चौधरीको कद
महाउद्योगपती
बिनोद चौधरी यसपाली पनि
'फोर्ब्सिनु'
भा'छ
। "के
भन्यो ए !" भनेर
फोर्ब्सिनुको अर्थमा अलमल
नहुनुहोला । फोर्ब्सिनु माने
फोर्ब्स भन्ने अमेरीकी
म्यागेजिनको लिस्टमा 'लिस्टिनु'
हो । फेरी
"लिस्टिनु
भन्या चै के ?" भन्नु
होला । यो चै "लिस्ट
भन्ने अंग्रेजी सब्दलाई नेपाली
व्याकरणको नियम अनुसार इनु
प्रत्यय लगाएर बनाएको सब्द
हो । लिस्ट + इनु
बराबर लिस्टिनु । अर्थ सुचिकृत
हुनु । भन्नाले चौधरीज्यु
यसपाली फोर्ब्स म्यागेजिनको
अर्वपती सुचिमा सुचिकृत
हुनुभएको छ । यानकी लिस्टिनु,
फोर्बिनु भएको
छ ।
भन्नु
होला -" अनि
किन चलनचल्तीका शब्दहरु प्रयोग
नगरेर नयाँ नयाँ सब्द उत्पादन
गरिरहेका छस् ?"
म
भन्छु कि सब्द फ्याक्ट्री
चलाउनु मेरो रुचिको बिषय होइन
। फ्याक्ट्री, उत्पादन,
बिक्री वितरण,
नाफा घाटा,
भ्याट आदीकुरा
चौधरीज्युकै फिल्ड र रुचिका
कुरा हुन् । तै पनि म कसको
बारेमा लेखिरहेको छु भन्ने
बोधले यस्ता 'फ्रेस'
सब्द उत्पादन
गरेको हुँ । उहाँ जस्तो महामानवलाई
चलनचल्तीमा रहेका । अरुमा नै
प्रयोग भैसकेका । अरुले नै
प्रयोग गरिसकेका सब्दहरु
प्रयोग गरेँ भने म जस्तो
बेसोमतिलो मान्छे यो संसारमा
को होला ? एउटा
देवतालाई चढाईसकेको फूल अर्को
देवतालाई त चड्दैन भने लाखौ
मानवमाथी प्रयोग भैसकेका
सब्दहरु उहाँजस्तो महामानव
माथी फ्याँक्नु मेरो सानो
मुर्खता हुनेछैन । र त्यो
अनुशासनहिनताको हद हुनेछ ।
त्यसैले यसलाई रहर नभई बाध्यता
भनेर बुझुम् ।
खासमा
उहाँ पोहोर जस्तै यसपाला पनि
फोर्ब्सिनु भयो । कम्ता खुसी
लागेन । चन्द्र धरातलमा निल
आर्मस्ट्रङको पदार्पण हुदाँ
अमेरिकी जनता के गर्वले फुलेका
थिए होलान र ? फोर्ब्स
धरातलमा उहाँको पदार्पण हुँदा
हामी नेपाली त्यति गर्बले
फुलेम् । अँ ! पोहोर
जब उहाँ पहिलो पटक फोर्ब्सिनु
भो । एक्कासी उहाँको उचाई यसरी
बढ्यो कि सुरुरुरु उँभो लागेर
बादल चुम्न पुग्यो । बादल सम्म
त देख्या हो बादलमा छिरिसकेसी
उहाँको उचाई कहाँ पुग्यो
छेकिएर देख्न सकिएन । त्यसैले
उहाँको उचाई यहाँ म किलोमिटरमा
उल्लेख गर्न असमर्थ छु । यसको
बैज्ञानिक अनुसन्धान भएर
उहाँको बास्तविक उचाई त पत्ता
लाग्ला नै ।
उहाँको
फोर्ब्साईले हामी आम मान्छे
यति खुसी र गौरवान्बित भएम्
कि त्यो अभिब्यक्त
गर्ने क्षमता नै कसैमा भएन ।
आखिर गर्ने पो कसरी ? त्यो
कुन शब्द होला ? जसले
उहाँको फोर्ब्साईबाट उत्पन्न
खुसी र गौरबको भावलाई उठाउन
सकोस र त्यसलाई बर्णन सकोस ।
अब पौराणिक महादेव कै त बर्णन
गर्न चार टाउका भएका ब्रम्हाजी
र हजार जिब्रा भएका शेषनागले
समेत सक्दैनथिए भने । उहाँ
जस्ताको फोर्ब्साईको बर्णन
गर्ने क्षमता कसमा हुनु ?
केवल उहाँमै
बाहेक ।
Comments
Post a Comment