Posts

Showing posts from June, 2014

माओबादी माओबादी जस्तै रहेन ! :(

बैध्यबा भन्या भन्यै गर्नुहुन्थ्यो - एमाओबादीमा बिचलन आयो । प्रचण्ड, बाबुराममा बिचलन आयो । उहाँका कुरामा खासै ध्यान गएको थिएन । लाग्थ्यो - यो बैध्य बाको थेगो हो । तर अहिले आएर बैध्यबाले भन्नुभएको कुरा सत्ये रहेछ भन्ने पत्ता भो । कारण उहाँले भन्नुभएको कुरा सत्य भएर प्रमाण सतहमा आएको छ । कुरो उप-निर्वाचनको हो । कुरो सबैलाई थाहा भएकै हो - अघिल्लो चुनावमा छिटपुट भए पनि जितेको एमाओबादीले उप-निर्वाचनमा निल खायो । चुनावमा त निल खायो खायो सँगै थाहा लाग्यो -एमाओबादीमा बिचलन आयो । प्रचण्ड, बाबुराममा बिचलन आयो । पार्टी सून्यमै पुग्नेगरि यत्रो हार खेपेको बेला धाँदली भयो भनेर आन्दोलनको आँधीबेहेरी ल्याउने धम्की नै आएन । झ्याप्प बक्तब्य निकालेर तुरुन्त मतगणना रोक्ने मागै आएन । यहाँ पार्टीको परम्परामै गम्भीर बिचलन देखियो । खै माओवादी माओबादी जस्तो देखिएको ? खै प्रचन्ड प्रचन्ड जस्तो देखिएको ? खै बाबुराम बाबुराम जस्तो देखिएको ? अगाडीको चुनावमा मोटरसाइकलको हावा खुस्काएका थिए | त्यति गर्दा समेत केही सिट जितेको थियो एमाओबादीले । यसपाली केहि जितेन भनेपछी मोटसाइकलको मात्र होइन कार,जिप, बस देखि ट्र