराध भन्ने कुराको नामोनिशान नै रहने छैन । र जनरल गेहेन्द्र सम्सेरले बनाएको तोप हेर्न छाउनी संग्रालय गए जस्तै अपराधीको अन्वार हेर्न नि जेल जानु पर्ने हुन्च । त्यसो त गुण्डाहरुको पत्तासाफ गर्न प्रहरीले उहिल्यै देखी प्रयास नगरेको हैन । तर पनि कुनै न कुनै ठाममा चुकुल खुस्की हाल्ने । गुँण्डाजी उम्कीहाल्ने । जे जे गर्दा नि उम्किहालने भएसी गृह प्रशासन लाइ परेसान भएछ । जस्तै कडा कानुन ल्याए नी जस्ता कडा कदम चालेपनी गोबरका मुला जसरी गुण्डाराज मौलाएको मौलाएकै छन । निएम कानुन को त बाल छैन । क्याहो यस्तो ? भनेर सोच्दा सोच्दै प्रशासनको आखाँ गुन्डाजीको बालामा परेछ । ए रात्तै । बाल जति सप्पै यतै आएको रच र पो । नियम कानुन लाइ क

काला बजारीको मुखमा ........!

Image

कस्सम जालन्धर हैन

Image

अत्ति चै हैन ल ?

Image

अमेरिकामा नेपालीको होड

Image

कमजोर आशाहरु |

Image
2 साता अघिको 

लोकतन्त्र

Image