सडकबाट संबिधान

खै छोड्नोस त !"
जुँगावालले भने ।
"म यहाँ बस्नु पर्यो ।"


"कस्तो सोमत हो तपाइको ?"
दारिवालले भने ।
"यत्रो योगी महाराजलाई खै खै भन्दै उठाउन खोज्ने ?"


"लेह ! हैन भाङको तालमा हुनुहुन्च कि क्या हो ?
जुँगावालले भने ।
"अजिव अजिव कुरा गर्नुहुन्छ त । उल्टै मेरै सोमत नभाको ?"


"होन्त ! यसरी भविस्य हेर्दै बस्या महाराजलाई उठ भन्ने ?"
दारिवालले भने ।
"यस्तालाई सोमत नभाको भनेर कसलाई भन्ने ?"



"सोमत नभएको तपाइको हो ।"
जुँगावालले भने ।
"राजतन्त्र हटेको यत्रो समय भैसक्यो अझ महाराज भन्दै ढसमस सडकपेटीमा बसेर फुर्ती लाउने ?"


"ए ! बालक ! १०८ स्वामी महाराजलाई जेपायो त्यही भन्ने हैन है ।"
दारीवालले भने ।
"म मेरो इच्छाले कहाँ बस्या हुँँ र यहाँ ? तपाईंहरुकै भाग्य हेर्दिम, ग्रहदशा मिलाइदिम भनेर पो बस्या त । तपाईंको नी हात हेर्नु छ् भने भन्नोस क्यारे ।"


"पर्या छैन यस्ता ढोगीहरुले हात हेराउन ।"
जुँगावालले भने ।
"छिटो उठ्ने । फेरी आँधिबेहेरी श्रीजना गर्न नपरोस । "


"केरे ! म जस्तो योगी महाराज बिरुद्द आँधीबेहेरी श्रीजना गर्ने ?"
दारीवालले भने ।
"हे मनुवा ! बढी फुर्ती हैन है श्राप दिन नपरोस ।"


"भो नधम्क्याउ । यस्ता धम्की ले मेरो रौ पनि हल्लिन्न ।"
जुँगावालले भने ।
"कस्ता कस्ता आत्मकथाले त नहल्लेको रौ नाथे हात हेराउने बाबाको धम्किले हल्लिएला नि ।"


"जेल लगाएको भएर हल्लिन भन्ठानेको होला ।"
दारिवालले भने ।
"त्यस्ता जाबा जेल त अहिल्यै धुनी बालेर सुकाइदिन्छु ।"


"बढी कुरा हैन खुरुक्क ठाउँ छोड्नोस ।"
जुँगावालले भने ।
"म बस्छु यँहा ।"


"ठाउँ छोड्ने कुरा नगरम ।"
दारिवालले भने ।
"बरु तपाईंको हात फ्रीमा हेर्दिम्ला ।"


" हेर्नु पर्या छैन हात सात ।"
जुँगावालले भने ।
"अस्तिनै चुनाव अघी हेराएको थिएँ । चुनाव जित्छ भनेर लगाइदिए । हौसिएर चुनावमा गएको । लास्टाँ हारियो । विश्वाश छैन मलाई यस्ता हात हेराउने कुरामा ।"
थप्नु भो ।
"अरु कुरा हैन खुरुक्क ठाउँ छोड्नोस । मलाई बित्यो अब ।"


"बित्यो रे ?"
दारीवालले भने ।
"बित्या चै किन ?"


"संबिधान बनाउन । अब सडकबाट संबिधान बनाउने ।"
जुँगावालले भने ।
" जो अस्ती नै घोषणा गरिसकेँ ।"


"घोर अनर्थ ।"
दारिवालले भने ।
"त्यत्रो संबिधानसभा हुँदाहुँदै सडकबाट संबिधान ?"


"के गर्ने त ?"
जुँगावालले भने ।

"उच्च राजनीतिक संयन्त्र नबनाउने रे । त्यसको अध्यक्षको कुर्सी नि नदिने रे । कुर्सी नै नभएसी सडकमा बसेर संबिधान बनाउन परेन ? खै छोड्नोस ।"

Comments

Popular posts from this blog

'सरी ! योर ट्रान्जेक्सन ह्याज विन टर्मिनेटेड !'

रुम नम्बर ट्वान्टी फाइभ