तपाईंकै जुँगा लामो
"क्वाटर कामरेड !"
डाक्टरसापले असन्तुष्टि पोख्नुभो ।
"यो त भएन ।"
"ठिकै छ ।"
हेड क्वाटर कामरेडले भन्नुभो ।
"क्वाटरले नपुगे हाफ लिनोस । फुल लिनोस । "
“यो जिमिन्दारी शैली भो !”
डाक्टरसापले गुनासो पोख्नुभो ।
“घ्याम्पा जति सबै आफैं राख्ने ।"
थप्नुभो ।
“तपाईमा गम्भीर बिचलन आयो !”
हेडक्वाटर कामरेडले भन्नुभो ।
"पार्टीको बहसलाई मदिरामा लगेर जोड्नुभो ।"
"बिचलन ममा होइन तपाईंमा देखियो ।"
डाक्टरसापले भन्नुभो ।
"क्रान्तिकारी सम्बोधनलाई मदिरामा जोड्नुभो ।"
"क्वाटर भनेर कुरा झिक्नु भो । त्यसलाई लगेर क्रान्तिमा जोड्नुभो ।"
हेडक्वाटर कामरेडले भन्नुभो ।
"फेरी मैलै नै जोडेको भन्नुभो । बिचलन तपाईंको बुझाईमै देखियो । सिद्दान्तको त कुरै नझिकम ।"
"तपाईं हेडक्वाटर हुनुन्थ्यो । पछी गएर आफ्नो पहिचानै गुमाउनु भो । क्वाटरमा सिमित हुनुभो ।"
डाक्टरसापले भन्नुभो ।
"तपाइले अनुशासन बिर्सनु भो ।"
हेडक्वाटर कामरेडले भन्नुभो ।
अनुशासन बिर्सनेले शासन बिर्सन्छ ।
थप्नुभो ।
“शासन नै बिर्सनेले शासन, पार्टी केही चलाऊन सक्दैन ।”
"लु उसो भए तपाईंकै जुँगा लामो । तपाईंले नै मात्र पार्टी चलाको । "
डाक्टरसाप फन्किनु भो ।
"चलाइनै रहनोस, म चै हिंडे ।"
"कता हिंडेको ?"
हेडक्वाटर कामरेडले भन्नुभो ।
"ठट्टा पो गर्या । त यसरी फन्किहाल्न हुन्छ ?"
"कैलाश हिड्या !"
डाक्टरसाप्ले भन्नु भो ।
"जहाँसुकै जाम छु मतलब ?"
"अरे कैलाश पो ? तपस्से गर्न ? यतिसारो न बिरक्तिनुस न ।"
हेडक्वाटर कामरेडले फकाउनु भो ।
"बरु प्रमोसन गर्दिम्ला । नआत्तिनोस ।"
"सटर खोज्न हिड्या ।"
डाक्टरसापले भन्नुभो ।
"चाइदैन तपाईंको प्रमोसन । आफ्नै बिजनेस सुरु गरिन्छ अब ।"
"न न न नयाँ बिजनेस ? यसरी नबहकिनोस ।"
हेडक्वाटर कामरेडले भन्नुभो ।
"जे भन्यो त्यही पुरयाइदिम्ला । ललिपप मात्र एक बोरा किन्दिम्ला ।"
"भो चाहिएन ।"
"डाक्टरसापले अड्डी लिनुभो ।
"क्यैले नि मानिन्न ।"
"उपादक्षे दिम्ला ।"
हेडक्वाटर कामरेडले अझै फकाउनुभो ।
"अदक्ष नै दिन्थे , तपाईं दक्ष मान्छेलाई यो के काम ?"
"अहं हुन्न । हुँदै हुन्न ।"
डाक्टरसापले मान्दै मान्नुभएन ।
अन्त्यमा हेडक्वाटर काम्रेडले जुक्ती निकाल्नुभो । भन्नु भो -
" तपाईं, म लगायत पाँच जना हेड क्वाटरमा बसम । अनी क्वाटर लडाअम् ।"
अब डाक्टरसाप मुसुक्क हास्नुभो ।
Comments
Post a Comment