Posts

Showing posts from April, 2013

बाबा प्रचण्डदेव !!

Image

प्रचण्ड दिल्लीमा !

Image

पार्टीमा काम लाग्ने मान्छे !

Image
एक साँझ हरियो पर्दा लगाएको होटलबाट एक ब्यक्ती निस्किए । उसको हातमा बोतल थियो । उ लढुला झैँ गरेर लर्बराइ रहेको थियो | उसले दुइ तिन फेर बोतलको झोल घुट्क्यायो र तिनै पटक हाँस्यो -" हिहिहा ~~~ !" चौथो पटक अलि बढी घुट्क्यायो । ठुलो घुट्का पेटले स्टोर गर्न सकेन कि घाँटीले भित्र पठाउन सकेन । तत्काल हुलुक्क बाहिर निस्किएर मुख बाट ओरालो झर्दै घाँटीबाट बाहिर निस्कियो । उसले टोपी फुकालेर घाँटी, मुख पुछ्यो । र टोपिलाई हेर्दै भन्यो - " तैले नि दारु खाइस आज | नमात है |" त्यसपछी टोपी स्टकोटको खल्तीमा घुसार्यो र त्यहि पेटीमा बसेर बोतल भुइमा राख्यो र एउटा जुत्ता फुकालेर फालिदियो अनि -" चोर, फटाहा, डाँका, बहुला,खुस्केट भनेर तथानाम गालि गर्न थाल्यो ।   त्यसै बेला आउदै गरेको एक गाडी त्यही ट्याक्क रोकियो । उ झन बेस्मारी गाली गर्न थाल्यो । एकछिन पछी देशको नाम नै थर भएका । चार्ली चाप्लिनको जस्तो जुँगा भएको । झट्ट हेर्दा टम एण्ड जेरीको टम जस्तै लाग्ने एक नेता गाडीबाट मुसुमुसु हास्दै बाहिर निस्किए । र त्यस ब्यक्ती नजीक गएर भने _ " चोर, फटाहा, डाँका, बहुला, खुस्केट ! आहाहाहा~~~~~~

डाक्टर कु

शि र्षकमै नयाँ पात्रको आगमनले छक्क पर्नु भयो होला  |  नपर्नु पनि कसरी  ?  ति पात्रले हामीलाई लगातार छक्क पारीरहेका छन । भन्नुहोला सुन्दै नसुनेको नयाँ पात्र ल्याउछ अनि त्यसैले छक्क पारिरहेका बताएर उल्टै छक्क पारिदिन्छ । होइन गर्न खोज्या चै के  ?  मैले केहि नि गर्न खोज्या छैन  |  मैले किन केहि गर्न खोज्ने  ?  मैले गर्न खोजेर के हुन्छ  ?  यहा कस्ता कस्ताले के के गर्न खोजेर त केहि हुदैन  |  म नाथेले गर्न खोजेर के हुन्छ  ?  केहि नि नहुने थाहा हुदा हुदै पनि केहि गर्ने मुर्ख्याई किन गर्थे  ? फेरी झोक चल्ला । भन्नु होला -" हैन किन निराशाको पैरो लडाउछस हँ  ?  के हुन्न गरे देखी  ?  त्यसै केहि हुन्न भनेर हात बाधेर बसेर हुन्छ  ?  गर्न सक्नेलाई के छैन यहाँ  ?"  हो गर्न सक्नेलाई धेरै छ । तर नसकेसी के लाग्यो । सक्न नि सकिन्थ्यो होला तर के गर्नु यहा असफल पार्ने हरु लिट्टी कसेर लाग्दा रहेछन । कस्ता कस्ता मान्छेका कस्ता कस्ता योजना त असफल पार्छन । भन्नुहोला कोल्ले कस्यो लिट्टी  ?  आखिर डाक्टर कु भनेकै तिनै त हुन नि । हैन को हुन ति डाक्टर कु एकजना ठुलाठुला डाक्टर त आफै असफल भैराथे मुलुकमा । यो

लोकतन्त्र दिवस !

Image

काफलचरी !

