Posts

Showing posts from June, 2013

अचार संहिता

चुनाबको मिती घोषणा भएपछी दलहरु प्रचारका लागी दाम्लो छिनाएर बुर्कुसी मार्न थाल्छन । यो बुर्कुसी मार्ने क्रममा उनीहरु ककल्लाई लछार्छन ककल्लाई पछार्छन अनि ककल्लाई कुल्चिन्छन पत्तै हुन्न । अहिले नि चुनावको मिती घोसणा भैसकेको छ र दलहरु दाम्लो छिनाएर बुर्कुसी मारेका छन । यसरी बुर्कुसी मार्दै अनियन्त्रित हुने गरेका दलहरुलाई नियन्त्रण गर्ने काइदाको रुपमा निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागु गर्छ र यसको चर्चा नि खुबै हुन्छ चुनाबी समयमा । त्यो आचार संहिताको नया मस्यौदा प्रस्तुत गरेको छ निर्वाचन आयोगले जसले खर्च गर्ने हेलिकप्टर प्लेन चड्ने देखि लिएर गाली गलौज गर्न नपाइने सम्म आचार संहितामा उल्लेख गर्या छ । यसो हेर्दा यो आचार संहिता संहिता नभएर मिठो कल्पना संग्रह जस्तो लाग्छ । अव चुनावमा गालि गर्नै नपाएसी के चुनाव भयो र ? सत्तोसराप नै नगरेसी के राजनिती भयो र ? त्यसैले लाग्छ यो कतै आचारसंहिता नभएर अचार संहिता पो हो की | पेट नभरे नि थरि थरी स्वाद दिने ।  नुनिलो स्वाद : निर्वाचन आयोगले १० लाख भन्दा खर्च गर्न नपाईने भन्यो । चुनावमा जाने सुकालाल हरुले ट्वाक्क जिप्रो पड्काए र भने -" खुच्च

ताला

"कामरेड अभिबादन । " बिहान सबेरै सटर अगाडी टुप्लुक्क आइपुगेका बैध्यबालाई पसलेले भन्यो । "के सेवा गरुम ।" "हाम्रो महान क्रान्तीकारी पार्टीको क्रान्तिकारी नेताले सेवा चाहदैन भनेर भन्नोस ।" बैध्यबाले भने । "बरु बिक्री गर्नोस भनेर भन्नोस ।" "हुन्छ कामरेड |" साउजीले भने । "बरु भन्नोस, के चाइयो ?" "ताला  दिनोस एक ट्रक ।" बैध्यबाले भने । "अबको आन्दोलन देश ब्यापी बनाउनु पर्छ भनेर भन्नोस ।"

चुनाव नहुनुको बेफाइदा ।

Image
बेलामा चुनाव भएको भए संबिधान बन्थ्यो नै भने पक्का थिएन । तर चुनाव भएको भए फाईदा भने अवस्य हुन्थ्यो । कसैगरी फाईदा भइहालेछ भने पनि घाटा चाही हुन्थेन । किनभने अहिले लगातार परीरहेको झरीले कम्ता दु:ख दिरहेको छैन मान्छेलाई । अहिले चुनाव भएको भए माओबादी अधक्ष प्रचन्डले भनेझै मससुन ढिला सुरु हुन्थ्यो । पानी ढिलो पर्थ्यो । अहिले झरिले यती सम्म बिध्वंस मच्चाउने थिएन । असारको लास्ट तिर मात्र रोपाइ अनी खेतीपातीको काम हुन्छ । सुरुमा त असारे धान भित्र्याउने काम हुन्छ । यस्तो बेलामा किन चाइयाथ्यो पानी ? किन चाइयाथियो मनसुन । बेकारमा दार्चुलामा बाढीले त्यत्रो क्षती हुने थिएन । धन-जनको खती हुने थिएन ।

टुटुल्को !

