Posts

Showing posts from July, 2013

नेतालाई कसले सक्नु ?

   ए कताका एमाओबादी अध्यक्ष कामरेड प्रचण्डले भाषण ठोक्नु भएको थियो - " अरुले नाचेको, नानीका बाबुले खुट्टा घुमाएको ।" जसको सान्दर्भिकता दिनानुदिन थपिया थपियै छ । जतिबेला प्रधानन्यायाधिशको नेतृत्वमा कर्मचारीहरु क्याबिनेट सदस्य रहेको चुनाबी सरकार बन्यो । तव धेरैले भने अब नेता र दलहरुका दिन गए । अब सरकार नै कर्मचारीहरुले चलाउने भएपछी के काम दलहरुका ? के काम नेताहरुका ?? अब नेताहरु सकिए । तिनका अधोगती सुरु भयो । तर केका हुन्थ्यो ? नेताका दिन पनि कहिल्यै जान्छ ? नेताको दिनको त आउने ढोका मात्र छ । जाने ढोका नै छैन । आएको छ , आएको छ बरु दिनहरुकै भिड लाग्ला । तर नेताहरुको दिन जादैन । त्यसैले सरकारमा पुग्दैमा कर्मचारीहरुको प्रगती भयो र नेताहरुको दुर्गती भयो भनेर भन्नै मिल्दैन । प्रगतीको होडमा कर्मचारी पनि नेता कै लाइनमा बुर्कुसी मारेको पक्कै हो तर नेतालाइ तिनले भ्याउन त सपनामा नि नसोचे हुन्छ । अब कर्मचारी सरकारमा भाको नेता संयन्त्रमा भाको । पावरै नाप्दा नि कम्ती भन्दा बढी नै देखिन्छ । पावरै बढी देखिएसी प्रगती त बढी देखिने नै भयो । 

न्यायको शासन

Image
यो मध्य कलिजुगमा मुलुकमा न्यायको शासन हलक्कै मौलाएको छ । यसरी हलक्कै मौलाएको कानुनी शासनले कलिजुगमा अन्यायी अधर्मीहरुको बोलबाला हुनेछ भन्ने शास्त्रको बचनलाई कडा चुनौती दिएको छ । अन्त अन्यत्रतिर नभएको न्याय र अधिकार हाम्रै मुलुकमा देखापर्दा संसारभरीकै न्याय सोहोरिएर यता आएछ कि भनेर अचम्म लाग्न थालएको छ । र खिरारेकालिन नेपालको यो अवस्था राम शाह कालिन गोरखालाई उछिन्ने तरखरमा लागेको छ ।