अरुको मुद्दामा झुकिन्न |
एकजना
बाक्लो जुँगा भएको मान्छे ।
कपाल सर्लक्कै माथितिर फर्काएका
। अनि चस्मा लगाएका । बानेस्वर,
संबिधानसभा
भवनको अगाडी एक मान्छे आकाश
हेरेका छन । हेरेका छन् ।
देख्नेहरु अचम्म भईरहेका छन्
- यिनी
के हेरीरहेका छन भनि । तर एक
टक तिनी आकाशतिर हेरी नै रहेकाछन
।
आखिर
तिनी के हेरीरहेका छन् ?
वरिपरी मान्छे
झुम्मिए । पहिचान भयो -उही
चिर परिचित नेताजी जसले कुम
हल्लाएको, जेल
लगाएको, ब्याडमिन्टन
खेलेको, नाचेको
देखि ख्वाक्क खोकेकोले सम्म
बिशेष अर्थ राख्छ राजनीतिमा
। दशौ मिनेटदेखी एक टक आकाशमा
हेरीरहेका छन् त किन अर्थ
नराखोस । मान्छे थुप्रिए र
धुइपत्ता त्यसको अर्थ खोज्न
थाले । र मान्छेहरु उसैगरी
आकाश हेर्न थाले । नयाँ देख्ने
छक्क परे - "हैन
के के हेरी रहेछन यसरी आकाशमा
? सोचे -
" पक्कै पनि
केहि हुनुपर्छ आकाशमा,
नत्र यतिका
मान्छे किन यसरी आकाश हेरेका
हेर्यै गर्दथे ?" यसरी
नयाँ मान्छे पनि आकाश हेर्नेमै
सामेल हुन थाले । र मान्छे
थपिएको थपियै ।
"बानेस्वरमा
एउटा ठुलो भिड आकाश हेर्दैछ
रे ।" खबर
फैलियो शहर भरिनै । मिडियाहरु
नि कुदे त्यतै तिर । धमाधाम
ब्रेकिंग न्युज फ्ल्यास हुन
थाले -
"काठमाडौको
आकाशमा नयाँ रहस्यको उद्घाटन
।"
"अर्को
ग्रहबाट यान आउन लागेको संकेत
।"
"संबिधान
सभा माथीबाट आकाशबाणीको तयारी
। व्यग्र प्रतीक्षा ।"
त्यहिँ
मिसिन आएको भिडको पछिल्लो
सदस्यले अघिल्लो सदस्यलाई
सोध्यो -" खास
कुरो के हो ? किन
मान्छेहरु यसरी आकाश हेर्दै
छन् ?"
"कुन्नि
! के थाहा
? सबैले
यसरी नै आकाश हेरिरहेका रहेछन
। केहि त होला नि भनेर मैले नि
हेरेको केहि नि देखेको छैन
अहिले सम्म ।" -अघिल्लोले
भन्यो र उसको अघिल्लोलाई
सोध्यो - " तपाइँ
किन आकाश हेरिरहनुभएको छ ?"
उसको अघिल्लोले
भन्यो - "कुन्नी
! सप्पैले
हेर्या भएर हेरेको, केहि
देख्या होइन ।"
अघिल्लोले
फेरी अघिल्लोलाई सोध्यो ।
अघिल्लोले अघिल्लोलाई । जवाफ
केवल -"कुन्नी
!"
'प्रश्न-कुन्नी',
'प्रश्न-कुन्नी'
आकाश हेर्नेको
भिडबाट भित्र छिर्दै गयो ।
अन्तत: नेताजी
सम्म पुग्यो ।
नेताजीको
पछिल्लोले नेताजीलाई भन्यो
।
-"यता
हेर्नोस त ।"
नेताजीले
भने
"किन
किन ? मिल्दैन
त्यता हेर्न ।"
पछिल्लोले
सोध्यो
-"किन
मिल्दैन ?"
नेताजीले
भने
-"देख्नु
भएन ? मैले
टाउको माथी फर्काएको छु । "
पछिल्लोले
सोध्यो ।
"टाउको
किन माथी फर्काउनु भएको ?
के हेर्नु भाको
आकाशमा ? तारा
गन्दै हुनुन्छ कि कसो ?"
नेताजीले
भने
"तोडी
म पागल हुँ र दिउसै तारा गन्नलाई
?"
पछिल्लोले
भन्यो
"अनि
किन आकाश हेर्दै हुनुहुन्छ
त "
नेताजीले
भने
- " हामी
आकाश हेरिरहेको छैनम् । बरु
निभिकताका साथ उभिएका छम् ।
संविधानसभामा अरु पार्टी
ठुला भए । त्यसैले उनीहरुले
हामीलाई आफ्ना एजेन्डामा
झुकाउलान कि भन्ने आसंका छन्
। हाम्रो गौरवशाली पार्टी
कुनै पनि हालतमा उनीहरुको
एजेन्डामा झुक्दैन । त्यसैले
ठाडो गरेका हम । आकाश हेरेका,
तारा गनेका
होइनम ।
Comments
Post a Comment