बैठक कहाँ कहाँ ?

चमत्कार

ओली कामरेड संसदीय दलको नेता भएसी एमालेले मजैले बुर्कुसी मार्न थालेको छ । पहिला पहिला घर्सिर्दै चल्ने पार्टी उहाँको आगमन संगै उफ्रेर चल्न थालेको छ | अब एमाले ब्रेक नभएको ट्रेन जस्तो चल्या चल्यै गर्न थालेको छ । उहाँको नेतृत्वमा एमाले संसदीय दलको 'ननस्टप स्पिड' हेर्दा अब एमाले कहिल्यै रोकिन्न क्यारे भन्ने लाग्न थालेको छ । चल्ने जिनिस उनसुकै होस्, त्यो ड्राइभर बिरामी भएसी चल्दैन थियो । तर यो एमाले भन्ने जिनिस ड्राइभर बिरामी भए नि चल्या चल्यै छ । डुलमुले गाडीको यो अनवरत चलाई देखेर दुनिया तिन छक्क छ ।

तातै पानि


त्यो भन्दा छक्क लाग्दो कुरा एमालेले अहिले निरन्तरताको क्रमभंग गरेको छ । पहिले पहिलेको "अहँ हुन्न ।", "हुदै हुन्न !" "त्यै चाहिन्छ।" "नत्र हुन्न !" पछे "ल भै गो नि त भनेन ।" हुन्नका हुन्नमै आफुले चाहेको लिएरै छाड्यो । यसपाली "नत्र..." पछी सुसिलबाले टेर्दै नटेर्दा नि एमालेले रिसले होस् गुमाएन र । चिसै पानीले नुहाएर झोक फेरेन । बरु ननुहाएरै डडाल्नु कन्याउदै बस्यो । अनि त सुसिलबालाई रुख मासिएला भन्ने डरलाई एकातिर पन्छाउदै दाउरा जोरजाम गर्न करै लाग्यो । त्यति बेला सम्म उ नत्रमै रहिरह्यो जतिबेला सम्म सुसिलबाले फुइफुई खलाती लगाएर पानि भुक्लुक्क उमालेर छोडेनन् ।

अस्पतालमा बैठक

जुनीमै पहिलो पटक तातै पानीले नुहाएपछी एमाले कम्ता जोसिएन । त्यो जोस संगै आफ्नो अनवरत यात्रा अघि बढाउन के खोजेथ्यो । कामरेड वली त्यहि बेलामा बिरामी परेर अस्पताल भर्ना भए । ध्रेरैलाई लाग्यो - अब एमाले रोकिएला । तर ओली कामरेड संसदीय दलको नेता भएको पार्टी कहाँ रोकिन्थ्यो । हस्पिटल मै मिटिंग बस्यो । सलाइनको बोतलबाटै मुलुक चलाइदिए ।

ओली कामरेड अहिले त हस्पिटलको सामान्यवार्डमा हुनुहुन्थ्यो र मिटिंग चलाउनु भयो । इमर्जेन्सीमा भएको भए के गर्नुहुन्थ्यो होला ? पक्कै पनि उपचारको लागी हतारिएका बिरामीहरुलाई रोक्दै भन्नुहुन्थ्यो होला -"एकछिन है पैला पार्टीको मिटिंग बसम ।" त्यसपछी उहाँ उपचार रोकेर पार्टी चलाउन थाल्नुहुन्थ्यो ।

नयाँ सम्भावना

अप्रेसन थियटरमा उनलाई लैजानुपर्यो भने । उनले पक्कै नि बेहोस बनाउन दिनुहुन्न । किनकी त्यहि पनि बैठक बस्नुपर्ने स्थिती आउन सक्छ । होसै नभएको बेलामा कसरी बैठक बसाल्नु ? डाक्टरहरु पनि चनाखो होलान -उनको जहिल्यै बैठक बस्नुपर्ने कुरामा र एउटा कैची एक्स्ट्रा राख्लान । नत्र उहाँले अपरेसन गर्दागर्दैको कैची "खै खै" भनेर पार्टी बैठक उद्घाटन गर्न रिवन काट्न सक्छन ।

कुनैदिन ओली कामरेड मर्निङ वाकमा जानुहोला । बैठक गर्ने परिस्थिती आइपर्ला । आखिर बैठक गर्न किन पर्खिने ? उहाँले मर्निङ वाकमै बैठक गरिदिनुहुन्छ । त्यति बेला बैठक बस्ने होइन । बैठक उठ्छ र बैठक हिड्छ ।

कामरेडलाई पखाला लागेर सौचालय गएको गयै गर्नु पर्नेहोला । तर सौचालय जाने जस्तो सानो कामले बैठक किन रोक्ने ? बरु भित्रै बैठक डाक्ने की ? धत् ! यस्तो त नहोला तर एमाले रोकिने भएन है उहाको नेतृत्वले ।



Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