Posts

Showing posts from February, 2014

'उ' बन्या एक महिना भाको छैन ..........

Image

बैठक कहाँ कहाँ ?

Image
चमत्कार ओली कामरेड संसदीय दलको नेता भएसी एमालेले मजैले बुर्कुसी मार्न थालेको छ । पहिला पहिला घर्सिर्दै चल्ने पार्टी उहाँको आगमन संगै उफ्रेर चल्न थालेको छ | अब एमाले ब्रेक नभएको ट्रेन जस्तो चल्या चल्यै गर्न थालेको छ । उहाँको नेतृत्वमा एमाले संसदीय दलको ' ननस्टप स्पिड ' हेर्दा अब एमाले कहिल्यै रोकिन्न क्यारे भन्ने लाग्न थालेको छ । चल्ने जिनिस उनसुकै होस् , त्यो ड्राइभर बिरामी भएसी चल्दैन थियो । तर यो एमाले भन्ने जिनिस ड्राइभर बिरामी भए नि चल्या चल्यै छ । डुलमुले गाडीको यो अनवरत चलाई देखेर दुनिया तिन छक्क छ । तातै पानि त्यो भन्दा छक्क लाग्दो कुरा एमालेले अहिले निरन्तरताको क्रमभंग गरेको छ । पहिले पहिलेको " अहँ हुन्न । ", " हुदै हुन्न !" " त्यै चाहिन्छ। " " नत्र हुन्न !" पछे " ल भै गो नि त भनेन । " हुन्नका हुन्नमै आफुले चाहेको लिएरै छाड्यो । यसपाली " नत्र ..." पछी सुसिलबाले टेर्दै नटेर्दा नि एमालेले रिसले होस् गुमाएन र । चिसै पानीले नुहाएर झोक फेरेन । बरु ननुहाएरै डडाल्नु कन्याउदै बस्यो । अनि त सुसिलबालाई रुख मासि

खुट्टा उचालिएको मान्छे

" चौबिस घण्टा भित्र पदाधिकारी नियुक्त गर्नु । " नवनियुक्त प्रधानमन्त्री जुनियर कोइरालाबाट पहिलो आदेश जारी भो । " सँगसँगै अनसन पनि तोड्नु । " अनुरोधात्मक दोश्रो आदेश । जुनियर कोइरालाको युवा जोश । जोसिलो आदेश । अनसनरत डाक्टरसाप अनसन तोड्ने कि अझै जोड्ने अलि दुबिधामा थिए । सँगसँगै हडतालमा उत्रिएका त्रिवि शिक्षण अस्पतालका डाक्टरहरु पनि डाक्टर अनसनसापको दुविधाले दुबिधामा थिए । काममा फर्कीहाल्ने कि कुर्ने भन्नेमा । तथापि इमर्जेन्सीमा फाट्टफुट्ट भेटिन्थे । त्यतिकैमा हाफ पाइन्ट र स्यान्डोमा एक भाद्र पुरुष सहयोगी सहित अस्पतालको इमर्जेन्सी बिभागमा प्रवेश गरे । तिनको बायाँ खुट्टा टेकिएको थियो भने दायाँ खुट्टा उचालिएको । दुईवटा हात दुईजना सहयोगीका काँधमा अंकमाल थिए । त्यसैको आडमा तिनी टेकिएको खुट्टा चल्मालाउदै हिडिरहेका थिए । उचालिएको खुट्टा कत्तिपनि चल्मलाउदैन थिए । प्रतिस्थापन गरिएका काठका डमी खुट्टा जस्तै ।

सपथ कस्का नाममा ?

कसैले गुलिया चकलेट भन्लान । कसैले कुखुराको मासु । कसैले जेरी, पुरी, तरकारी त कसैले टिम्बुर हाल्या गोलभेडाको अचार । कसैले भन्लान स्वाद भन्या स्वाद त बिदेसी मदिरा र चिकेन रोस्टमा छ । मान्छे अनुसारको रुची । फरक फरक स्वाद । कसैलाई के स्वादिलो कसैलाई के । तैपनि संसारको सबैभन्दा स्वादिलो कुरा के होला ? उत्तर फरक फरक होलान कुन स्वादमा कसको रुची छ भन्नेमा ? तर जे नै भनुन संसारको सबैभन्दा उम्दा स्वाद त सपथकै होला । किनकी संसारका ठुलाबडाहरु सपथ खानकै लागी मरिहत्ते गर्छन । संसारमा जति भिडन्त र मारकाट भएका छन ति सबै सपथ खानकै लागी भएका छ । पदको सफथ जो स्वादको पनि स्वाद हो जसलाई महास्वाद भन्दा नि फरक पर्दैन होला । यो स्वादको दाजोमा अरु सारा स्वाद तुच्छ बनिदिन्छ । बास्तवमा सपथ राजनीतिक मेनुको यस्तो परिकार हो । जो सितिमिति कहिँ पाइन्न । फाइव स्टार को नकुरा गरम हजार स्टारे होटलमै जाम कतै मेनुमा यो परिकार भेटिन्छ । यो परिकार आर्जन गर्न जीवन भर शंघर्ष गर्नु पर्छ । अनेकौ युद्द र बबण्डर मच्चाउनु पर्छ । चुनाव लड्नु पर्छ यति गर्दा नि पुर्पुरामा लेख्या छैन भने त कहाँ पाइन्छ र ? तै पनि

" खै खै "

शीर्षक चोरेछ नभन्नुहोला । यत्रो ब्लगै लेख्न तम्सेकोलाइ नाथे शीर्षक त के चोरिराख्न पर्थ्यो होला र ? नपरे किन चोरिस त भन्नू होला । मेरो मगजमा त्यही मात्र घुमिरह्यो त म के गरुम ? आज बिहानैदेखि हो, दिमागमा खाली "खै खै" का "खै खै" मात्र घुमिराछ । र यहि मात्र खेलिराछ । अब भन्नोस त ! के मेरो दिमाग यो नाथे "खै खै" को कृडा स्थल हो र दिनभर हाराभारा खेल्नलाइ ? मेरो दिमाग खै खैको बाबुको बिर्ता हो ? कि घर अगाडीको आँगन वा घर माथ्याडीको पाटो ? दिमागाँ यसरी बुर्कुसी मारेपछी दिमागको उर्भराशक्ती कहाँ पुग्छ ? अब भन्नोस त यत्रो उपद्रो गरिसकेसी म यो " खै खै " लाई शीर्षकमा नपछारुम त ? दुनियाको उपद्र्याइको रापले रनक्क पोलेपछी पुटुस्स "खै खै" फुर्दो रहेछ । साहित्तेकार केसबराज पिंडालीलाई पनि भएको त्यही हो । त्यतिबेलाका चुरोटेहरुको "खै खै" बानिबाट आजित उनले "खै खै" लेखे । चुरोटेहरु त अम्बली हुन । खराब लत भएकामा यो "खै खै" को लत कुनै ठुलो कुरा होइन । तर यहाँ बुद्दिमान भनाउदा कलम धस्काउनेहरुमा "खै खै" को लत देख्