Image

जहाँ इच्छा त्यहाँ उपाय |

Image

हाम्रो शिक्षा जसले बाँच्न सिकाउदैंन बरु मर्न सिकाउछ |

Image

‘उसिनेको आलु’ डाइलगमा नेताहरु !

" ने ता भनेको त यी यस्तो जुँगावाला हुनु पर्छ ।" जुंगामा ताउ लगाउदै प्रचण्डले भने । "दारी त बोकाको नि हुन्छ ।" "उसको त उ हुनु पर्छ ।" सुसिलदा'ले जंगिदै भने । "उ त उसको नि हुन्छ ।" "बोली हेर न | बुझे मारिदिनु ।" देउबाजीले खिस्याए जसरी खितखित हाँस्दै भने । "थेगो त 'भन्देखिनलाई' पो हुनु पर्छ त ।" थपे । "उलाला त डर्टी पिक्चरकी बिध्या बालनले नि भनिदिन्छिन ।" "उदाहरण भन्या त नेपाली पो दिनु पर्छ त" राष्ट्रियता छाट्दै कामरेड झलानाथले भने । "हिन्दी उदाहरण त रामचन्द्र झाले नि दिन्छन ।" थपे । "दिल्ली गाको फुर्ती लागाइहाले । आफ्नो नि बुझे मारीदिनु । अर्कालाई भन्छन ।"   "तब ! फुर्ती लाउनेले त मक्का मदिना जानु नि ।" उपेन्द्रजीले भने । "दिल्ली त गच्छेदार नि जान्छन ।" "अँ त । फुर्ती लाम्नेले त चाइना जानु नि मक्कै हो, माओको जन्मस्थान ।" बैध्यबाले भने । " दिल्ली त बाबुराम नि जान्छन ।" बैध्यबाको कुरामा घुमाइ फिराइ आफुलाई दिल्ली परस्तको पगरी गुथाई सकेको देख

मादपको चटारो !!

Image

सार्दुलमिया हत्याकाण्ड !

Image

रिमोट लिएर ब्यापार !

Image

किन चाइयो बोर्ड ?

Image

चिन्ता निहुको !

Image

खिरारेको चुनाव

            जो स्याउनेले जोस्याए, जोसिने जोस्सिए । सर्बोच्चबाट झिटिझाम्टा बोकेर खिरारे सिंहदरबार पसे । मिसन चुनावको । उठ्नेहरु उठ्न तम्सिए । बस्नेहरु बस्न तम्सिए । नेताहरु गाम पस्न पर्ने भएसी भुडी घटाउन मर्निंग वाक जान थाले । लजाउनेहरु पाचक र बुर्काको जोहो गर्न थाले । चुनाव हुने भएसी राजनीतिक प्राणिहरु एक्कासी सक्रिय देखिन थाले । सबका सब दलहरु र नेताहरु चुनावी सर्दमको जोहो गर्न थाले । कोही भाटा बनाम्न लागे । कोही चन्दा उठाम्न । जनताकहाँ जाँदा बोल्ने बोलि मिठो र चिल्लो बनाउन कतिले आफ्ना रुद्रघन्टिमा तेल घस्न थाले । जनताकहाँ जादाँ यो कुरा मैल्यै गरेको हुँ भन्ने देखाम्न आफ्ना क्षेत्रको बिकाश निर्माणको लगत राख्न थाले । अरुलाई सराप्नु पर्ने गालिहरुको महाकाब्य नै रचना गर्न थाले कोही । कोही  त्यसैलाई टुप्पी बाँधेर पढ्न थाले । आफ्नो आंगको भैसी लुकाएर अर्काको आंगको जुम्रा कसरी हाइलाइट गर्ने हो सो को ट्रेनिङ लिन भर्ना भए कोही । यसरी चुनावको माहोलले शहर तात्यो । गाउँतिर नि संबिधान बनाउन पठाएका मान्छेहरु संबिधान नै बनाउन नसकी फेरी पठाउ भन्दै गाउँ फर्किदै छन भन्ने चर्चा भयो । उनिहरु कस्ता मुख लाग