Image

एक जुगमा एक दिन

Image
अघिल्लो संबिधानसभा चुनावमा रामेशको एउटा गीत खुब हिट थियो । "एक जुगमा एक दिन एक चोटी आउछ ............. " अहिले दोस्रो चोटी संबिधानसभा चुनाव हुन लागेकोले यो संबिधानसभा सँग त्यती म्याच खाँदैन । तर काठमाडौं उपत्यकाको खानेपानी ब्यबस्था सँग भने ट्वाक्कै म्याच खान्छ । अलि परिमार्जित रुपमा । "एक जुगमा एक थोपा एक चोटी आउछ | ........... " यससंगै काठमाडौ उपत्यकामा पानि आउनु भनेको एतिहासिक र अभूतपूर्व दिन बन्न थालेको छ । धारामा आउने ध्वारारारा आवाज सबैभन्दा रमाइलो र रोमान्चक आवाज बन्न थालेको छ । र त्यो आवाज सबैभन्दा दुर्लव र नसुनिने आवाज पनि बन्न गएको छ । किनकी त्यो धाराको टुटीबाट पानि खस्नु सबै भन्दा दुर्लव दृश्य बनेको छ । अचेल प्राबिधिक त्रुटी नभएमा , मौसममा खराबी नभएमा एक महिनामा ट्वाक्कै एक दिन पानी आउन थालेको छ । एकै महिनामा तिन तिन पटक पानि आउने कुराले उपत्यकाबासी गद्गद् छन । अब रमाइलोको लागी चाडपर्व आउनु पर्दैन धारामा पानि आए त्यसै उल्लास उमंग छाउछ । त्यहि पनि एक पटक होइन महिना मै ३ -३ पटक । दसैँ आउन लागे सगै नौ हरिया दिन पहेंला जमाराहरु राखे जस्तै पानि आउने नौ दिन अघि द

बहुमत

Image
तिथीमिती नतोकिएर बेवासिरे बन्दै गएको चुनावमा अहिले बहुमत ल्याउने होड चलेको छ । तँ भन्दा म के कम भन्दै दलहरुले धमाधम बहुमत ल्याउन थालेका छन । बहुमत ल्याउने यो प्रतिस्पर्धामा एमाओबादी , एमाले र काँग्रेस तिनै पार्टीले बहुमत ल्याई सकेका छन । चुनाव नहुदै अचेल दलहरुले दिनमै तिन चार पटक बहुमत ल्याउन थालेका छन । बहुमत ल्याउन सुरुवात गर्यो विघटित संबिधानसभाको सबैभन्दा ठुलोदल एमाओबादीले । जब भट्टराइ डाक्टरसापले  संबिधानसभा भंग गरेर  चुनाव को घोषणा गर्नु भयो । त्यसो भोलिपल्टै कामरेड प्रचण्डले भाषण गरेर पार्टीलाई बहुमत दिलाउनु भयो । बहुमत नि सामान्य होइन , दुइतिहाई बहुमत दिलाउनु भयो । यसरी चुनावै नभई पार्टीलाई बहुमत दिन सक्ने कामरेड प्रचण्डको खुबिलीटी देखेर संसार चकित भए । एमाओबादी समर्थकहरु पार्टीले चुनाव अगावै दुइ तिहाइ बहुमत ल्याको देखेर खुसीले गद्गद भए । बाँकी अरुहरु कामरेडले गज्जपको जोक गर्नु भयो भनेर हाँसोले गदगद भए । त्यसपछी डाक्टरसापले फेरी दोस्रो पटक चुनावको घोषणा गरु भयो । प्रचण्ड कामरेडले फेरी पार्टीलाई बहुमत दिनु भयो । त्यसपछी चुनाव गराउने भनेर श्रीमान खिलराज रेग्मीले सरकारको नेतृत्व

ल सार !

Image

बैद्यबाको बिजिनेस

Image
फररर रातो झण्डा फरफराई रहेको त्यो घरमा मान्छेको चहलपहल बढ्दो थियो । त्यस घरका झ्याल ढोकामा रातो रंग लगाएको थियो भने भित्तामा सेतो रंग लगाइएको थियो । कम्पाउण्डमा प्रसस्तमात्रामा टायरहरु खात लगाएर राखिएको थियो । र सगै एउटा एफो साइजको सेतो कागजमा लेखिएको थियो । टायरहरु बिक्रीका लागी होइनन मात्र बिजिनेस प्रयोगका लागि हो । संगै भाटाहरु थियो । त्यसमा पनि लेखिएको थियो -" भाटाहरु पनि बिक्रीका लागी होइनन । आन्तरिक प्रयोगको लागी मात्र हो । संगै नेपाल बन्द सफल पारौ । हड्ताल गरम । बाटो बन्द गरम । जस्ता कुरा लेखिएका प्लेकार्ड पनि थिए । जहा लेखिएका कुराहरु बिक्रीका लागी थिए भने । ति प्लेकार्डहरु भने आफ्नै प्रयोगका लागी थिए । भित्र मार्क्सबाद , लेनिनबाद , माओबाद , क्रान्ति , जनवाद , जनबिद्रोह जस्ता कुरा बिक्रीमा थिए । त्यहा कुनै भिड थिएन । त्यहा मान्छेको चहलपहल लगभग सुन्य नै थियो भन्दा पनि हुन्छ । त्यहाँ कुनै सरसफाई नहुनाले ति जिनिसहरुमा धुलोले लपक्कै छोपेको थियो । धुलोले लपक्कै छोपेको किताबी आवरणमा विचारक र नेताहरु धुले सडकका छेउका रुख जस्ता देखिन्थे । त्यहाँ कुनै सरसफाई थिएन । सरसफाई गर्दा रंग